अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
अनु ह्यौंमिखा
नेपालमा स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको उदासिनता देखिंदै आएको छ । नेपालजस्तो विकासउन्मुख देशमा स्वास्थ्य र शिक्षामा बजेट बिनियोजन पर्याप्त छैन । पछिल्लो संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हक र जनस्वास्थ्य विधेयकले पनि यो मुद्दा अझै पेचिलो हँुदै गएको छ । नेपाल सरकारको लागि स्वास्थ्यसम्बन्धी हक स्थापित गर्न आगामी दिनमा निकै चुनौतीपूर्ण देखिन्छ । यस्ता चुनौती भए पनि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारले आ–आफनो तर्पmबाट दिगो विकासको लागि स्वास्थ्य क्षेत्रमा रणनीतिक कदमहरू चाल्नुपर्ने देखिन्छ ।
यस्तै चुनौतीहरू स्वीकार्दै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको पच्चीस शैय्यासहितको ख्वप अस्पतालको एजेन्डा सराहनीय छ । अस्पतालले यहाँको स्थानीय जनता र आसपासका नागरिकलाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्य भने त्यति सजिलो छैन । विज्ञानको विकास र युगान्तकारी परिवर्तनले प्रविधिलाई सस्तो बनाएको छ । यसैअनुरूप अस्पताललाई मेडिकल अक्सिजन प्लान्ट पनि सस्तो र सर्भसुलभ हुने क्रममा छ ।
२५ शैय्याको ख्वप अस्पतालले ठूलो सङ्ख्यामा रहेका सेवाग्राहीहरूलाई सेवा दिनेछ । त्यसकारण दिगो सेवा र सस्तो उपचारको लागि मेडिकल अक्सिजन प्लान्टको नितान्त आवश्यक देखिन्छ ।
नेपालजस्तो भू–धरातलमा यातायात, साधन एकदमै महँगो सावित भइसकेको छ । सदियौंदेखि चलिआएको मेडिकल अक्सिजन सिलिन्डर एकदमै महँगो र यातायातको लागि गा¥हो विषय हो । यसको विकल्पमा सस्तो सुलभ सजिलो अक्सिजन प्लान्ट हुनसक्छ ।
मेडिकल अक्सिजन प्लान्ट एक एक्ब् PSA (Pressure Swing Adsorption) प्रविधिबाट हावालाई अक्सिजन र अन्य ग्याँसमा छुट्याइन्छ र छुट्याइएको अक्सिजनलाई स्वास्थ्य सेवामा प्रयोग गरिन्छ । यसमा compressor, refrigeration, air dryer, filtration system, air buffer, oxygen generator र oxygen buffer को प्रयोग गरिन्छ ।
किन ख्वप अस्पताललाई आफ्नै मेडिकल अक्सिजन प्लान्ट चाहिन्छ ?
आफ्नै ठाउँमा सो उत्पादित हुने मेडिकल अक्सिजन प्लान्टले ६५ प्रतिशत सस्तो गरी अक्सिजन वितरण गर्न सकिन्छ । यसले ढुवानी खर्च, सिलिन्डर चुहावट खर्च र प्रतिव्यक्ति खर्च घटाउन सकिन्छ ।
अहिलेका अस्पतालहरूमा अक्सिजन शुल्क बिरामीसँग लिने गरिन्छ, यसले गर्दा अस्पतालप्रति नकारात्मक छाप पारिरहेको छ । यदि अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट हुँदो हो त अक्सिजन खर्च घटाउन सकिन्छ, जति प्रयोग गरियो त्यतिको मात्र पैसा लिन सकिन्छ । यसले अस्पतालको सद्भावना बढाउन सकिन्छ ।
कुनै पनि अस्पतालले अक्सिजन सिलिण्डरको भण्डारण राख्नुपर्दछ । अक्सिजन सिलिण्डर भण्डारण गरिएको ठाउँ जति मेडिकल अक्सिजन प्लान्टलाई चाहिंदैन ।
मेडिकल अक्सिजन प्लान्टहरू CE certified हुन्छन् र निरन्तर अक्सिजन उत्पादन गरिरहन्छ । चाहे जति उत्पादन गर्न मिल्ने भएकोले अक्सिजनहरू सुरक्षित हुन्छ ।
समय सापेक्षित ग्याँसको शुद्धता मापन गर्न सकिन्छ ।
पेट्रोलको मूल्यले अक्सिजन सिलिण्डरको मूल्य निर्धारण गरिएको हुन्छ । पेट्रोलको मूल्य थपघट हुने प्रक्रियाले ढुवानी खर्चमा असर पारिन्छ र सिधा असर अक्सिजन सिलिण्डरमा पनि हुन्छ ।
अक्सिजन प्लान्ट बिजुली बत्ती र वातावरणीय हावामा निर्भर हुन्छ । तसर्थ बिक्रेताको मुख ताक्नु पर्दैन ।
अक्सिजन सिलिण्डर जडान गर्ने क्रममा चुहावट हुने धेरै सम्भावना हुन्छ तर अक्सिजन प्लान्टले ती चुहावटहरू नियन्त्रण गर्न सकिन्छ ।
(लेखिका Nepal Health Station (NHS), Bachelor in Health Care Management (BHCM)का विद्यार्थी हुनुहुन्छ ।)
Leave a Reply