भर्खरै :

नगरस्तरीय खेलकुद जारी

भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेल बुधबार चालु रह्यो ।
फुटसल
फुटसल प्रतियोगिताको लिग चरणका सबै खेल बुधबार सम्पन्न भयो ।
बुधबारसम्मको खेलमा ग्रुप ‘ए’ बाट बालबिकास ई.स्कूल ८ अङ्कका साथ अग्रस्थानमा छ भने शारदा मावि सात अङ्कका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै ग्रुप ‘बि’ मा ख्वप मा.वि. १० अङ्कका साथ अग्रस्थानमा छ भने विद्या विकास ७ अङ्कका साथ दोस्रो भएको छ ।
त्यस्तै ग्रुप ‘सि’ मा सैनिक १५ अङ्कका साथ अग्रस्थानमा छ भने वाईजल्याण्ड से. स्कूल ९ अङ्क साथ दोस्रो स्थानमा छ । त्यस्तै ग्रुप ‘डी’ मा मेधा मावि १० अङ्कका अग्रस्थानमा छ भने प्रभात १० अङ्कका साथ नै दोस्रो स्थानमा छ ।
टेबल टेनिस
टेबल टेनिसका सम्पूर्ण खेल बुधबार सम्पन्न भयो । बुधबार सम्पन्न १६ वर्ष मुनितर्फको खेलमा प्रोक्सिमा इन्टरनेशल एकेडेमीका रेखान तामाङ प्रथम, एभरेष्ट इ·लिस स्कूलका सुजल प्रधाना· द्वितीय र द राइजिङ स्कूलका निर्जन दुवाल तथा जेन्यूइन सेकेण्डरी स्कूलका विज्ञम कमाचार्य संयुक्तरूपमा तृतीय भए ।
छात्र एकल १२ वर्ष मुनितर्फ प्रोक्सिमाका रोमन थापामगर प्रथम, विद्या आर्जनका करण कपाली द्वितीय र हिमालयन ग्लोरीका विमित पञ्च तथा द राइजिङका न्युनिश सुवाल संयुक्तरूपमा तृतीय भए ।
छात्रा एकल १६ वर्ष मुनितर्फ जेन्यूइनकी जननी श्रेष्ठ प्रथम, बाल विकास स्कूलकी सलिना लामा द्वितीय र प्रभातकी क्यारिना सुवाल तथा प्रोक्सिमाकी मञ्जिला तामाङ संयुक्तरूपमा तृतीय भइन् ।
छात्रा एकल १२ वर्ष मुनितर्फ प्रोक्सिमाकी दिया देउला प्रथम, प्रभातकी प्रदिपा सुवाल द्वितीय र बाल विकासकी सचिना श्रेष्ठ तथा माउण्ट भ्यालीकी आशिका कासिछ्वा संयुक्तरूपमा तृतीय भइन् ।
खोखो
खोखोका क्वाटरफाइनलका सम्पूर्ण खेलहरु बुधबार भयो । बुधबार सम्पन्न ब्वाइज इभेन्टका खेलहरुमा ब्राइट स्टारले हिमालयन ग्लोरीलाई (१९–५), वागीश्वरीले स्कोलर्स् होमलाई (१५–५), ताराले विद्या आर्जनलाई (१६–१३) र बाल विकासले वाइजल्याण्डलाई (१६–१०) अङ्कले पराजित गरी सेमिफाइनल पुग्न सफल भयो ।
त्यस्तै, भक्तपुर नगरका नगर प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा गर्लस् इभेन्टको खेलहरु खेलाइएको थियो । उक्त इभेन्ट तर्फको खेलहरुमा ब्राइट स्टारले होली गार्डेनलाई (२१–११), वाइजल्याण्डले ज्ञानतारालाई (१४–८), वागीश्वरीले विद्या आर्जजलाई (१७–१४) र ताराले स्कोलर्स् होमलाई (७–४) अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *