भक्तपुर, २० कार्तिक । १०१ औं ‘अक्टोबर क्रान्ति दिवस’ को अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस समितिको आयोजनामा मङ्गलबार विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले अक्टोबर क्रान्तिले संसारभरि क्रान्तिको लहर ल्याएको बताउनुभयो । नेकपाको सरकारले क्रान्तिको कुनै तयारी नगरी प्रचारबाजीमा लागेको उल्लेख गर्दै भौतिक विकास नै सबथोक होइन बरु बौद्धिक विकासमा लाग्नुपर्ने कुरा भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेक्राविसङ्घ र अन्य सङ्गठनबीच भेद रहेको बताउँदै नेक्राविसङ्घका सदस्यहरू अध्ययनशील र मेहेनती हुनुपर्छ भन्नुभयो ।
भेलाले किशोर गोसाईको संयोजकत्वमा नेक्राविसङ्घ नवौं भक्तपुर बहुमुखी क्याम्पस सम्मेलन तयारी समिति गठन ग¥यो ।नेक्राविसङ्घ भबक्याका मिलन गणेजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनिल फोजूू, दिनेश खड्गी र किशोर गोसाईले पनि बोल्नुभएको थियो ।