भर्खरै :

अक्टोबर क्रान्ति जिन्दावाद

सन् १९१७ को नोभेम्बरमा भएको महान अक्टोबर क्रान्ति विश्व इतिहासको कोशेढु·ा हो । पुँजीवादी व्यवस्थाले जन्माएको मजदुर वर्गले सन् १८७१ को पेरिस कम्युनमा राज्य सत्ता कब्जा गरेको थियो । तर अनुभवको कमीले पेरिस कम्युन तीन महिना पनि चलेन । झण्डै ७० दिनमै पेरिस कम्युनले हार व्यहोर्नुप¥यो । तथापि पेरिस कम्युनमा कम्युनार्डहरूले गरेको बलिदानीपूर्ण सङ्घर्ष खेर गएन । झण्डै आधा शताब्दीपछि कम्युनार्डहरूले उचालेको क्रान्तिको झण्डालाई सफलतासम्म पु¥याउने अभिभारा रूसी मजदुरहरूले गरे । क्रान्तिकारी सिद्धान्त, सक्षम नेतृत्व, जुझारु र बलिदानी क्रान्तिकारी कार्यकर्ता, उपयुक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले रूसी मजदुरहरू संसारमा अभूतपूर्व इतिहास लेख्न सफल भए ।
रूसी अक्टोबर क्रान्तिले उत्पीडित मजदुर वर्ग पनि शासनसत्ता चलाउन सक्षम छन् भन्ने सत्य संसारसामु उजागर ग¥यो । श्रमिक जनताको रगत पसिना चुसेर बनाएका सामन्त र पुँजीपतिका अग्ला अग्ला दरबार तिनका वास्तविक निर्माताको हातमा आउँदा नै समाजमा व्याप्त अन्याय अत्याचारको अन्त्य हुने ज्ञान अक्टोबर क्रान्तिको शिक्षा हो । संसारलाई आफ्नो तखतमा राख्ने दुस्वप्न बोकेर अघि बढेको उपनिवेशवादी पुँजीवादी राजनीतिलाई रोक्न अक्टोबर क्रान्ति सफलमात्र भएन, बरू संसारभर उपनिवेशवादविरोधी आन्दोलनको उभार ल्याउन अक्टोबर क्रान्तिले राँको बाल्यो ।
‘संसार हल्लाएको’ अक्टोबर क्रान्तिले संसारको दिशा बदलियो । हथौडा र हँसिया बोकेका कामदार जनताले राज्यसत्ता कब्जा गरी त्यसको सफलतापूर्वक सञ्चालन गर्न सक्छन्, अझ पुँजीपति वर्गले भन्दा कुशलतापूर्वक चलाउन सक्छन् भन्ने कुरा प्रमाणित भयो । पुँजीवादी देशहरूले तीन–चार सय वर्ष लगाएर हासिल गरेको उपलब्धि समाजवादी सोभियत सङ्घले केही दसकमा हासिल गर्नसक्नु र पुँजीवादी विश्वलाई विज्ञान प्रविधि, संस्कृति, अर्थतन्त्र र उत्पादनमा जित्न सक्नुले यो प्रमाणित भएको थियो ।
समाजवादी सोभियत सङ्घ स्थापना गर्नुभन्दा टिकाउनु कम चुनौतीपूर्ण थिएन । हजारौं हजार चुनौतीका पहाड छिचोलेर, लाखौं लाख योद्धाहरूको रगत पसिनाले सोभियत समाजवादको झण्डा उँचो फहरिरह्यो । तर विचारधारामा थोरैमात्र चिप्लिंदा युगान्तरकारी राजनीतिक बन्दोबस्त पनि तासको घर जतिकै ढल्न सक्छ भन्ने सत्यको अर्को पाटो पनि सोभियत सङ्घको इतिहासले देखाएको छ । हो, संशोधनवादी विचलनका कारण सोभियत समाजवादी सत्ता ढल्यो । तर त्यसको अर्थ समाजवादी व्यवस्था, माक्र्सवाद–लेनिनवाद ढलेको पक्कै होइन । संसारको इतिहास हेर्दा हामी देख्छौँ–पुँजीवादी क्रान्तिले पनि धेरै थरी ‘सेटव्याक’ सामना गर्नुप¥यो । समाजवादी क्रान्तिले पनि हजारौं हजार हमलाहरू झेलिसकेको छ र झेलिरहेको छ । तर अक्टोबर क्रान्तिले देखाएको क्रान्तिकारी आदर्श भने अपराजयी छ । शोषण नभएको, सबै मानिसले समान आधारमा बाँच्न पाउने, कोही भोकै बस्ने र कसैले खाएर पनि नसक्ने उत्पीडनकारी राजनीतिक बन्दोबस्तको अन्त्य मानव समाजको अन्तिम आजु हुनुपर्दछ । अक्टोबर क्रान्तिले देखाएको बाटो त्यही हो ।
अक्टोबर क्रान्ति भएको आज १०१ वर्ष पुगेको छ । तर संसारमा आज पनि अक्टोबर क्रान्तिको तेज उत्तिकै दिव्यमान छ । उत्पीडनमा बाँचेका हरेक मानव समुदायको लागि अक्टोबर क्रान्ति बाटो देखाउने राँको हो । आज पनि अक्टोबर क्रान्ति दिवस रूसका श्रमिक वर्गले मात्र होइन, संसारका मजदुर, किसान, प्रगतिशील तथा क्रान्तिकारी बुद्धिजीवीले उच्च भावनाका साथ मनाउने गर्दै आएको छ । अक्टोबर क्रान्तिका नायक लेनिन र स्तालिनलाई आज पनि संसारका श्रमजीवी वर्गले गुरूको रुपमा सम्मान गर्दै आएका छन् । लेनिन, स्तालिन र अक्टोबर क्रान्तिको बाटो तथा सोभियत सङ्घको पाठ संसारका श्रमिक जनताको आन्दोलन र सङ्घर्षको लागि अजम्बरी दिशानिर्देशक हो । अक्टोबर क्रान्तिको बाटो अमर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *