– रामकृष्ण बनेपाली, भक्तपुर

विष्णुभक्त राजचलले लेख्नुभएको ‘काठमाडांै उपत्यकामा आदिवासी नेवारहरूको आगमन’ भन्ने लेख कार्तिक १७ गते मजदुर दैनिकमा छापियो ।
हामीले उपत्यकामा आदिवासीहरूको आगमन तिब्वतबाट भएको र तिनीहरूले बोल्ने नेवारी भाषा तिब्बेतेली (बर्मेली) भाषा परिवारको भन्ने सुन्दै आएका छौँ । त्यस लेखमा हामीले सुन्दै आएको भन्दा भिन्नै कुरो उल्लेख गरिएको द्वापर युगको अन्त र त्रेता युगसम्म नेपालको दक्षिण भावर प्रदेशमा अति नै घना ज·ल हुनाले हिंस्रक जनावरहरूको आक्रमणबाट बच्न नेपालको दक्षिण र पूर्वबाट कुनै पनि मानिस नेपालभित्र प्रवेश गर्दैनथ्यो । नेपालमा पसेका मानिसहरू सबै पश्चिम र उत्तरको भोट (तिब्बत) प्रदेश भएर नेपाल पसेका थिए । यीबाहेक उक्त लेखमा … इ.सं. ११५० तिर तिब्वतको खारी प्रदेशबाट नेपालभित्र पसेका खसहरूको बसोबास स्थान पनि पश्चिम नेपाल हुन पुग्यो । कर्णाली प्रदेशको सिंजा उपत्यका खस राज्यको राजधानी बनाएर खस राज्य खडा भयो । … दाना सुरसँग युद्ध गरी तिनलाई कृष्णले वध गरी दहको पानी सबै चोभारबाट निकालेपछि बस्ती बसालेर आपूm मथुरा फर्के । … विभिन्न जात्रा, चाडपर्वमा कन्या कुमारीलाई जिउँदो देवीको रुपमा पुजिने चलन पनि भएकोले उपत्यकाका नेवारहरू तीनै दक्षिण भारत, केरला कर्णाटक, महाराष्ट्र, गुजरातबाट यहाँ आएका हुनसक्थे । … हत्तजन (ठूला बस्ती ठूला मान्छे) भनेको शब्द बिग्रंदै गएर वा बिगारेर महर्जन हुन गएको हो भन्ने अवधारणा छ  । …
नेपालभाषा स्पष्ट भारोपेली समूहको हो भन्न सकिन्छ । जस्तै ः वा, वाँ, कु , कू , तु , तू , जु , पा आदि एकक्षरी भारोपेली समूहको हुनाले यहाँका आदिवासी भनेकाहरू निश्चय पनि भारतको दक्षिण केरला, कर्नाटक, महाराष्ट्र, श्रीलड्ढा, गुजरातबाट तिब्बत पसेर उत्तरबाट नेपाल उपत्यकामा आएको हुनुपर्छ । …, आदि निकै घट्लाग्दा कुराहरू छन् ।
समालोचक श्रीकृष्ण गौतमले लेख्नुभएको लेख र वि.सं. २०५६ तिर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘तिमी बहिरी छौ र आमा’ नामको पुस्तकमा आधारित भएको भनी लेखकले लेख्नुभएको थियो । त्यसमा ब्रह्माण्ड पुराणको एउटा पौराणिक कथा पनि प्रस्तुत गरिएको थियो ।
निश्चय पनि धर्म ग्रन्थहरूले सत्य, सदाचाार, शान्ति, दया–माया, ब्रम्हाण्डको उत्पत्ति, पृथ्वीको उत्पति, पृथ्वीमा मानिसको उत्पति र विकास आदिबारे ज्ञान दिन्छन् । त्यसमा कतिपय अवैज्ञानिक कुराहरू पनि छन् । त्यसलाई अहिलेको भाषामा नैतिक शिक्षा र सामाजिक शिक्षा भन्न सकिन्छ । यस हिसाबले हेर्दा धर्म निश्चितरुपले त्यस समयको प्रगतिशील विचार थियो भन्न सकिन्छ । यद्यपि, यसले कालान्तरमा शोषणलाई झन् झन् बलियो बनाउँदै दुःख हुनु पूर्वजन्मको पाप भनी लेख्यो र प्रचार ग¥यो ।
तसर्थ, विष्णुभक्त राजचलले विकासवादीहरूको अनुसन्धानात्मक लेखहरू पनि उल्लेख गर्नु राम्रो हुनेछ ।