भर्खरै :

तिहारको सांस्कृतिक पक्ष

ओमप्रसाद धौभडेल
आफ्नै मौलिक कला, संस्कृति एवम् सम्पदाका धनी नेवारहरूले वर्षभरिजस्तै विभिन्न प्रकारका चाडपर्व, जात्रा, उत्सव मनाइरहेका हुन्छन् । यस्ता विविध सांस्कृतिक पर्वमा नेपाल संवत्अनुसार कार्तिक कृष्ण अमावास्यादेखि लगातार तीन दिनसम्म मनाउने तिहार पर्व प्रमुख मानिन्छ । कोजाग्रत पूर्णिमाको पन्ध्र दिनपछि मनाउने तिहारसँगै दसंैको सम्बन्ध अप्रत्यक्ष रुपमा देखिन्छ । कोजाग्रत पूर्णिमादेखि लगातार १६ दिनमा १६ प्रकारका विभिन्न लक्ष्मीहरूलाई पूजा गर्दै अन्तिम दिन (लक्ष्मी पूजाको दिन) मा धनधान्य लक्ष्मीको पूजा गरिन्छ । त्यसबाहेक दसैंताका बनाएको सुकुटी (सुकेको मासु) हरू राखी लक्ष्मीलाई उक्त दिन सम्ये (रक्सी, मासु, लसुन, अदुवा, फुलसहितको भोजन) चढाउनुपर्छ । यसरी कार्तिक कृष्ण अमावास्याको दिन लक्ष्मी पूजा हुन्छ भने त्यसको भोलिपल्ट प्रतिपदाको दिन म्हः पूजा गरिन्छ । म्हः को अर्थ पञ्चतत्वले बनेको शरिर हो । आफ्नै शरिरलाई पूजा गर्ने यो दिन नेवाहरूको वर्ष दिनको सबभन्दा महत्वपूर्ण दिन हो । परिवारका सम्पूर्ण सदस्यहरूलाई अलग्ग अलग्ग मण्डल बनाई व्यक्तिपिच्छे पूजा गर्ने म्हः पूजाले निर्जीव मूर्तिहरूमात्र होइन सजीव प्राणीलाई समेत देवदेवीको रुपमा पूजा गर्न सन्देश दिइरहेको हुन्छ । अन्तिम दिन भाइटीका हो । दिदी बहिनीहरू भाइ दाजुहरूको दीघार्यु एवम समृद्धिको कामना गर्दै पूजा गर्छन् । यसरी यो तीन दिनलाई तिहार भनी हर्षोल्लासका साथ मनाउने प्रचलन नेवारहरूमा अद्यापि छ र हाम्रो संस्कृतिको एक अभिन्न अङ्गको रुपमा जीवित रहँदै आएको छ ।
हाम्रो प्रत्येक चाडपर्व एवम् सांस्कृतिक रीतिथितिहरूको आ–आफ्नै प्रकारको महत्व एवम् विशेषता रहँदै आएको सन्दर्भमा तिहारको पनि आफ्नै विशेषता छ । यस पर्वमा अन्य पर्वमा जस्तै पौराणिक किंवदन्तीहरू नभएका होइनन् । लक्ष्मी पूजाको दिन लक्ष्मी पूजा गरे धनको देवीले बास गर्ने, भाइटीकाको दिन यमराजले भाइलाई मुत्युको मुखमा लैजान खोज्दा भाइटीका गरेपछि मात्र लैजान पाउने अनुरोध यमराजले स्वीकारेपछि भाइटीकाकै प्रभावले भाइको मृत्यु हुनबाट बचेको जस्ता अनगिन्ती कथाहरू नजोडिएको होइन । त्यसबाहेक तिहार पर्व नै किंवदन्तीको आधारमा नरचिएको होइन । विभिन्न पुराणहरूमा बामन अवतारमा तीन पाइला जमिन दान दिएर आफू बस्ने ठाउँ नपाएपछि बली राजा पातालमा बस्न गएको समयमा विष्णु भगवानले तीन दिन तीन रात दान दिएको, वचनमा दोष नलाग्ने गरी पृथ्वीमै बस्न दिएको नै तिहार पर्व हो भनी जनाइएको छ । यस्ता अनगिन्ती पत्यारिला वा अपत्यारिला किंवदन्ती, कहावतलाई एकातिर राखेर गहिरिएर अध्ययन अनुसन्धान गर्ने हो भने तिहारको ठूलो सांस्कृतिक मर्म पाइन्छ । लक्ष्मी पूजाको दिन वर्षभरिको लेनदेनको हिसाब समाप्त गरी वास्तविक धन, द्रव्य, धान, अन्नलगायतका धनधान्यलाई गोप्य कोठामा राखी पूजा गर्ने चलनबाट नेवार वर्गको आर्थिक स्थिति सुदृढ पार्नमात्र मद्दत भएको छैन, समाजमा आर्थिक मामिलामा स्पष्टवादी बनाइदिएको देखिन्छ । यसको भोलिपल्ट मनाउने म्हः पूजा नेवारहरूको विशेषता भने पनि हुन्छ । अनेक विशेषता एवम् महत्वको म्हः पूजाले समाजमा हरेक व्यक्तिको आत्मबोध एवम् आत्मसम्मान गराउँदछ । चाहे त्यो परिवारको एक सानो सदस्य होस् या वृद्ध । यसले संयुक्त परिवारको अवधारणालाई अंगाली पारिवारिक मर्यादा, अनुशासन एवम् सामाजिक रीतिथितिलाई जोगाएको हुन्छ । अझ यस दिन मनाउने नव वर्षले विश्वमा नेपालको नाम उच्च पार्न मद्दत गरेको हुन्छ । संसारमा धर्म, राजा, सम्राट आदिबाट संवत्हरू प्रचलनमा आएको सन्दर्भमा देशकै नामबाट चलन चल्तीमा आएको नेपाल संवत्ले यो दिनलाई अझ विशेष बनाएको हुन्छ । नेपालको आफ्नै भूमिमा यहीकै भूमि पुत्र शङ्खधरले चलाएको नेपाल संवत् आजसम्म जीवन्त रहनु एउटा ए्ेतिहासिक प्रहर नै मान्नुपर्छ । शङ्खधरलाई हालै राष्ट्रिय विभूतिमा स्थान दिइसकेको छ । तिहारको तेस्रो दिनमा मनाउने भाइटीकाले समाजमा, परिवारमा दाजुभाइ दिदी बहिनीको आत्मीयता, माया ममतालाई दिगो बनाउन ठूलो भूमिका खेलेको हुन्छ । हरेक दिदी बहिनीले आफ्ना दाजुभाइहरूको दीर्घायु एवम् समृद्धिको कामना गरिने यो दिन आफैमा महत्वपूर्ण छ ।
यसरी हरेक दृष्टिकोणले उच्च मानिने तिहारजस्तो हाम्रो सांस्कृतिक पर्वहरूलाई समाजका केही मानिसले नकारात्मक रुपमा लिएको देखिन्छ । सांस्कृतिक पर्वहरूमा विस्तारै मौलाउँदै आएको यस्ता विकृतिहरूले हाम्रो संस्कृतिमाथि विषको काम गर्दैछ । तिहारमा प्रायः युवा एवम् किशोरहरू भुइँचम्पा बाल्न, बम, पटाका, वारुद्ध पड्काउन पछि पर्दैनन् र केही सम्भ्रान्त परिवारहरूले यस्ता साधनहरूमा अधिक खर्च गर्दछन् र मनोरञ्जन गर्छन् । यस्ता बार, पटाका, बमको आवाजले यसले स–साना केटाकेटीमात्र होइन, युवायुवतीसमेत तर्सन्छन् र कति व्यक्ति त मुर्छा हुन्छन्््् । त्यस्तै रकेट, भुइँचम्पालगायत विभिन्न ज्वलनशील वस्तु बालेर मनोरञ्जन पाउन खोज्दा कतिपय व्यक्तिहरूको आगोलागीबाट ठूलो सम्पति क्षति भएको हुन्छ । यसरी आर्थिक, शारीरिक एवम् मानसिक कष्ट आउने मनोरञ्जन हाम्रो संस्कृतिको अङ्ग हो ? यो त धनाढ्य भारतीय परिवारहरूले नेपालको सम्पति भारत ल्याई आफ्नो क्षणिक मनोरञ्जन प्राप्त गर्न चालेको कुटिल चालमात्र हो । तर यसैलाई देखासिखी गरी बर्सेनि करोडौं रुपैयाँको बार, पटाका, भुइँचम्पा अवैध रुपमा नेपाल भित्रिदै छ र तिहारमा विकृति फैलिदै छ ।
नेपाल संवत्को नयाँ वर्षको रुपमा म्हः पूजा (गोवद्र्धन पूजा) को दिन प्रत्येक वर्षजसो काठमाडौं उपत्यकाभित्र मोटरसाइकल ¥याली गर्दै आएको छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् मनाउन सरकारलाई घच्घच्याउने हिसाबले हुँदै आएको मोटरसाइकल ¥यालीमा हाल विकृतिले छोएको छ । ¥यालीमा मोटरसाइकलहरू वेरोकटोक ठूलो आवाज र हर्न बजाउँदै, झ्याल तथा बाटोमा हिंड्डै गरेका ठिटीहरूलाई जिस्क्याउँदै, हातमा वीयरका बोटलहरू समाई अङ्ग्रेजी धुनको गीतमा डिस्को गर्दै आएको उपत्यकावासीको लागि नौलो विषय भएन । अचेल म्हः पूजाको दिन थुप्रै ठाउँहरूबाट यस्ता मोटरसाइकल ¥याली, मिनिटाटा ¥याली, ट्रयाक्टर ¥याली, टेम्पो ¥याली, बस–मिनिवस, ट्रक ¥यालीको दिन आउँदै छन् । काठमाडौं उपत्यकाभित्र बस्ने नेवारहरू नेपालका अन्य जातजातिभन्दा सम्पन्न छांै भनी देखाउन यसरी विभिन्न सवारी साधनका ¥यालीहरू गर्दै आएको हो कि ? देश दिन परदिन गरिबीको खाडलमा खस्कँदै गइरहेको अवस्थामा यसले नेपाल संवत्को नाममा हजारौं लिटर पेट्रोलियम पदार्थको दुरुपयोग भइरहेको छ । ¥यालीको नाममा काठमाडौंको साँघुरा सडकहरू घण्टौंसम्म जाम हुनपुग्ने र अत्यधिक मादकपदार्थ सेवन गरी सवारी साधन हाँक्दा दुर्घटना भई कैयौंको अङ्गभङ्ग हुनेतर्फ कसैको ध्यान जान सकेको छैन । नेपाल संवत् मनाउने क्रममा विगत केही वर्ष यतादेखि म्हः पूजाको दिन भइरहेको मोटरसाइकल ¥यालीको ठाउँमा सांस्कृतिक जुलुसले स्थान लिनसकेमा घेरै हदसम्म राष्ट्रिय सम्पतिको जगेर्ना भई देश विकास एवं स्वयम् शङ्खधर साख्वालकै अध्ययन अनुसन्धानको लागि आवश्यक रकम जुटाउन सकिन्छ । यसतर्फ सम्पूर्ण विद्वत् वर्ग आजैदेखि लाग्नुपर्ने आवश्यकता छ । नेपाल संवत् नेपालीकै राष्ट्रिय सम्पति भएको सन्दर्भमा के नेवार, के ब्राम्हण, के क्षेत्री सबै यस प्रकारका सांस्कृतिक जुलुस तथा कार्यक्रममा सहभागी हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *