भर्खरै :

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

म्याग्दी, २२ कात्तिक  ः तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ ।
यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार यस्तो कार्यक्रम अघि बढाएको छ । म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्यले पनि भैलो खेलिएकोे उक्त समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो ।
म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले पनि कला संस्कृतिको संरक्षणसँगै कोष वृद्धि तथा भ्रमण वर्षलाई लक्षित गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको छ ।नवीन आनन्द योग केन्द्रले योगाश्रम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष नवीन जुक्जालीले बताउनुभयो । परम्परालाई आधुनिक बनाउन देउसी–भैलोमा थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य समावेश गरिएका छन् ।
देउसी–भैलोमा मौलिकपन बढ्दै जाँदा यसको मर्म नै मेटिने खतरा रहेको ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रम सङ्गितमय बनाउनाका साथै नृत्य कला भएका कलाकारका लागि आम्दानीको स्रोत बनेको छ । विभिन्न सङ्घ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसी–भैलो खेल्न लगाइएकोे कलाकार रवि कार्कीले बताउनुभयो ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *