भर्खरै :

बस दुर्घटनामा ४७ जनाको मृत्यु

हरारे, २२ कात्तिक  ः जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।
दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताउनुभयो ।
प्रवक्ता न्याथीले ४७ जनाको मृत्यु भएको पुष्टी गर्दै घटनाको कारणका बारेमा भने अहिलेसम्म केही स्पष्ट भइनसकेको जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।
मृत्यु भएका ४७ जनामध्ये ४५ जना बयस्क र अरु दुई जना बालबालिका रहेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *