भर्खरै :

लोरेन्जोलाई तीनवर्षे काराबासको फैसला

मड्रिड, २२ कात्तिक  ः रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ ।
मड्रिड प्रदेश अदालतले बुधबार उहाँलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।
विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षका रूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गर्नुभएको थियो ।
क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *