भर्खरै :

नेपाल संवत्को नयाँ वर्षमा सांस्कृतिक प्रभातफेरी

भक्तपुर, २२ कार्तिक । नेपाल संवत् ११३९ को नयाँ वर्षको अवसरमा नेपालभाषा साहित्य तः मुंज्याले बिहीबार किसान, महिला, मजदुर, शिक्षक, युवा, विद्यार्थी, कर्मचारी, उद्योगी, व्यवसायी, दाफा भजन टोली, वाद्यवादक, कलाकार, साहित्यकार, सञ्चारकर्मी आदिको व्यापक जनसहभागितामा सांस्कृतिक ¥याली ग¥यो ।
¥याली भक्तपुर नगरको कमलविनायक र गःहिटीबाट सुरू भएको थियो । बजार परिक्रमापछि दरवार क्षेत्रमा आयोजित समापन समारोहमा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले देशमा रहेका विभिन्न जनजातिका भाषा, कला र संस्कृतिको संरक्षण गरी जीवन्तता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर नगरलाई सांस्कृतिक नगर, सफा नगर, पर्यटकीय गन्तव्य, शिक्षा, स्वास्थ्य तथा ज्ञानविज्ञानको केन्द्र बनाउन पहल भइरहेको चर्चा गर्दै सांसद सुवालले विज्ञान र प्रविधिको विकास अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
संविधानमा आधारभूत तहको विद्यालय शिक्षा अनिवार्य र निःशुल्क तथा मावि तहमा निःशुल्क गर्ने व्यवस्था भए पनि सोअनुसार कानुन नबनाई सरकारले जनतालाई धोका दिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीको नाउँमा देशका युवा–युवतीलाई दास बनाएर सरकारले अपराधीहरूको संरक्षण गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘अपराधीहरूको संरक्षण गर्ने यो सरकार जनताको सरकार होइन ।’’
खुला सीमा भएको देशमा जन्मको आधारमा नागरिकता दिएर देशलाई सिक्किम बनाउने षड्यन्त्र भइरहेको चर्चा गर्दै सांसद सुवालले भारतीय नागरिकलाई बसको टिकटजस्तै नेपाली नागरिकता दिएर देश टुक्राउने खेल खेलिरहेको बताउनुभयो ।
सिंहदरबार, बालुवाटार र शीतलनिवास ‘ठग’हरूको घेरामा परिररहेको जनगुनासोबारे उल्लेख गर्दै उहाँले भन्नुभयो –‘‘संविधान संशोधनमा जन्मको आधारमा नागरिकता दिने प्रावधान हटाउनुपर्छ, हिमाल, पहाड र तराई समेटिने गरी प्रदेशको सिमाङ्कन गर्नुपर्छ ।’’
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश ३ का सभासद् सुरेन्द्रराज गोसार्इँले सबै भाषाभाषी र जनजातिको कला, साहित्य र संस्कृतिको उत्थान र कामदार वर्गका जनताको सेवा गर्ने उद्देश्यले नेपालभाषा साहित्य तःमुंज्या स्थापना भएको बताउनुभयो ।
कार्ल माक्र्सको द्विशतवार्षिकीलाई समाजवादी आन्दोलनको अभियानको रूपमा विभिन्न गतिविधि भइरहेको औंल्याउँदै उहाँले पद र पैसाको निम्ति मरिमेट्ने नक्कली कम्युनिष्टहरूको चरित्र जनतामाझ उदाङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जनता र जातजातिबीच झगडा गराउने जातीय झगडाको बीउ छरेर जातीय द्वन्द्व निम्त्याएर देशलाई बर्बादीको खाडलमा पु¥याउने सरकारको विरोधमा सचेत जनता एकजुट हुनुपर्छ ।’’
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजूले कम्युनिष्टको खोल ओढेर कम्युनिष्टको बद्नाम गर्ने धोकेबाज र जनद्रोही सरकारविरूद्ध जनतालाई सचेत पार्न नसके देशको अस्तित्व खतरामा पर्ने बताउनुभयो ।
नेपालको सार्वभौमसत्तामा हस्तक्षेप भए पनि मौन रहने सरकारको निन्दा गर्दै उहाँले भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध गर्नु प्रत्येक देशभक्त नेपालीको कर्तव्य हो भन्नुभयो ।
सभाको सभापतित्व नेपालभाषा साहित्य तः मुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले गर्नुभएको थियो ।
¥यालीअघि कमलविनायकमा तः मुंज्या आयोजक समितिका अध्यक्ष नरेश खत्री र उपाध्यक्ष कृष्णबहादुर प्रजापति तथा गःहिटीमा विश्वनाथ प्रजापति र राजेन्द्र चवालले पनि बोल्नुभएको थियो ।
सभाअघि शिक्षाप्रेमी एवं समाजसेवी जगतसुन्दर मल्लको प्रतिमामा पुष्षार्पण गरिएको थियो ।
मध्यपुर
नयाँ वर्ष नेपाल संवत् ११३९ को अवसरमा विविध भाषा साहित्यिक समाजले पनि मध्यपुरमा बिहीबार भिन्तुना ¥याली (प्रभातफेरी) कार्यक्रम ग¥यो ।
¥यालीको उद्घाटन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि भाषा, कला र संस्कृति देशकै सम्पत्ति भएको हुँदा राज्यले संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कला, संस्कृति र सम्पदाको संरक्षण राजनीतिले मात्र गर्नसक्ने हुँदा सबै भाषाभाषी, जनजातिका मानिसहरूले राजनीतिमा सहभागी हुनु आवश्यक छ ।’’
भक्तपुर नगरपालिकाले नेपालभाषालाई अगाडि बढाउन ‘ख्वप पौ’ बुलेटिन प्रकाशन सुरू गरेको र ९२ वटा विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरी भाषा–कला–संस्कृति, लिपि, सम्पदा संरक्षणबारे पठनपाठन सुरू गरेको उहाँले जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले यस वर्ष विश्व सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सको २०० औं जन्म दिवस भएकोले माक्र्सका रचनाहरू अध्ययन गरी अन्तरक्रियाहरू सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
बोडेबाट सुरू भएको ¥याली चपाचो, नगदेश परिक्रमा गरी विविध भाषा साहित्य सम्मेलन स्थलमा पुगी सभामा परिणत भएको थियो ।
चाँगुनारायण
नेपाल संवत् ११३९ को अवसरमा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले बिहीबार बिहान सांस्कृतिक बाजागाजासहित भिन्तुना ¥याली ग¥यो ।
छालिङस्थित गणेश माविबाट सुरू भएको ¥याली झौखेल, लाकिला, यापी भैरव हुँदै महांकाल चोकमा पुगी सभामा परिणत भएको थियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नयाँ वर्ष नेपाल संवत्को अवसरमा सबै नेपालीहरूले नेपालको गौरव कसरी हुन्छ भन्नेतर्फ सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘शासकको रूपमा रहेका भारतीय विस्तारवादका पिछलग्गू दलका नेता तथा कार्यकर्ताहरूले यो देशको अस्तित्व समाप्त गर्ने काम गरिरहेको हुँदा जनता राजनैतिकरूपमा सचेत र सङ्गठित हुनु आवश्यक छ ।’’
नेमकिपाका अर्का केन्द्रीय सदस्य उकेश कवांले नेपाल संवत्को भिन्तुना ¥यालीले देशको सार्वभौमिकता जोगाउन जनतालाई सचेत गराउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको कार्यक्रममा सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
सूर्यविनायक
नयाँ वर्ष नेपाल संवत् ११३९ र तिहारको अवसरमा सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजले पनि बिहीबार शुभकामना ¥याली आयोजना गरेको छ ।
सल्लाघारीबाट सुरू ¥याली सुवर्णेश्वर मन्दिर हुँदै पाण्डुबजार पुगी सभामा परिणत भएको भएको थियो ।
कोणसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले कामदार वर्गको सुख, शान्ति र समृद्धिको निम्ति समाजवादी व्यवस्था नै चाहिने धारणा राख्नुभयो । उहाँले भ्रष्टाचार, कालाबजारिया, शोषण हुने पँुजीवादी समाजमा शुभकामना दिँदैमा कामदार वर्गले सुख नपाउने विचार राख्नुभयो ।
नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि कार्यान्वयनमा लान सरकारले कुनै पहल नगरेको भन्दै केन्द्रीय सदस्य गोसाईले जनताले नै नेपाल संवत्लाई व्यवहारिक रूपमा उपयोग गरिरहेको विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चले भ्रष्टाचार, अन्याय र अत्याचारविरूद्ध लड्न सकोस् भन्ने शुभकामना दिनुभयो । आयोजकको तर्फबाट सुरेश बखुञ्छेले नेपाल संवत् नेवारको मात्र संवत् भन्नु गलत हुने विचार राख्नुभयो ।
विभिन्न बाजागाजासाथ भएको ¥यालीमा समाजसुधार सहकारी, नवज्योति सहकारी, श्रमिक सहकारी, चित्तपोल सामुदायिक सिकाइ केन्द्र, धालांनगर नेवा समूह, च्वलिंगणेश धिमाय् बाजा खलको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *