भर्खरै :

देशका विभिन्न क्षेत्रमा शुभकामना ¥याली

नेपालभाषा साहित्य तःमुंज्याले नेपाल संवत् ११३९ को नयाँ वर्षको अवसरमा बिहीबार भक्तपुरमा सांस्कृतिक ¥यालीको आयोजना ग¥यो । नयाँ वर्षको शुभकामनासहित आयोजित सो ¥यालीमा टोल–टोलका धाँ बाजा, पछिमाय् बाजाका साथ बाँसुरी बाजा, धिमाय् बाजा, विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, सामाजिक सङ्घ संस्था, पुस्तकालय आदि गरी एक सय चार टोलीको सहभागिता थियो । शुभकामना ¥यालीमा वडा–वडाका किसान, मजदुर, महिला, शिक्षक, युवा, विद्यार्थी, व्यापारी, उद्योगी, कर्मचारी, पेशागत विभिन्न सङ्घ सङ्गठनका पदाधिकारी र सदस्यहरूको व्यापक सहभागिता थियो ।
¥यालीमा सहभागी वाद्यवादनका टोली, सङ्गीतकर्मी, कलाकारहरूको परम्परागत वेशभूषा या पहिरिएको वस्त्र, आभूषण ¥यालीको थप आकर्षण रह्यो । विद्यालयबाट सहभागी विद्यार्थीहरूको नेवार, तामाङ, गुरुङ आदि जनजातिको पहिरन र गहना पनि ¥यालीको आकर्षण रह्यो । ¥यालीमा व्यापक महिला सहभागितामात्र होइन वाद्यवादनका महिला कलाकारहरू पनि उत्तिकै थिए । भनपा वडा नं ९ बाट ल्याइएको विश्वकर्मा भैल नाच र भनपा वडा नं १ को बाँदर नाचले ¥यालीको शोभा बढायो । महिलाहरूको वाद्यवादन र पहिरनले पर्यटकहरूको आकर्षण खिच्यो । बाजागाजासहितको सो ¥याली भक्तपुर नगरको दुई स्थानबाट सुरु भएको थियो । वडा नं १ देखि ५ को गःहिटी हुँदै नासमना, तपालाछि, खौमा भई लाय्कू दरबार क्षेत्रमा पुगेको थियो भने वडा नं ६ देखि १० सम्मको वडाको ¥याली कमलविनायक, च्याम्हासिङ, दत्तात्रय, सुकुलढोका हुँदै दरबार क्षेत्र पुगेको थियो । दरबार क्षेत्रमा समापन हुनुअघि खौमास्थित शिक्षाप्रेमी, समाजसेवी मास्टर जगतसुन्दर मल्लको प्रतिमामा पुष्पार्पण गरिएको थियो । ¥यालीमा सहभागी अतिथि, तःमुंज्याका पदाधिकारी, वाद्यवादन र सङ्घसंस्थाका टोली प्रमुखहरूले प्रतिमामा माल्यार्पण गरेका थिए ।
त्यस्तै ¥याली विविध भाषा साहित्यिक समाजको आयोजनामा न्हूँद शुभकामना ¥याली बोडेमा भएको थियो । बोडेको खपला टोलबाट प्रारम्भ भएको सो ¥याली बोडेस्थित विष्णुघाट टोलमा पुगी समापन भएको थियो । सोही समाजको आयोजनामा बोडेको विष्णुघाटमा बीसौं विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भएको थियो । शुभकामना ¥याली चाँगुनारायण नपा र सूर्यविनायक नपामा पनि भएको थियो । भक्तपुर नगरमा इनाचो पासा पुचः र टौमढी युथ क्लवले पनि छुट्टाछुट्टै शुभकामना ¥याली गरी बजार परिक्रमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *