भर्खरै :

तिहारले छोएन लामा समुदायलाई

हुम्ला, २३ कार्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहार शुक्रबार मुलुकभरि हर्षाेल्लासका साथ मनाइयो । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहे पनि उनीहरूलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताउनुभयो ।
आफूहरूले बौद्ध धर्मप्रति आस्था राख्ने भएकोले तिहारलाई त्यति महत्व नदिएको उहाँले बताउनुभयो । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ ।
पुर्खादेखि आफूहरूले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकोले यो पर्वलाई खासै महत्व नदिएको उहाँको भनाइ छ । हुम्ला दुर्गम भए पनि पछिल्लो समय दसैं, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रूपमा लिने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *