भर्खरै :

चिनियाँ र अमेरिकी रक्षामन्त्री भेटवार्ता

वासिङ्टन, २४ कात्तिक  ः चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच वासिङ्टनमा शुक्रबार अपराह्न भेटवार्ता भएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।
उहाँहरुबीच दुई देशबीचको सैनिक सम्बन्धका साथै अरु द्धिपक्षीय हितका विषयमा कुराकानी भएको सो समाचारमा जनाइएको हो ।
चिनियाँ रक्षामन्त्री वेइ अमेरिकाको भ्रमणका क्रममा शुक्रबारै वासिङ्टन पुग्नुभएको थियो । शुक्रबार अपरान्ह उहाँहरुबीच विशेषगरी चिनियाँ र अमेरिकी सैन्य सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
चिनियाँ रक्षामन्त्री वेइले चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा एक महत्वपूर्ण सहमति बन्दै गएको र त्यस सहमतिले यी दुई देशबीचको रणनीतिक साझेदारीका लागि पनि ठूलो सहयोग पुग्न सक्ने अपेक्षा गरिएको जानकरी दिनुभएको छ ।
वेइले भन्नुभयो, दुइ देशीबीचको विगतको सुमधुर सम्बन्धलाई निरन्तरता दिन हालैका दिनमा देखा परिरहेका असमझदारीहरु हटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
उहाँले दुवै पक्षले शान्त र सकारात्मक रुपमा सैनिक सम्बन्धमा जोड दिनुपर्ने भन्दै एक अर्काको सम्बन्धको सुधारका लागि आपसमा सम्मानको वातावरण निर्माण हुनुपर्ने र त्यसका लागि प्रक्रियाहरु अब शुरु गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
आपसी वार्ता र सहमति समझदारीबाट नै अहिलेको असमझदारीको अवस्था हट्ने उहाँले बताउनुभयो । यस्तो सम्बन्ध सुधारको माध्यम चीन र अमेरिकाका राष्ट्रपतिहरुले पछिल्लो समयमा थालिसकेको र यसले दुवै देशलाई विभिन्न क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि चिनियाँ रक्षामन्त्री वेइले जानकारी दिनुभएको छ ।
अमेरिकी रक्षामन्त्री म्याटिस् चिनियाँ रक्षामन्त्रीको सकारात्मक धारणासँग सहमत हुनुभएको बताइएको छ । उहाँले संयुक्त राज्य अमेरिका जहिले पनि चीनसँग सैन्य सम्बन्धका माध्यमबाट चीनसँग असल सम्बन्धको विकासमा सकारात्मक रहेको बताउनुभयो ।
उहाँले अमेरिका र चीनबीच पछिल्लो समयमा विकसित असमझदारीलाई असल सम्बन्धमा परिणत गर्न सदा तत्पर र सकारात्मक रहेको धारणा पनि सो भेटका क्रममा राख्नुभएको बताइएको छ । (रासस/एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *