भर्खरै :

काठमाडांैमा क्रान्तिकारी विद्यार्थीहरूको भेला

काठमाडौं, २४ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौं महानगर वडा ५ का विद्यार्थीहरूको भेला शनिबार सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले विद्यार्थीहरूले पाठ्यपुस्तकका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति विषयमा पनि अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विद्यार्थीहरू अध्ययनशील भई देश र जनताको सेवामा योगदान गर्ने भावनाका साथ अगाडि बढ्नुपर्छ ।’’
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले पार्र्टीको उद्देश्यबारे प्रस्ट पार्दैै देश र जनताको सेवामा नेमकिपा सधैं अगाडि रहेको छ भन्नुभयो ।
‘‘पुँजीवादी पार्टीहरूको गलत क्रियाकलापको विरोध गर्दै समाजवादको आवश्यकताबारे जनतालाई सचेत गर्नु नेक्राविसङ्घमा आवद्ध विद्यार्थीहरूको कर्तव्य हो’’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौं जिल्लाका उपाध्यक्ष नरमान महर्जन, सचिव राजवीर डंगोल, विद्यार्थीहरू पी.प्रजापति, ए.आर. पाण्डे र ए. डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *