भर्खरै :

मिगुएलको एसिया भ्रमण सम्पन्न

लाओस, ११ नोभेम्बर । क्युवाली राष्ट्रपति मिगुएल डायज कानल शनिबार जनगणतन्त्र लाओसको औपचारिक भ्रमणको क्रममा लाओसको राजधानी भियनतियन पुग्नुभयो । मिगुएलको एसिया भ्रमणको लाओस अन्तिम देश हो । लाओसमा उहाँलाई राष्ट्रपति बोनहान भोराचिथले हो खाम राष्ट्रपति भवनमा स्वागत गर्नुभएको थियो ।
दुई देशका राष्ट्रप्रमुखबीच त्यहाँ औपचारिक कुराकानी भएको थियो ।
मिगुएलको लाओस भ्रमणका क्रममा क्युवाको खेलकुद मन्त्रालय र लाओसको शिक्षा तथा खेलकुद मन्त्रालयबीच दुई देशबीच खेलकुदमा सहकार्य गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
त्यस्तै लाओसको बैङ्क र क्युवाको केन्द्रीय बैङ्कबीच सहकार्यको सम्झौता भएको छ । मिगुएलले लाओसका प्रधानमन्त्री थोङलोन सिसोलिथसँग पनि भेट गर्नुभएको थियो ।
क्युवा र लाओसबीच सन् १९७४ नोभेम्बरमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापना भएपछि क्युवाली राष्ट्रपतिको यो दोस्रो लाओस भ्रमण हो ।
त्यस्तै मिगुएलको पनि यो दोस्रो लाओस भ्रमण हो । यसअघि उहाँ सन् २०१३ मा क्युवाली उपराष्ट्रपतिको हैसियतमा लाओसको भ्रमण गर्नुभएको थियो ।
रुसबाट सुरू भएको क्युवाली राष्ट्रपति मिगुएलको एसिया भ्रमण प्रजग कोरिया, चीन, भियतनाम हुँदै लाओस पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *