भर्खरै :

चाडबाडका रचनात्मक उपयोग

दैलेख, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी दैलेख आठबीस नगर समितिको आयोजनामा शुभकामना कार्यक्रम हालै सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले हरेक चाडपर्वलाई भौतिकवादी दृष्टिकोणले मनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्ताहरू अन्धविश्वास र कुरीतिविरूद्ध लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका जिल्ला सदस्य एवं वडा नं. ९ का वडा अध्यक्ष धनबहादुर सिजापतिले वडावासीको सुझावअनुसार विकास निर्माण कार्य अगाडि बढाइरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका दलबहादुर सिजापति, टेकबहादुर सिजापति, कलमबहादुर सिजापति, देवीराम सिजापति, कलम बडुवाल, वसन्त सिजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *