भर्खरै :

क्यान्सर नियन्त्रणमा महिला जनप्रतिनिधिको भूमिका

रजनी जोशी
क्यान्सर रोग कस्तो रोग हो ? हाम्रो देशमा यो कतिको व्यापक भएको अनुमान गर्नुहुन्छ ?
भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरुप भक्तपुरलाई शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरणमा प्राथमिकताका साथ अघि बढाइरहेको छ । सोही अनुरुप भनपा शैक्षिक÷सांस्कृतिक साथै स्वास्थ क्षेत्रलाई केन्द्रको रुपमा विस्तार गर्दै जाने लक्ष्यका साथ अघि बढिरहेको छ । यसैलाई ध्यानमा राख्दै भनपाले यसै आ.व. २०७५÷७६ देखि क्यान्सरलगायतका दीर्घरोग जस्तै ः मुटुको शल्यक्रिया, मृगौला प्रत्यारोपण, मस्तिष्क पक्षघातका बिरामीहरूलाई अनुदानस्वरुप प्रतिबिरामी रु. १०,०००।– उपलब्ध गराउँदै आएको छ । यो रकम सानो सहयोगस्वरुप भएकोले आंशिक रुपमा भए पनि राहत मिल्ने भनपाको विश्वास छ । साथै भनपाले वडा वडामा पनि यस्ता रोगहरूका जाँचहरू/सचेतनाका कार्यक्रमहरू गराउँदै आएको छ र यस्तो रोगबाट बच्ने/रोग लाग्न नदिनेबारे सचेतनाका कार्यक्रम र अन्तरक्रियाहरू निरन्तर गर्दै जानेछ ।
क्यान्सर रोग शरीरको कुनै पनि भागमा अनावश्यक कोषहरू (Cells) बढ्दै जानुलाई नै क्यान्सर भन्ने मेरो बुझाइ छ । यस्ता अनावश्यक कोषहरूले शरीरका अन्य अङ्गहरूलाई नकारात्मक असर पु¥याइरहेका हुन्छन् र यसरी बढ्दै गइरहने÷फैलिंदै जाँदा समयमै उपचार नपाएमा त्यस्ता बिरामीहरूको मृत्युसमेत हुने गर्दछ । यस्ताखाले रोग दिनानुदिन व्यापक बन्दै गइरहेको हामीले देखिरहेकोले समयको परिवर्तनसँगै नेपालीहरूको दैनिक जीवनशैलीमा दिनानुदिन परिवर्तन आइरहेको हामी सबैले महसुस गरिरहेका छौँ । हाम्रो खानपानमा परिवर्तन (Precooked, Packed food and Preservation) प्रदूषण भइरहेको, सुर्तीजन्य र मद्यपानको सेवन, कृषिजन्य उत्पादनहरूमा किटनाशक औषधिको बढ्दो प्रयोग आदिको साथसाथै व्यस्त दैनिकीमा व्यायामको कमी र यस्ता रोगबारे सचेतनाको कमीले गर्दा पनि नेपालमा दिनानुदिन यो रोग व्यापक बन्दै गइरहेको छ ।
नेपालमा करिब १० हजार जना जति क्यान्सरका बिरामीहरू दर्ता भएको पाइएको छ भने अर्को २०–३० हजार जति बिरामी भएको अनुमान गरिएको छ ।
तपाईको विचारमा महिलाहरूको कुन अङ्गमा बढी क्यान्सर हुन्छ होला ? यसको कारण के होला ?
विशेषगरी महिलाहरूको पाठेघरको मुख÷पाठेघर र स्तनको क्यान्सर बढी भएको अहिले अध्ययन र अनुसन्धानले देखाएको छ । माथि भनेझैं हाम्रो जीवनशैली, सामाजिक मूल्यमान्यता, प्रदूषण, खानपिन, सचेतनामा कमी आदि कारणले नै यो रोग बढ्दै गइरहेको देखिन्छ ।
तपाईंको विचारमा क्यान्सर के कारणले हुन्छ होला ?
हाम्रो देशमा कुनै पनि रोग वा विकृतिहरू फैलिन नदिन कानुनहरू नबनेका होइनन् तर त्यस्ता कानुनहरू व्यवस्थित रुपमा लागू नभएको कारणले पनि प्रभाव

                                रजनी जोशी


कारी बन्न सकिरहेको छैन । जनचेतनाको लागि चाहिने जति कार्यक्रमहरू सरकारले ल्याउन सकिरहेको अवस्था पनि छैन । बढ्दो प्रदूषण (वायु), कृषिजन्य उत्पादनहरूमा किटनाशक औषधिहरूको प्रयोग दिनानुदिन बढ्दो छ । मानव जीवनमा नै नकारात्मक असर पार्ने यस्ता कार्यहरूप्रति सरकार प्रभावकारी रुपमा प्रस्तुत भएको पाइँदैन । हाम्रो समाजमा रोग लागेपछि मात्र हामी अस्पताल जान्छौँ । यसको लागि सर्वप्रथम यस रोगबारे सुसूचित र सचेत हुनु जरुरी छ । रोग लाग्नुअघि नै स्क्रिनिङ्ग गर्न सकिँदोरहेछ । यसो गर्न सकेमा क्यान्सर जस्तो भयावह रोगबाट जोगिन सकिन्छ ।
यसको लागि भनपाले विशेषतः महिलाहरूको लागि प्याप स्मेयर र ब्रेस्ट स्क्रिनिङ्ग गर्दै आइरहेको र यसै आ.व.मा हरेक वडामा यो जाँच लगायत अन्य रोगका बारेमा पनि कार्तिक महिनासम्म गरिसक्ने योजना बनाएको छ । त्यसैगरी यस आ.व. २०७५/७६ मा क्यान्सरको अपरेशन गरेका क्यान्सर पीडितहरूलाई सहयोग स्वरुप रु. १० हजार दिंदै आएको छ ।
भक्तपुर नपाले आउँदा दिनहरूमा क्यान्सर रोग हुनबाट जोगिने उपायहरू/सचेतनाका कार्यक्रमहरूको लागि पहल गर्दै जानेछ र भनपाले रोग निको पार्ने भन्दा रोगै लाग्न नदिन सचेतनाका विभिन्न कार्यक्रमहरू गर्दै जाने लक्ष्य राखेको छ ।
परिवारमा क्यान्सर रोगी भयो भने शारीरिक, मानसिक र आर्थिक प्रभाव कस्तो पर्ला ?
विकसित मुलुकमा शिक्षा र स्वास्थ्य निःशुल्क गरिने भएकोले यस्ता रोग लागेमा सरकारले नै व्यहोर्ने गर्दछ तर नेपाल सरकारले आजभोलि केही सहयोग दिन थाले तापनि क्यान्सरलगायत असाध्य रोगहरूको निमित्त त्यो अपुग नै हुन्छ । हाम्रो समाजमा जनचेतनाको अभावले रोग लागेपछि मात्र उपचार गर्ने गराउने चलन रहेको छ । परिवारमा एकजना व्यक्तिलाई क्यान्सर रोग लागेको छ भने त्यस परिवारमा ठूलो तनाव सिर्जना हुन्छ । बिरामीको शारीरिक रुपमा समस्या हुनुको साथै उक्त परिवारलाई नै ठूलो मानसिक एवं आर्थिक समस्या पर्दछ । यसरी महँगो औषधि उपचारमा ठूलो आर्थिक बोझ पर्ने कारणले गर्दा यस्ता बिरामीका परिवारका नकारात्मक मानसिक प्रभाव पर्ने गरेको पाइन्छ र क्यान्सर रोगीहरू बढ्दै जाँदा नेपाली समाजमा यसले विकराल रुप लिँदै गरेको पाइन्छ । अब केन्द्र सरकारले नै स्वास्थ्य उपचारमा निःशुल्क गराई दिनसकेमा बिरामीको परिवारलाई आर्थिक एवं मानसिक बोझमा राहत मिल्नेछ ।
देशमा क्यान्सर न्यूनीकरण गर्न तपाईं एक जना सचेत महिला अगुवाको नाताले केके गर्नुपर्छ ?
माथि भनेझैं नेपालमा दर्ता भएका क्यान्सर रोगीहरू १० हजार जति र अन्य २०÷३० हजारसम्म रहेकोले यो रोगले नेपाली समाजलाई गाँज्दै ल्याएको पुष्टि हुन्छ । आजको बदलिंदो परिस्थिति, खानपान र कृषिमा प्रयोग हुने किटनाशक औषधि र Packed Food मा Longterm Store  गर्न प्रयोग गरिने Chemicals को कारण, सुर्तीजन्य पदार्थहरूको सेवन, प्रदूषण, सचेतनाको कमी आदिले गर्दा हरेक वर्ष बिरामीको सङ्ख्या बढिरहेको आजको अवस्थामा सर्वप्रथम सम्पूर्ण नेपालीहरूले क्यान्सर रोगबारे जानकारी राख्नु आवश्यक हुन्छ । आ–आफ्नो दैनिकीमा सचेत रहनु, खानपानमा विशेष ध्यान दिनुपर्ने, व्यायाम गर्ने, सकारात्मक सोच राख्ने, शारीरिक रुपमा र मानसिक रुपमा व्यस्त रहन सकेमा यस्ता रोगबाट केही हदसम्म जोगिन सकिन्छ । त्यसबाहेक क्यान्सर नै नभएको अवस्थामा पनि समय–समयमा डाक्टरको सल्लाहमा विभिन्न किसिमका Screening गराउन सकेमा यस रोगबाट जोगिन सकिन्छ । जस्तै ः विवाहित महिलाहरूले बेलाबेलामा Papsmear / Breast Screening गर्ने/किशोरीहरूले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सकिने व्यवस्था भइसकेको छ । यस्ता जाँचहरू व्यक्तिगत, सामाजिक वा स्थानीय स्तरलगायत राष्ट्रिय स्तरमै अभियानको रुपमै जान सके क्यान्सरजस्तो रोगमा कमी ल्याउन सकिन्छ । यस्ता रोगबाट बच्न बढीभन्दा बढी जनचेतनासम्बन्धी कार्यक्रमहरू हुनुपर्ने र जनसहभागितामा केन्द्रित हुनुपर्दछ ।
अन्तमा यस ‘आशा’ स्मारिकामार्फत सम्पूर्ण दाजूभाइ तथा दिदीबहिनीहरूलाई आउँदै गरेको दसैं, तिहार र छठ पर्वको उपलक्ष्यमा सुस्वास्थ्य, निरोगी र दीर्घायु जीवनको कामना गर्दछु । साथै यस Cancer Relief Society ले नेपाली समाजमा क्यान्सरबारे व्यापक सचेतना फैलाउन सकोस् र नेपाललाई क्यान्सर रोगमुक्त देश बनाउने अभियानको सफलताको साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
स्रोत ः आशा स्मारिका २०७५
(उहाँ भक्तपुर नगरपालिकाका उपमेयर हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *