भर्खरै :

सरकारले अपराधीलाई संरक्षण किन गर्दैछ ?

प्रेम सुवाल
जन्मको आधारमा नेपाली नागरिकता खारेज गर्नुपर्ने
सांस्कृतिक प्रदर्शनीमा सहभागी सबैलाई नेपाल संवत् ११३९ को शुभकामना । नेपालभाषा साहित्य तःमुंज्या सबै जाति र भाषाको साझा दबु हो । ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको दबुमा नेपाल भाषासँगै नेपाली र तामाङ भाषाको साहित्य र मन्तव्य पनि प्रस्तुत भएको थियो । भाषा र संस्कृति मानव सभ्यताको विकासको श्रृङ्खला हो । नेपाल क्षेत्रफलमा सानो भए पनि भाषा र संस्कृतिमा सम्पन्न देश हो । भक्तपुरलाई सफा र स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षाको केन्द्र बनाउने हाम्रो साझा लक्ष्य हो । सांस्कृतिक नगर विज्ञान र प्रविधिसँगै अघि बढ्छ भने अन्धविश्वासले ठाउँ पाउने छैन । भक्तपुर नगरपालिकासञ्चालित कलेजहरूमा देशभरिका विद्यार्थी पढ्दैछन् । यसको अर्थ भक्तपुरले देशकै सेवा गरिरहेको हो ।
संविधानमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य एवम् माध्यमिक शिक्षा निःशुल्क तथा मातृभाषामा पठनपाठनको व्यवस्था भयो तर सरकारमा गएका पार्टीहरूले ऐनमा निजी विद्यालय यथावत् रहने संविधानविपरीतका दफा उल्लेख गरे । यो जनताप्रति विश्वासघात हो । ऐनमा वैदेशिक रोजगारलाई राज्यले रोजगारी दिएको रूपमा उल्लेख गरियो । यो पनि जनताप्रति विश्वासघात हो । नेपाली युवालाई स्वदेशमा रोजगारी दिनु आवश्यक छ । वैदेशिक रोजगारीमा जानेहरूको दैनिक ५–७ वटा शव फिर्ता भईरहेको छ । खाडी मुलुक कुवेतमा नेपालको उच्च राजनीतिक र प्रशासनिक संलग्नतामा नेपाली चेलीहरू खसी–बोकाजस्तै बिक्री भइरहेको संसद् सचिवालयमा प्रतिवेदन पेश भएको छ । सरकारले यो प्रतिवेदनअनुसार अपराधीलाई कारबाही गरेन । नेमकिपाले यसबारे सडक र संसदमा आवाज उठाउँदैछ ।
बजार मूल्य अकाशियो । सरकारको अनुगमन प्रभावकारी भएन । कर्मचारीको मासिक भत्ता रू. १०००। बढ्यो तर मूल्यवृद्धि २५ प्रतिशत भयो । सरकारले सुन तस्करका ठूला माछा, खराब काम गर्ने ठूला ठेकेदार र युवालाई वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचबिखन गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरेन । सरकारले अपराधीलाई संरक्षण किन गरेको ? गृहमन्त्रीले ठूला माछा पक्राउ गर्ने, खराब ठेकेदारलाई कारबाही गर्ने र बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारबाही गर्ने बताएको तीन महिना भयो तर गरेन । यसकारण नेकपाको सरकार जनताको सरकार होइन ।
हामीले मास्टर जगतसुन्दर मल्लको प्रतिमामा फूलको माला लगाई नेपाल संवत् नयाँ वर्षको अवसरमा बर्सेनि उहाँको सम्मान गर्दै आएका छौँ । उहाँले मातृभाषाबाट पठन पाठन भए छिटै शिक्षा पाउन सक्ने बताउनुभयो साथै अङ्ग्रेजी शब्दकोष र इसपको कथा नेपालभाषामा अनुवाद गर्नुभयो । राणा शासक चन्द्रशमशेरले उहाँलाई नेपालभाषामा लेखपढ गराए जेल हाल्ने चेतावनी दिए तर उहाँ राणा शासनदेखि डराउनुभएन, आफ्नो आन्दोलन चालू राख्नुभयो । हालको शिक्षा ऐनमा खास विषय मातृ भाषामा पढाउने व्यवस्था भएको हुँदा तत्काललाई सामाजिक शिक्षा नेपाल भाषामा पढाउने व्यवस्था गरिनु उपयुक्त हुनेछ ।
सरकारमा गएका पार्टीहरूले संविधान र नागरिकतामा जन्मको आधारमा नागरिकता दिने उल्लेख गरे । भारतसँगको खुला सीमा भएको हुँदा जन्मको आधारमा नेपाली नागरिकता दिने कानुनी प्रावधान नेपालको हितमा छैन । भारतको दरभ·ाका प्राध्यापक मुकेशकुमार सिंहले आफ्नो पुस्तकमा ४० लाख भारतीयले जन्मको आधारमा नेपाली नागरिकता लिएको उल्लेख गरे । नेपालका हाँस्य कलाकारहरूले सरकारमा गएका नेताहरूलाई “भारतीय विस्तारवादको जुत्ताको तलुवा” भनी व्यङ्ग्य पनि गरे । यसले दुईतिहाइ बहुमत भएको सरकारका नेताहरू बुख्याचाजस्तै भएको पुष्टी ग¥यो । देशलाई सिक्किम बनाउन लागेका सरकारमा गएका लेण्डुपजस्ता नेताहरूले चुनावमा पैसा एवं सामान वितरण गरेर, भोज खुवाएर जितेको हुँदा सरकार पञ्चायत र काङ्ग्रेसजस्तै भएको हो ।
उद्योगमन्त्री मातृका यादवले संसद्मा अघिल्ला उद्योगमन्त्रीहरूले उद्योगी र व्यापारीसँग चन्दा उठाउनुका साथै कमिशन खाएर सार्वजनिक संस्थान निजीकरण गरेको बताएका थिए । देश र जनताको हितमा काम गर्न नसकेको सरकारले राजीनामा दिनु आवश्यक छ । बालुवाटार, सिंहदरबार र शितल निवास ‘ठग’ हरूको घेरामा रहेसम्म देश र जनताको हित हुनेछैन । जनद्रोहीहरूलाई सांसद र मन्त्री बनाइनुहुँदैन । संविधान संशोधन गर्ने भए जन्मको आधारमा नागरिकता दिने प्रावधान खारेज गर्नुपर्दछ र प्रत्येक प्रदेशमा हिमाल, पहाड र तराई समावेश गर्नु आवश्यक छ ।
(नेमकिपाका सचिव एवं सांसद पे्रम सुवालले नेपालभाषा साहित्य तःमुंज्याको सांस्कृतिक ¥यालीपछि लायकुको जनसभामा २०७५ कार्तिक २२ गते दिनुभएको मन्तव्यको सार–सं)
काठमाण्डौ उपत्यकाको सांस्कृतिक सम्पदा संरक्षण गर्नुपर्ने
सम्मेलनमा प्रस्तुत एउटा कवितामा सन् यात्सेन र हिटलरलाई एउटै श्रेणीमा राखी प्रस्तुत गरियो । चीनको प्रजातान्त्रिक आन्दोलनका नेता सन् यात्सेन सामन्तवादविरूद्धको सङ्घर्षका योद्धा हुन् भने हिटलर फासीवादी हुन् । नेपालका एक हास्य कलाकार सुरवीर पण्डितले पनि आफ्नो मन्तव्यमा सद्दाम हुसेन पनि समाप्त भएको बताउनुभयो तर अमेरिकी साम्राज्यवादले इराकमा आणविक हतियार थुपारेको आरोप लगाई सद्दाम हुसेनको हत्या गरेको हो । इराकको तेल खानी कब्जा गर्न यो षड्यन्त्र रचिएको हो ।
सरकारले काठमाण्डौ उपत्यकाका स्मारक स्थलहरूको संरक्षण गर्नु आवश्यक छ । द्रुतमार्गको नाममा ललितपुरको खोना र बो·ाको पुराना बस्ती र सम्पदा विनाश गरिएकोमा स्थानीय जनता आन्दोलनमा छन् । काठमाण्डौमा घर भत्काई बाटो चौडा गरियो तर सवारी साधन आयात बढेको हुँदा सवारी जाम यथावत् छ । कोटेश्वर जामबाट हामी सबै पीडित छौँ । काठमाण्डौ उपत्यकामा जनसङ्ख्या केन्द्रित गरिएकोले यहाँ द्रुतमार्ग र बाहिरी चक्रपथ आवश्यक भएको हो । यसपाली दसैंमा ३० लाख मानिस उपत्यकाबाहिर गएको तथ्याड्ढ छ । यसले देशको सन्तुलित विकास नभएको पुष्टी ग¥यो ।
सङ्घीय राजधानी काठमाण्डौमा छ तर चुनावमा सरकारमा गएका पार्टीहरूका उम्मेद्वारले प्रदेशको राजधानी पनि यहीं राख्ने आश्वासन दिई नेवारको पोशाक लगाएर जिते । चुनावको बेला सरकारमा गएका पार्टीहरूले थिमीमा पैसा बाँडेको सामाजिक सञ्जालमा छाएकै हो । मन्त्रीले कमिशन नखाए, भ्रष्टाचार नगरे कर्मचारीले भ्रष्टाचार गर्दैन । अहिले उपत्यकाबाहिरका जनता सङ्घ र प्रदेशको राजधानी दुवै उपत्यकाभित्र राख्न नहुने मत राख्दै आन्दोलनमा छन् । नेपाल मजदुर किसान पार्टीले देशको सन्तुलित विकासको लागि प्रदेशको राजधानी उपत्यकाबाहिर राख्नुपर्ने सुझाव दिंदै आएको छ ।
प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीको बेला अडान लिनुभएको हल्ला झूटा हो । उहाँ नाकाबन्दीकै बेला भारत भ्रमण जानुभएको र भारतकै दबाबमा उहाँले २०७२ माघ ९ गते जनसङ्ख्याको आधारमा संविधान संशोधन गर्नुभएको हो । दुईतिहाइ बहुमत भइसकेपछि पनि उहाँले भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतको रूपमा विदेशमन्त्री शुष्मा स्वराजलाई निम्ता गरी सोल्टी होटलमा एक घण्टा गोप्य भेटघाट गरेपछि प्रम भएको घामजत्तिकै छर्लङ्ग विषय हो । तत्कालीन एमालेको एक नेताको हैसियतमा ओलीले महाकाली नदी भारतलाई दिने पारित गर्न लागिपरेका यथार्थ हो । नेकपाका अर्का अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र सरकारसम्म भारतको सहयोग भएको बताएको हुँदा उहाँ भारतको ‘ट्रोजन हर्स’ सावित हुनु भयो ।
यो वर्ष अक्टोबर समाजवादी क्रान्तिको १०१ वर्ष हो । यो क्रान्तिको नेतृत्व गर्ने बोल्शेविक पार्टीले पुँजीवादी चुनावको क्रान्तिकारी उपयोग गरेको थियो । नेमकिपाले बोल्शेविक पार्टीको यही शिक्षालाई अनुसरण गर्दै आएको छ । यो लेनिनवादी नीति हो । रूसमा मेन्शेविकहरू चुनाव जितेर पुँजीवादी सरकारको भागबण्डामा लागेका थिए । नेपालमा नेकपाले यस्तै काम गर्दैछ । यो संशोधनवादी र अवसरवादी नीति हो ।
सरकार कमिशन र भ्रष्टाचारमा लागेको हुँदा बोडेको सार्वजनिक कमल पोखरी मालपोत कार्यालमा व्यक्तिको नाममा दर्ता गरी खरिद बिक्री र प्लटिङ भएको हो । दुवाकोटको तिगनीको १९ रोपनी सार्वजनिक पर्ति जग्गा मालपोत कार्यालयबाट व्यक्तिको नाममा दर्ता गराई प्लटिङ गरियो । सरकार र अदालतसमेत भूमाफियाहरूको चङ्गुलमा परेको जनगुनासो छ । निजी गरिएका सार्वजनिक पोखरी र पर्ती जग्गा सार्वजनिकमै परिणत गराउन हामीले सडक र संसद्मा आवाज उठाउँदैछौँ ।
अमेरिकी साम्राज्यवादले आफूलाई आर्थिक र राजनीतिक चुनौति भएका देशविरूद्ध धम्की र नाकाबन्दी गरी आक्रमण गर्दैछ । यसले समाजवादी देश क्युवा र प्रजग कोरियाविरूद्ध ७० वर्षदेखि आर्थिक नाकाबन्दी लगाउँदैछ । संरा सङ्घको महासभामा क्युवाविरूद्धको अमेरिकी नाकाबन्दी फिर्ता गर्न १७७ देशले २७ औं पटक प्रस्ताव पारित गरे । सं.रा. अमेरिका र इजरायलले मात्र नाकाबन्दीको पक्षमा मत दिए । प्रजग कोरियाले सिङ्गापुर वार्ता र सहमति कार्यान्वयन गर्न संरा अमेरिकाले आफूसँग स्थायी शान्ति सम्झौता गर्नुपर्ने, दक्षिण कोरियामा तैनाथ अमेरिकी सेना तथा हतियार फिर्ता गर्नुपर्ने र नाकाबन्दी हटाउनुपर्ने अडान राख्दैछ । चीन–अमेरिकी व्यापार युद्धले सं.रा. अमेरिकालाई नै घाटा हुनेछ ।
भारतले नेपालको तराई डुबानमा पर्नेगरी एकतर्फी बनाएका बाँध र तटबन्ध भत्काउने विषय सरकारमा गएका नेताहरूले भारतसँग उठाउने साहससमेत गरेनन् । भारतले नेपालको पारवहन अधिकार हनन गर्दैछ र नेपालका प्रधानमन्त्रीहरूलाई तेल, ग्यास र अन्य सामान भारतसँगमात्र खरिद गर्नुपर्नेमा सही गराउँदै आएको छ । नेपाल सरकारहरू खाद्यान्न, फलफूल, तरकारी सबै भारतसँग किन्छन् । सरकारले असी प्रतिशत फलफूल आयात गर्दैछ । जुम्ला, कालीकोट, मुस्ताङको स्याउ काठमाण्डौ ल्याउने काम गर्न सकेनन् । देशलाई आत्मनिर्भर बनाउन सकेनन् ।
(२०७५ कार्तिक २२ गते मध्यपुर थिमीको बोडे विष्णुघाटमा सम्पन्न विविध भाषा साहित्य सम्मेलन र सांस्कृतिक प्रदर्शनी कार्यक्रममा राख्नुभएको मन्तव्यको सार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *