भर्खरै :

‘चाउ एन–लाइको चिठ्ठी’– एक महत्वपूर्ण दस्तावेज

–जमिला
चीन–भारत र अन्य नव–स्वाधीन देशहरूबीचका सीमा समस्या इतिहासकै सिलसिला हो । त्यसकारण सीमा प्रश्नहरू सुल्झाउँदा ऐतिहासिक पृष्ठभूमि र वास्तविक परिस्थिति दुवैलाई ध्यान दिन आवश्यक हुन्छ । पञ्चशीलका सिद्धान्तको आधारमा समाधान खोज्न जरूरी हुन्छ । सन् १९६२ मा भएको चीन–भारत सीमा विवाद र भीडन्तमा चीनले यही अडान लिएको तथ्य पुस्तक ‘चाउ एन–लाइको चिठ्ठी’ ले उजागर गर्दछ । नयाँ–पुस्तालाई सो ऐतिहासिक सीमा भीडन्तका विषयमा मिहिन जानकारी दिने यस पुस्तक अत्यन्त पठनीय एवं सङ्ग्रहणीय छ । सीमासम्बन्धी प्रत्येक समस्याहरूमा चाउ एन–लाइ र चीनको विचार निकै मननीय छ ।
जनवादी गणतन्त्र चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन–लाइले चीन भारत सीमा प्रश्नबारे एसियाली र अफ्रिकी नेताहरूलाई लेख्नुभएको चिठ्ठी हो यो । चीन भारतको परम्परागत सीमा, बेलायती उपनिवेशवादीहरूले आफूखुसी एकपक्षीयरूपमा कोरेको कथित म्याकमोहन रेखा ९ःअmबजयल ष्लिभ०, सीमा प्रश्न वार्ताद्वारा सल्टाउन गरेको पटक–पटकको प्रयास, साम्राज्यवादीहरूको धापमा भारतीय पक्षले गरेको अतिक्रमण, आक्रमण र चिनियाँ पक्षले आप्mनो सार्वभौमसत्ताको रक्षार्थ गरेको प्रत्याक्रमण आदिबारे ऐतिहासिक तथ्यको आधारमा सविस्तार वर्णनसँगै विश्लेषण यस चिठ्ठीमा गरिएको छ ।
चीनले आप्mनो सीमासँग सम्बन्धित सम्पूर्ण प्रश्नहरू, अलमलहरूको शान्तिपूर्ण समाधानको प्रयास निरन्तर गरेको वास्तविकता चिठ्ठीमा पाइन्छ । सीमा विवादहरू उछाल्न साम्राज्यवादी र उपनिवेशवादी देशहरूले हरसम्भव प्रयत्न गरिरहने र एसियाली अफ्रिकी देशहरूबीच झगडाको बीउ रोप्न खोजिरहनेतर्फ चिठ्ठीले सचेत गराउँदछ ।
चाउ एन–लाइ लेख्नुहुन्छ– “ऐतिहासिकरूपमा चिनियाँ र भारतीय जनता सँधै शान्ति र मेलमिलापका साथ बसेका छन् । चीन र भारतबीचको सीमा औपचारिकरूपमा कहिल्यै निर्धारित नगरिए तापनि बेलायती उपनिवेशवादीहरू पूर्वमा आउनुभन्दा पहिले यस्तो विवाद कहिल्यै उठेको थिएन ।” चीन–भारतबीच लामो समयसम्म प्रशासनिक पहुँच रहेका क्षेत्रहरूको आधारमा एउटा परम्परागत सीमारेखाले आकार लिइरहेको थियो र दुवै देशका जनता शान्तिपूर्वक सँगसँगै बसिरहेका थिए । भारत सरकारले विवाद उठाएको मध्तग परम्परागत सीमारेखाको पूर्वतर्फका ठाउँहरू सँधै चीनकै थियो, करिब २००० वर्ग कि.मी । परम्परागत सीमारेखालाई लामो समयदेखि चीन र भारतले मात्र मान्दै आएका होइनन् बरू पहिलेका बेलायती नक्साहरूमा पनि यो प्रतिबिम्बित छ । सन् १८६५ भन्दा पहिले यो बेलायती भागको वर्णन परम्परागत सीमारेखासँग मिल्छ तथा सन् १९३६ भन्दा अगाडि पूर्वी भागमा भएको सीमारेखाको वर्णन पनि परम्परागत सीमारेखासँग मिल्छ भन्ने तथ्य नक्सासहित सचित्र वर्णन यस चिठ्ठीमा गरिएको छ ।
पुस्तकमा स्पष्ट लेखिएको छ– “चीन–भारत सीमा विवाद बेलायती साम्राज्यवादी आक्रमणको सिलसिला हो । भारतलाई पूर्णरूपले आप्mनो अधीनमा राखिसकेपछि बेलायती साम्राज्यवादले भारतीय जनताको शक्तिहीन स्थितिको फाइदा उठाएर आप्mनो आक्रमणलाई चालू राख्यो र भारतलाई आप्mनो आधार बनाएर चीनको दक्षिण–पश्चिम र उत्तर–पश्चिम सिमानातर्पm आप्mनो आक्रमण र सीमा विस्तारलाई अगाडि बढायो ।” यसरी बेलायतको प्रयास लामो समयदेखि चीन र भारतबीचको परम्परागत सीमारेखालाई मेट्नु तथा चीनको भू–भागलाई गाभेर बेलायती भारतको भू–भाग विस्तार गर्ने साम्राज्यवादी उद्देश्य पूरा गर्नु थियो । चीनको केन्द्रीय सरकारको पिठ्यूँपछाडि बेलायती प्रतिनिधिले तिब्बतको स्थानीय अधिकारीहरूसँग गोप्य पत्राचार गरेर कुख्यात म्याकमोहन रेखा खिची ९०,००० वर्ग कि.मी चीनको ठूलो भू–भाग बेलायती भारतमा गाभ्ने प्रयास गरेको पृष्ठभूमि पुस्तकमा प्रस्तुत छ ।
भारत र चीनले सन् १९४७ र १९४९ मा क्रमशः स्वाधीनता प्राप्त गरे र दुई देशले नयाँ आधारमा मैत्रीपूर्ण सम्बन्ध विकास गरे । तर भारतीय पक्षले बेलायती साम्राज्यवादीहरूको उत्तराधिकारी बन्ने महत्वकाङ्क्षा राखेकै कारण सुरूदेखि नै चीन–भारत सम्बन्धमा अँध्यारो पक्ष रहिआएको हो । तिब्बतमा भारत सरकारले औपचारिकरूपमा चिनियाँ भू–भागको ठूलो इलाकामाथि दाबी ग¥यो । तिब्बतमा विद्रोह भड्काउने काममा भारत उद्दत रह्यो । यो सिलसिला तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूको दर्शन थियो । भारत आफूले कब्जा गरिसकेको चिनियाँ भू–भागको दुवै भागलाई आप्mनो बनाउने विस्तारवादी नीतिअनुरूप अघि बढेको तथ्य पुस्तकमा प्रस्तुत छ ।
सिमानामा भीडन्त रोकथाम गर्न दुई पक्षबीच सशस्त्र शक्तिहरूको प्रयोग हुन नहुने तथा सीमाको प्रश्नमा छिटो शान्तिपूर्ण समाधान खोज्न प्रभावकारी उपाय पत्ता लगाई वार्ता गर्नुपर्ने चिनियाँ सरकारको अडान थियो । सीमा विवादको शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले चिनियाँ प्रधानमन्त्रीको हैसियतले सन् १९६० अप्रिलमा नयाँ दिल्लीको भ्रमण गरी चाउ एन–लाइले नेहरूसँग वार्ता गरेका थिए । दुई प्रधानमन्त्रीहरूबीचको वार्तामा चिनियाँ सरकारले मेलमिलापको लागि देखाएको इमानदारीलाई भारतीय सरकारले चीनको कमजोरीको रूपमा लियो र चीनले एकपक्षीयरूपमा गस्ती हटाएपछि त्यसलाई फाइदा उठाउने एक अवसरको रूपमा लियो । दुई देशका अधिकारीहरूबीच भएको वार्ता टुङ्गेपछि भारतीय सेनाले पहिले पश्चिमी भागमा र पछि पूर्वी भागमा वास्तविक नियन्त्रण रेखा नाघ्यो । ठूलो चिनियाँ भू–भाग कब्जा ग¥यो तथा अझ गम्भीर सशस्त्र उत्तेजनाहरू निम्त्याएको घटनाबारे पुस्तकमा गम्भीररूपमा चर्चा गरिएको छ ।
भारतीय आक्रमण र उत्तेजनाहरूको वृद्धिसँगै सीमा स्थिति दिन प्रतिदिन खराब हुँदै थियो । यद्यपि चिनियाँ पक्षले अत्यन्त संयम र सहिष्णुताका साथ सामना ग¥यो । चीनको सहनशीलतालाई भारतले कमजोरी देख्यो र सहअस्तित्व र शान्तिपूर्ण ढङ्गबाटै सीमा भीडन्त सुल्झाउने चीनको प्रस्तावलाई अपमानजनक ढङ्गबाट अस्वीकार मात्र गरेन बरू सैनिक अभियानको बाटोसमेत रोज्यो र निकै लामो समयसम्म भीडन्त र विवादलाई टुङ्ग्याउन नदिन जालो बुनिरह्यो । नेहरू सरकारले चीनविरूद्ध आक्रमण योजना बनाएको त्यो परिवेशको चर्चा पुस्तकमा छ ।
भारतको सम्मान तथा गौरवलाई ध्यानमा राखी सीमा विवाद सुल्झाउने चीनको न्यायोचित तथा आपसी सम्मानको भावनामा आधारित प्रस्तावलाई नेहरू सरकारले अस्वीकार ग¥यो । चिनियाँ र भारतीय जनताको मित्रतालाई ध्यान नदिई नेहरूले सार्वजनिकरूपमा चिनियाँ जनताप्रति घृणाको बीउ छरे । भारतीय जनतालाई समेत चिनियाँ जनताविरूद्ध लामो लडाइँ छेड्न हरेक गोष्ठीमा आह्वान गरे । भारतमा हरेक चिनियाँहरूलाई भारत सरकारले दुःख दिन सुरू ग¥यो । भारतमा रहेको चिनियाँ बैङ्कको शाखा कार्यालयलाई स्वेच्छाचारीरूपमा बन्द गर्ने आदेश दिए ।
पुस्तकमा प्रस्टसँग चर्चा गरिएको छ–“भारतमा चिनियाँ दुतावास र वाणिज्यदूतका कर्मचारीहरूको आवागमनमा खस्रो ढङ्गले रोक लगायो साथै भारत सरकार चीनसँगको कूटनीतिक सम्बन्ध तोड्ने प्रयासमा उत्रियो । ‘असंलग्न नीति’ को खोल त्यागेर भारतीय सरकारले संरा अमेरिकाबाट हाकाहाकी सैनिक सहयोग माग्यो र उसले संरा अमेरिकाबाट अमेरिकी हातहतियारहरू सहयोग निरन्तर पाइरहेको थियो ।”
यसरी सीमा प्रश्नलाई लिएर चीन र भारतले लडाइँ गर्नुपर्ने कुनै कारण नै थिएन । निरन्तर ३ वर्षसम्म भारतसँग चीनले शान्तिपूर्ण वार्तासहित सीमा विवाद टुङ्ग्याउने हरसम्भव कोसिस गरिरह्यो । त्यो सीमा विवाद आज पनि सल्टिएको छैन । तर आशाको एक झिनो किरण बाँकी रहेसम्म चीनले मेलमिलापको बाटो खोज्नेछ तथा सीमा भीडन्त अन्त्य गर्ने अनुकूल परिस्थिति सृजना गर्न अगुवाइ गर्नेछ भन्ने विश्वास लिने प्रशस्त आधार छन् ।
एसियाली र अफ्रिकी देशहरूको मुख्य शत्रु साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवाद हो । एसियाली अफ्रिकी ऐक्यबद्धता बढाउनुपर्ने तथा मिलेर साझा शत्रुको सामना गर्नुपर्ने आवश्यकता पुस्तकले औंल्याएको छ । साथै चीन–भारत सीमाविवाद शान्तिपूर्ण र सौहार्दतापूर्वक समाधान गर्नुमा नै सम्पूर्ण एसियाली र अफ्रिकी देशहरूको भलाइ हुने पुस्तकले सन्देश दिएको छ ।
‘चीन–भारत सिमानाको प्रश्नमा नेहरू दर्शनको पुनर्विश्लेषण’ र यस पुस्तकले सन् १९६२ को चीन–भारत सीमा विवादको पृष्ठभूमि, ऐतिहासिक घटनाक्रम र विवाद सल्टाउन चीनले गरेका अनवरत प्रयासहरूका विषयमा नयाँ पुस्तालाई शिक्षित बनाउनेमा दुईमत छैन ।
चीन–भारत सीमा प्रश्नबारे एसियाली र अफ्रिकी नेताहरूलाई पठाइएको यस चिठ्ठी नेपाली भाषाका पाठकहरूसम्म २०६५ कार्तिकमा पुग्यो । घटनाप्रधान र तथ्यपरक यस चिठ्ठीले ऐतिहासिक घटनाको मात्र जानकारी दिंदैन बरू भूगोलको वास्तविक ज्ञान पनि दिन्छ । पुस्तकमा दिइएका नक्साहरूले पुस्तकलाई अझ सजिव र जीवन्त तुल्याएको आभास पाठकहरूले जरूर गर्नेछन् । अत्यन्त जानकारीमूलक यस पुस्तकका प्रकाशक युवा साहित्य गोष्ठीप्रति साधुवाद । यस्तो ऐतिहासिक महत्व बोकेको पुस्तकका अनुवादक कुमार श्रेष्ठप्रति कृतज्ञता ज्ञापन नगरी बस्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *