भर्खरै :

“साम्राज्यवादविरोधी सङ्घर्षमा ओर्टेगा एक्लै छैन”

ला पाज, १३ नोभेम्बर । बोलिभियाका राष्ट्रपति ते मोरालेसले निकारागुआका राष्ट्रपति डानिएल ओर्टेगाको ७३ औं जन्म दिनको शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “साम्राज्यवादविरोधी सङ्घर्षमा तपाईं एक्लै हुनुहुन्न ।”
पछिल्ला केही महिनादेखि राजनीतिक रुपमा अस्थिर सामना गरिरहेको निकारागुआप्रति आफ्नो समर्थन व्यक्त गर्दै समाजवादी नेता मोरालेसले भन्नुभएको छ,“हाम्रा बन्धु डानियल ओर्टेगालाई उहाँको जन्म दिनको अवसरमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ र साम्राज्यवादविरोधी सङ्घर्षमा उहाँ एक्लै नभएको स्मरण गराउन चाहन्छु । निकारागुआको मुक्तिको कारण सान्डिनिस्टा क्रान्तिलाई चुनौती दिने कुनै पनि शक्तिविरुद्धको सङ्घर्षमा हामी उहाँसँगै हुनेछौँ ।”
ते र ओर्टेगाले एक्काइसौं शताब्दीको समाजवाद शीर्षकको झण्डामुनि राजनीतिक एकतालाई जारी राख्नुभएको छ । उनीहरूसँगै भेनेजुयला र क्युवा पनि सामेल छन् ।
मोरालेस निकारागुआमा सन् १९७९ मा भएका सान्डिनिस्टा विद्रोहका प्रशंसक हुनुहुन्छ । डानियल ओर्टेगाको नेतृत्वमा भएको सो क्रान्ति दबाउन संरा अमेरिकी गुप्तचर विभाग सीआईएले नक्कली कोन्ट्रा प्रतिक्रियावादी लडाकू बनाएका थिए । अन्ततः एनास्टासिओ सोमोजा नेतृत्वको संरा अमेरिकी सहयोग प्राप्त निर्मम सरकार खत्तम गरेर ओर्टेगा नेतृत्वको क्रान्तिकारी सरकार गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *