भर्खरै :

चीन–अफ्रिका सहकार्यको साँचो कथा

 यी फान  (Yi Fan)
बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहकार्यको तेस्रो सम्मेलनले दुई देशबीचको सम्बन्धलाई एउटा अत्यन्त महत्वपूर्ण मार्ग प्रदान ग¥यो । छ सय वर्ष पुरानो चीन–अफ्रिकाको बलियो र सौहार्दपूर्ण सम्बन्धले अब अभुतपूर्व यात्राको थालनी गरेको एक चिनियाँ विज्ञ चेङ हे (Zheng He) जिकिर गर्छन् ।
१९६० तिर निर्मित तान्जानिया र जाम्बिया (Tanzania and Zambia)  बीचको ताजारा रेलमार्ग (Tazara Railway) चीन र अफ्रिकाको सहकार्यबाट प्राप्त उपलब्धिको एउटा ऐतिहासिक स्मारकको रुपमा रहेकोे छ ।
चीन र अफ्रिकाको परम्परागत मित्रता कायम राख्न बेइजिङमा सम्पन्न १८ वर्ष अगाडि स्थापित फोकाक अर्थात् चीन अफ्रिका सहकार्य मञ्च (FOCAC) को सम्मेलनले थप ऊर्जा प्रदान ग¥यो । त्यस सम्मेलनले बितेका वर्षहरूको कामको समीक्षा गर्दै आउँदा दिनका योजनाहरूका विषयमा व्यापक र विस्तृत छलफल ग¥यो । भविष्यमा चीन–अफ्रिकाको सहकार्यबाट विविध क्षेत्रहरूमा उल्लेख्य उपलब्धि कसरी हासिल गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले महत्वका साथ छलफल ग¥यो । विशेषतः विकासका रणनीतिहरू निर्माणसँगै दुवै पक्षको अत्यधिक लाभ र बलियो तालमेल स्थापित गर्न महत्वपूर्ण अगुवाइ ग¥यो ।
विगत ९ वर्षदेखि अफ्रिकाको विशाल व्यापार साझेदार चीन नै रहँदै आएको छ । वितेका १८ वर्षमा चिनियाँ लगानी अफ्रिकामा १०० गुणाले बढेको तथ्याङ्क छ ।
सन् २०१३ बाट जब चीनले एक क्षेत्र एक मार्ग अगुवाइको बृहत्तर योजना अफ्रिकामा अघि सा¥यो तब चीन र अफ्रिकाबीचको सहकार्यले एउटा सशक्त उडान पायो र त्यो उडानले निरन्तर तीव्रगति पनि पाउँदै छ ।
पुँजी लगानी र औद्योगिक क्षमता अभिवृद्धिदेखि सामानको व्यापार, प्रविधि र परियोजनाहरूको साटासाट पनि नयाँ र परिमार्जित सिराबाट अघि बढिरहेको छ ।
चीन–अफ्रिकाको सहकार्य केही पृथक र निश्चित सिद्धान्तका आधारमा अघि बढिरहेको छ । ‘समानता र आपसी सहयोग’ पहिलो सिद्धान्तको रुपमा छ । ‘शोषण र लुट’ लाई बिल्कुल निषेध गरिएको छ । चेङ हे पूर्वी अफ्रिकामा चौथो भ्रमणको क्रममा जाँदा अफ्रिकी आयोजकहरूले केही उपहार प्रदान गरे र त्यहाँबाट उनले केही उँटहरू आफ्नो देश लगे ।
अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय विकासका मुद्दाहरूमा चीनले अफ्रिकालाई समान साझेदारको रुपमा लिन्छ । साथै दुवै देशको अभिरुचि एवम् प्रमुख चासोका विषयमा सहयोग र सम्मान गर्छ ।
दोस्रो सिद्धान्त भनेको चीन–अफ्रिकाको स्वार्थभन्दा पनि दुई पक्षबीचको आपसी सम्बन्ध प्रगाढ बनाउने पहल र योजनालाई प्राथमिकता दिनु हो ।
अफ्रिकासँग सहकार्यमा साझेदार हुँदै गर्दा चीनले ‘बढी दिने र कम लिने’ र लिनुभन्दा अगाडि आपूmले दिनुपर्छ अर्थात् कुनै स्वार्थ नराखी सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेको देखिन्छ । चीनले कहिल्यै पनि आपूmले गर्ने सहयोगहरूमा शर्तहरू राखेन, स्वार्थहरू पालेन । आपूmले गरेको आर्थिक अथवा प्राविधिक सहयोगलाई चीनले राजनीतिक नियन्त्रणको हतियार कहिल्यै बनाएन । जबकि केही पश्चिमा लगानीकर्ता देशहरू ठूलो फाइदा खोज्छन् र अति आवश्यक पूर्वाधारका परियोजनाहरूको निर्माण अवधि अनावश्यक ढङ्गले लम्ब्याउँछन् । अफ्रिकी देशहरूले सामना गरिरहेको आर्थिक खाडललाई पुर्ने कार्यमा चीनले अगुवाइ गरिरहेको छ ।
तेस्रो सिद्धान्त भनेको स्थिरता र दिगोपना हो । एउटा चिनियाँ भनाइ छ “अरुलाई केही माछा दिनुभन्दा माछा नै मार्न सिकाउनु अत्यन्त ठूलो सहयोग हो ।” धेरैजसो चीन–अफ्रिका परियोजनाहरू अफ्रिकी देशहरूले आप्mनो आवश्यकताका आधारमा र आर्थिक सम्भाव्यता अध्ययनका आधारमा प्र्रस्तावित परियोजनाहरू नै हुन् । तीमध्ये केहीले उत्कृष्ट नतिजा एवम् लाभ दिइरहेको देखिन्छ । उदाहरणका लागि मोम्बासा रेलमार्ग (Mombasa Railway) को संरचना निर्माण र सञ्चालनले केन्यामा मात्र करिब ४६ हजार रोजगारी सृजना भइरहेको छ । यसले त्यहाँको कुल गार्हस्थ उत्पादनमा १.५ प्रतिशतले योगदान गरिरहेको छ । बन्दोबस्तीको लागत १४ देखि ४० प्रतिशतसम्म घटेको तथ्याङ्क छ ।
चीन–अफ्रिका सहकार्य एकतर्फी मार्ग अवश्य होइन । चिनियाँ कम्पनीहरूले पनि अफ्रिकासँगको सहकार्यबाट लाभ लिइरहेकै छन् । विशेषतः चीनको खुलापनको नीतिअनुरुप विश्वमा आफुलाई फैलाउने रणनीति र बृहत् क्षेत्रमा आफ्नो बजारको पहुँच बढाई अघि बढ्ने कार्यनीतिअनुरुप चीन अघि बढिरहेको छ ।
सफलताका कथाहरूसँगै वितेका वर्षहरूमा चिनियाँ कम्पनीहरूले केही अप्ठ्याराहरू सामना गर्न परेका थिए । परियोजना सञ्चालन एवम् व्यवस्थापनमा समेत समस्या देखानपरेका होइनन् । तर ती सम्पूर्ण समस्या र अप्ठ्याराहरूको निदान दुई पक्षबीचको मित्रवत् र परामर्श एवम् छलफलबाट गरिएको थियो । यद्यपि पश्चिमा सञ्चारमाध्यमहरूले चीनको उद्देश्य अफ्रिकामा ऋणको भार थोपर्ने नै हो भन्दै चीनको प्रतिष्ठा र सहयोगी नीतिविरुद्ध हमला गर्न तथा अनावश्यक हल्ला फैलाउन बन्द गरेका छैन् ।
अफ्रिकाको ऋणभार समस्याको इतिहास निकै लामो र पुरानो हो । पश्चिमा देशहरूले अफ्रिकालाई ऋणको खाडलमा जाक्न भूमिका खेले । त्यसकारण उक्त ऋणभारको जिम्मेवारी पश्चिमा देशहरूले लिन आवश्यक छ । चीनले अहिले गरिरहेको एउटा महत्वपूर्ण काम भनेको अफ्रिकी देशहरूको ऋण निर्भरता र भार कम गर्नु र अफ्रिकी देशहरूलाई माथि उठ्न सहज वातावरण दिनु हो । चीन असल ऋणकर्ताको भूमिका निर्वाह गर्न प्रतिबद्ध देखिन्छ । साथै हाल अफ्रिकाले चीनसँग लिने ऋणमाथि अफ्रिका स्वयम्को नियन्त्रण छ ।
यसरी अफ्रिकाले तीव्र विकासबाट मात्रै आफ्नो ऋण निर्भरताको इतिहास मेट्न सफल हुने आशा गर्न सकिन्छ र यसको लागि चीनसँग अफ्रिकाको सहकार्य सहयोगी सिद्ध हुने विश्वास गरिएको छ ।
उपलब्ध तथ्याङ्कको विश्लेषणअनुसार हाल सञ्चालित मोम्बासा–नाइरोबी(Mombasa Nairobi) रेलमार्गको कुल क्षमताको ४० प्रतिशत नाफा उत्पादन भइरहेको छ । चीनलगायत अफ्रिकी र अन्तर्राष्ट्रिय वित्तीय सङ्घसंस्थाबाट प्राप्त वित्तीय सहयोग सोही नाफाबाट तिर्न सकिने अनुमान पनि गरिएको छ ।
चीनले थप सृजनात्मक एवम् रचनात्मक वित्तीय विकल्पहरू अफ्रिकाको लागि तयार गरिरहेको देखिन्छ । अफ्रिकाको अहिलेको स्थितिअनुसार सार्वजनिक निजी साझेदारी कार्यक्रम हितकर हुने चीनको विश्लेषण हो । उदाहरणका लागि सन् २००८ मा स्थापित ‘चीन इजिप्ट टेडा सुइज आर्थिक र व्यापार सहकार्य क्षेत्र’ (China Egypt Teda Suez Economic and Trade Cooperation Zone) बाट अफ्रिकाले सिक्न सक्छ ।
यसरी चीन–इजिप्ट र चीन–अफ्रिकाबीचको साझा वित्तीय आदानप्रदान सहकार्य र समझदारीबाट क्षेत्रीय एवम् स्थानीय अर्थतन्त्रमै महत्वपूर्ण योगदान भइरहेको प्रति विश्व जगत नै आभारी छ । यसमा चिनियाँ, इजिप्टेली वित्तीय कम्पनीहरूसँगै चीन अफ्रिका विकास कोष विशेषरुपमा धन्यवादका पात्र हुन् ।
चीन अफ्रिकाबीचको लामो सहकार्यको उत्कृष्ट निर्णायक एवम् विश्लेषक अफ्रिकी जनता स्वयम हुन् । सन् २०१६ को सर्वेक्षणअनुसार ३६ अफ्रिकी देशका करिब ६३ प्रतिशत जनसङ्ख्या चीन र अफ्रिकाबीचको आर्थिक र वित्तीय सहकार्यबाट लाभान्वित रहेको तथ्याङ्क छ । अधिकांश जनताले चीनसँगको सहकार्यबाट जनजीवन सहज एवम् राम्रो बनाउने अवसर पाएको तथ्य पनि छ ।
फोकाक (FOCAC) सम्मेलनमा चीन–अफ्रिकाले आउँदा दिनमा पनि आफ्नो विशाल आपसी सम्बन्ध कायम राख्न इमानदारीपूर्वक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । चीन–अफ्रिकाबीचको सम्बन्ध र साझा भविष्यको निम्ति यो सम्मेलन इतिहासकै महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेमा कुनै शङ्का छैन ।
अनुवाद– हौसला
(लेखक यी फान अन्तर्राष्ट्रिय अध्ययनका विशेषज्ञ हुन् ।)
China Daily, August 31, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *