भर्खरै :

ऐनविपरीत भारतीय व्यापारीलाई कर छुट किन ?

राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा भारतीय व्यवसायीहरूले मेला–महोत्सवका नाममा व्यापारिक प्रदर्शनी गर्ने र करछली गर्ने गरेको समाचार आएका छन् ।
सोही क्रममा यही नोभेम्बर २२ तारिख अर्थात मंसिर ६ गतेदेखि भक्तपुरको सल्लाघारीमा हुने एक्स्पोका निम्ति पनि भारतीय कम्पनीहरूलाई ठूलो मात्रामा कर छुट दिइएको समाचार छ । एक्स्पोमा एक्स्काभेटर, लोडर, डोजरलगायत हेभी इक्विपमेन्टको प्रदर्शनी तथा बिक्री समेत हुने तर सो रकम कर तिर्न नपर्ने गरी भारत पुग्ने बताइएको छ । त्यसरी भारतीय व्यापारीहरूलाई कुर छुट दिई देशैभर एक्स्पो गर्न र बिक्री वितरण गर्न लगाउँदा नेपाली व्यापारीहरूको औचित्य सकिने र भारतको उपनिवेश हुन जाने विज्ञहरूको भनाइ छ । त्यही काम नेपाली डिलरहरूले राज्यलाई कर तिरेर राम्ररी गरिरहेकै अवस्थामा भारतीय व्यवसायी र व्यापारीहरूलाई कर छुट दिएर व्यापार गर्न दिने सरकारको निर्णय कुन राष्ट्रवाद वा कस्तो देशभक्ति हो ? भनी सचेत जनता प्रश्न गरिरहेका छन् । यस्ता निर्णयले सरकार नेपाली जनताको जनादेशले हो कि अरू कसैको आदेशले चलिरहेको छ ? प्रश्न उठाउन बाध्य भइएको छ ।
– सुविज्ञा थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *