भर्खरै :

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

काठमाडौँ, ३० कात्तिक  ः तेस्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली आज दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ ।
मङ्सिर २ देखि १० गतेसम्म हुने प्रतियोगितामा छ पुरुष तथा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष खेलाडीमा युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, वृजेश पाण्डे, शुभम् खनाल र योगेशकुमार भण्डारी रहेका छन् । महिलामा श्रेया राई, भावना पनेरु, अभिलाषा लामिछाने र आभना कार्की छन् ।
अफिसियलमा नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष विनयविक्रम शाह, पूर्वाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मुकेश श्रीवास्तव र अरुणप्रकाश सिंह तथा प्रशिक्षकमा अभिषेक कार्की र राजकुमार थापा छन् । अन्तर्राष्ट्रिय रेफ्री विकाससिंह ठकुरी तथा राष्ट्रिय रेफ्री सन्तोष कर्माचार्य पनि टोलीसँगै छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *