भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरको विभिन्न स्थानमा रहेको भेटेनरी औषधि पसलहरूमा शुक्रबार अनुगमन भयो ।
अनुगमनको क्रममा टोलीले कुनै पनि पसलहरू दर्ता नभएको, सीसी क्यामराको जिल्ला प्रशासनमा स्वीकृति नलिएको र म्याद नाघेका औषधिहरू पाइएकोले यथाशीघ्र पसल दर्ता गर्नुको साथै म्याद नाघेका औषधिहरू छुट्याएर राख्न सुझाव दियो ।
अनुगमनमा भनपा, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर र पशु सेवा कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।