भर्खरै :

रामशेखरको ‘धिन्ताल्ल’ पुनः प्रकाशन

भक्तपुर, १ मंसिर । नेपालभाषाका लेखक तथा कलाकार रामशेखर नकर्मीले लेख्नुभएका हाँस्यव्यङ्गको सङ्ग्रह ‘धिन्ताल्ल’ को नयाँ संस्करण शनिबार एक कार्यक्रमबीच कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
कलाकार तथा लेखक नकर्मीको सम्झनामा गठित रामशेखर लुमन्ती दबुको आयोजनामा भएको कार्यक्रममा कुतः पिकाकले आफ्नो २४१ औं प्रकाशनको रूपमा प्रकाशित ‘धिन्ताल्ल’ पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा लुमन्ती दबुका संयोजक गोविन्दमान श्रेष्ठले रामशेखर नकर्मीका कृतित्वको संरक्षण तथा विस्तारको लक्ष्यका साथ गठित रामशेखर लुमन्ती दबुबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा कुतः पिकाकका विमल ताम्राकार, विराट साहित्य गुठीका अध्यक्ष कृष्णभक्त बोडे, सिद्धिदास स्मृति प्रतिष्ठानका नरेन्द्रभक्त हाडा, वरिष्ठ कलाकार आशाकाजी थकु, राजेन्द्रमान शाक्य, प्रदीप शाक्य, प्रकाश सुवाललगायतले रामशेखर नकर्मीको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *