भर्खरै :

पुस्तकालयको बजेट कटौती बाहिरको किताब पढ्न नपाइने

नयाँदिल्ली, १९ नोभेम्बर । भारतमा मोदी सरकार गठन यता समाचारमा लगातार आइरहने एउटा नाम बनेको छ–जवाहरलाल नेहरू विश्वविद्यालय अर्थात् जेएनयू । विशेषतः भारतको परराष्ट्र मामिलाको थिङ्क ट्याङ्क तयार गर्ने विश्वविद्यालयको रुपमा चिनिएको जेएनयू मोदीको हिन्दूवादी सरकार गठन भएयता लगातार सरकारी नीतिको प्रतिरोधको केन्द्रको रुपमा नाम आइरहने गरेको छ । अफजल गुरूको स्मृति कार्यक्रम गरेको भन्दै जेएनयूका विद्यार्थी नेताहरूमाथि गरेको दमनदेखि त्यहाँको प्रशासनविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनका कारण विश्वविद्यालय लगातार चर्चामा रहिरह्यो ।
हालै जेएनयू प्रशासनले अर्को एउटा त्यस्तो निर्णय गरेको छ, जसले त्यसलाई फेरि चर्चामा पु¥याएको छ । भारतका विख्यात विद्वान बीआर अम्बेडकरको नाममा स्थापित केन्द्रीय पुस्तकालयको बजेट ठूलो आकारमा कटौती गरेपछि भारतका विद्यार्थीबीच व्यापक चर्चाको विषय बनेको छ ।
प्राप्त जानकारीअनुसार केन्द्रीय पुस्तकालयको लागि विगतमा वार्षिक रुपमा ८ करोड भारु बजेट विनियोजन हुँदै आएकोमा घटाएर १ करोड ७० लाख भारुमा झारेको छ ।
“विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयलाई दिंइदै आएको बजेट कटौती गरेकोले त्यसो गर्नुपरेको हामीलाई बतायो । तर विश्वविद्यालयका उपकुलपति डा.एम जगदिश कुमार आफैं अनुदान आयोगका सदस्य हुन् । उनलाई के कारणले विश्वविद्यालयको बजेट निकासा गर्न रोक्यो ?”, जेएनयूको स्ववियुमा हालै निर्वाचित सभापति एम साइ बालाजीले सोधे ।
विश्वविद्यालय जारी गरेको नयाँ सूचनाअनुसार उपरान्त पुस्तकालभन्दा बाहिरका कुनै पनि पुस्तक लिएर त्यहाँको अध्ययन कक्षमा जान पाउनेछैन ।
विद्यार्थी सभापतिले भने, “विद्यार्थीका लागि नयाँ पुस्तक किन्न उनीहरूसँग पैसा छैन रे । त्यसो भए सद्गुरू श्रीश्री रविशङ्करलाई विश्वविद्यालयमा बोलाउन र नयाँ नयाँ कार किन्न कहाँबाट पैसा आयो ?”,
पुस्तकालयमा गएर अन्य पुस्तक पढ्न नपाउने नयाँ नियमप्रति विद्यार्थी युनियनले विरोध जनाएको छ । “पुस्तकालयमा गएर पढ्न नपाउने भए कहाँ गएर पढ्ने हो र ?”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *