पाब्लो विवान्को (Pablo Vivanco)
दुई दशकपछि एक पूर्वसैनिक अधिकारीले ल्याटिन अमेरिकाको प्रगतिशील गुलाबी लहरमा भाँजो हालेका छन् । तर त्यो रातो क्रान्तिका लागि उत्प्रेरक (Catalyst) हुनसक्छ ।
नवउदारवादी नीतिविरूद्धको जनअसन्तोषको लहरमाथि चढेर नै डिसेम्बर १९९८ मा ह्युगो चाभेज भेनेजुयलाको राष्ट्रपति बनेका थिए । चाभेजको बोलिभारियाली क्रान्ति त्यस क्षेत्रका वामपन्थी आन्दोलनहरूमध्ये सरकारमा पुगेको पहिलो आन्दोलन थियो । तिनीहरूमध्ये केहीले २१ औं शताब्दीको समाजवाद लागू गर्ने सोचेका थिए ।
विलासिताका वस्तुमा उच्च दरको कर र अन्य राजश्व बढाउने नीतिहरूका कारण ती गुलाबी लहरहरूले सरकारको सामाजिक कार्यक्रम र रणनीतिक लगानीका लागि ख्याती कमाए । ती लहरले करोडौँ मानिसहरूलाई गरिबीबाट माथि उकासे र ल्याटिन अमेरिकामा व्याप्त असमानता केही हदसम्म अन्त्य गरे । दुई दशकपछि उक्त लहरलाई रोक्ने र मोड्ने घटना भएका छन् ।
अर्जेन्टिना, चिली र कोलम्बियामा दक्षिणपन्थी उम्मेदवारहरूलाई निर्वाचित गर्ने क्रममै अप्रभावित ब्राजिलियालीहरूले कट्टर दक्षिणपन्थी जायर बोल्सोनारोलाई यस क्षेत्रकै सबभन्दा ठूलो देश (ब्राजिल) हाँक्ने जनादेश दिएका छन् ।
ती ६३ वर्षीय पूर्व सैनिक अधिकारी
(बोल्सोनारो) ले आफ्नो राजनीतिक जीवनको अधिकांश समय अतिवादलाई बलियो बनाउन लगाएका छन् र देशमा व्याप्त भ्रष्टाचारविरूद्धको जनआक्रोशलाई ज्यावल बनाएर सत्तामा पुगेका छन् ।
बोल्सोनारोले जनताको त्यो निराशालाई पक्रे, त्यसलाई देशको वामपन्थी आन्दोलितविरूद्ध मोडे र त्यस दक्षिण अमेरिकी राष्ट्रमा ‘लाल आतङ्क’ लाई समाप्त गर्ने वाचा गरे ।
उनको धम्की जेलमा वा निर्वासनमा रहेका वामपन्थीहरू र मजदुर पार्टीविरूद्ध थियो तापनि मजदुर पार्टी ब्राजिलको संसद्को सबभन्दा ठूलो पार्टीको रूपमा रहेको छ ।
बोल्सोनारोको नीतिहरू जटिल र कठिनाइयुक्त छ तर यस्ता राजनीतिक प्राणीको अस्तित्व हुनु कुनै अचम्मको विषय भने होइन ।
ब्राजिलका यी नयाँ शासकले जबरजस्त साम्यवादविरोधी लहर सिर्जना गर्न खोज्दैछन् । ल्याटिन अमेरिकी देशमा एक शताब्दीभन्दा अघिदेखि व्याप्त रूढीवादी राजनीतिको मूल वा प्रवृत्ति व्याप्त रहेको छ । यस राजनीतिक प्रवृत्तिसित वामपन्थी आन्दोलनहरूविरूद्ध अतिदक्षिणपन्थी हिंसाको रक्तरञ्जित लामो इतिहास जोडिएको छ र जबजब यी शासकहरूको स्वार्थ र स्थानमाथि खतरा उत्पन्न हुन्छ तब त्यस्ता विभिन्न घटना सिर्जना गर्न पनि ढिला गरिँदैन ।
ब्राजिलको यो राजनीतिक घटनाक्रम आफै विकास भएको होइन बरू यस क्षेत्रमा भइरहेका र हुने राजनीतिक हिंसाका लागि नियोजितरूपमा आधार तयार गरिरहेको अवस्था हो ।
हिंसा र उत्तराधिकार
स्पेनिश राजतन्त्रलाई पराजित गरी स्वाधीनता आन्दोलन सफलतामा पु¥याएसँगै यो महादेश गणतन्त्रबहुल पहिलो महादेश बन्यो तर ल्याटिन अमेरिकी र क्यारिबियाली देशहरूको विकासको कदम ढिलो छ ।
जमिनको स्वामित्व, उत्पादन र धनको बढी केन्द्रीकरणले यस क्षेत्रलाई यो ग्रहकै सबैभन्दा असमानता व्याप्त क्षेत्र बनाएको थियो । कृषि उत्पादन र कच्चा पदार्थको निर्यातले यस क्षेत्रको राष्ट्रिय पुनर्लगानीको दरलाई स्थिर राख्दै शासकलाई राहत पुगिरहेको थियो । यो स्थिति दुर्घटनाजन्य परिणति होइन । कट्टरता यस क्षेत्रकै शासक वर्गको विशेषता भएको छ, विशेषगरी, ठूला जमिनदार र निर्यातकर्ताहरूका ।
शीतयुद्धभन्दा अगाडि नै पनि वामपन्थी आन्दोलनहरूविरूद्ध यहाँ कयौं फोहोरी खेलहरूसहितका यातना नीति लागू गरिएका थिए । यहाँका शासक वर्गले आफ्ना संरा अमेरिकी मित्र शासकहरूको साथ र समर्थनबाट आफ्नो धनसम्पत्ति र राजनीतिक एकाधिकारको विरूद्धमा उठेका जनतालाई हिंसाको माध्यमले दबाएका थिए ।
पुँजीवादी संरचनाभित्रै बसेर देशलाई आधुनिकीकरण वा विकास गर्ने कदमलाई पनि राजनीतिक र आर्थिक शासक वर्गले आफ्नो शासनका लागि ठूलो खतरा वा धम्कीका रूपमा लिएको छ । इक्वेडरका इलोय अल्फारो होस् वा कोलम्बियाका जर्ज इलिसर गैटान होस्, जुन जुन नेताले देश र जनताको लागि लगानी गर्नुपर्नेमा जोड दिए, तिनीहरूले नराम्रो परिणाम भोग्नुप¥यो ।
चिलीमा सन् १९०७ को सान्ता मारिया स्कूल नरसंहार र कोलम्बियामा सन् १९२८ को बनाना नरसंहार क्रान्तिकारी विचार बोक्ने र एकताबद्ध हुन खोज्नेमाथि राज्यबाटै दमन हुने तथ्यको उदाहरण थिए । तिनले अझ सशक्त लडाकू मजदुर सङ्गठनहरू, समाजवादी र कम्युनिष्ट पार्टीहरूको गठन एवम् गुरिल्ला (छापामार) आन्दोलनहरूलाई समेत जन्म दिए ।
आन्दोलनका ती लहरले मेक्सिकोमा सन् १९१०, बोलिभयामा सन् १९५२, क्युवामा सन् १९५९ र निकारागुआमा सन् १९७९ मा सफलतापूर्वक क्रान्ति भए । साथसाथै ल्याटिन अमेरिका र क्यारिबियाका कयौं देशहरूमा लोकप्रिय वामपन्थी सरकारहरू बने ।
यस क्षेत्रका देशमा गरिबी र असमानताविरूद्ध उठेका हरेक जनविद्रोहहरूले हिंसात्मक दमन मात्र होइन, हत्या, आम नरसंहार, सैनिक सत्ता विद्रोह
(कू) र जातीय सफायासमेत व्यहोर्नुप¥यो ।
निकारागुआका तानाशाह समोजा र चिलीका तानाशाह पिनोचेजस्तै अरू पनि धेरै मानिसहरू र दक्षिणपन्थी समूहहरू छन्, जसले इतिहास र यस क्षेत्रको माटोमा आफ्नो रक्तमुच्छेल छाप छोडेका छन् । तिनीहरू प्रत्येकको पृष्ठभूमि समान थियो र तिनीहरू सबैका समान मित्र (संरा अमेरिकी शासक वर्ग) र शत्रु वामपन्थीहरू थिए ।
ती दक्षिणपन्थी हत्यारा समूहहरूको शक्ति सन् १९७० र १९८० को दशकमा उत्कर्षमा पुगेको थियो । जतिबेला संरा अमेरिकी साथ पाएका शासकहरूले मध्य र दक्षिण अमेरिकामा नरसंहार मच्चाएका थिए ।
शीतयुद्धको अन्त्य र नागरिक शासनहरूको पुनर्बहालीपछि पनि अमेरिकाका राजनीतिक दक्षिणपन्थीहरूमाझ कम्युनिष्टविरोधी परम्परा कायमै छ र अहिले झन् चर्कोरूपमा उठेको छ ।
चिलीका वर्तमान राष्ट्रपति सेवास्टियन पिनेराले जुन गठबन्धनको प्रतिनिधित्व गर्छन्, उक्त गठबन्धनको मुख्य घटक भनेको पिनोचेपन्थी सङ्गठन–इन्डेपेन्डेन्ट डेमोक्र्याटिक युनियन हो । त्यतिमात्र होइन, अर्को अति दक्षिणपन्थी समूहले पनि झण्डै ८ प्रतिशत मत प्राप्त ग¥यो र उक्त निर्वाचनबाट समाजवाद र कम्युनिष्टविरोधी पिनेरालाई राष्ट्रपति भवन ला मोनेडामा फर्कायो । यस वर्ष (२०१८) को सुरूतिरै एल–साल्भाडोरमा भएको निर्वाचनबाट कम्युनिष्टविरोधी गठबन्धन–रिपब्लिक नेशनल एलाइन्स संसद्को सबभन्दा ठूलो पार्टी बन्यो ।
कोलम्बियाको राजनीतिक घटनाक्रममा राष्ट्रपतीय निर्वाचनमार्फत युरिबपन्थीहरूले राष्ट्रपति पदमा पुनर्कब्जामात्र गरेनन् बरू दक्षिणपन्थी अर्धसैनिक समूहहरू सामाजिक आन्दोलनका नेताहरू र वामपन्थी कार्यकर्ताहरूको हत्यामा उत्तिकै सक्रिय छन् । सन् २०१६ मा सरकारले फाराबुण्डो राष्ट्रिय मुक्ति मोर्चा–फार्क (FARC) सित शान्ति सम्झौतामा हस्ताक्षर गरेदेखि त्यसको विरोधमा सक्रिय छन् ।
मध्य अमेरिकामा पनि वामपन्थीहरूविरूद्ध दक्षिणपन्थी हिंसा व्याप्त छ । त्यसको परिणामस्वरूप हिंसा र गरिबीले आजित मानिसहरू त्यहाँबाट भाग्ने प्रवृत्ति व्याप्त भएको छ । सन् २००९ मा निर्वाचित वामपन्थी राष्ट्रपति म्यानुयल जेलायालाई अपदस्थ गर्न सत्ता विद्रोह भएदेखि हत्या हिंसाको क्रम वृद्धि भएको हो । जेलाया नेतृत्वको मुक्ति (LIBRE Party) पार्टीलाई सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी पराजित गरेको थियो ।
यस क्षेत्रको अति दक्षिणपन्थीहरूको पुनरोदयलाई धेरै तत्वले मद्दत पु¥याएको थियो । त्यसमा सरकारमा पुगेका मध्यपन्थी र वामपन्थी नेताहरूको भ्रष्टाचार काण्ड र शेयर बजारको मूल्य गिरावट र गिर्दो अर्थतन्त्र पनि थिए । दक्षिणपन्थीहरू सत्तामा फर्कन सक्नुमा दक्षिणपन्थीहरूले फैलाएको ‘देवताविहीनता र केटाकेटी खाने साम्यवाद’ को पुनरोदयको खतराको दुष्प्रचार नै मुख्य थियो । यसपटक तिनीहरूले भेनेजुयलालाई समाजवादको नकारात्मक उदाहरणका रूपमा अगाडि राखे ।
भेनेजुयाली ‘साम्यवाद’ को भूत
एक्काइसौं शताब्दीको सुरूआतमा जुन – जुन देशमा वामपन्थी सरकार उदाए ती देशहरू कमजोर र परनिर्भर अर्थतन्त्र भएका देश थिए र तिनीहरूका निर्वाचक (जनता) हरूले ती सरकारहरूलाई ऐतिहासिक सामाजिक दायित्व पूरा गर्न निर्देशन दिएर पठाएका थिए ।
ती कुनै पनि सरकार ‘समाजवाद’ वा त्यस्तै कुनै व्यवस्था लागू गर्न निर्वाचित भएका थिएनन् । बरू तिनीहरूमा सन् १९८० र १९९० को दशकमा आआफ्नो देशमा लागू भएका नवउदारवादी नीतिका विध्वंस र सम्हाल्नै नसकिने गरिबीविरूद्धको भावना व्यापक थियो ।
गरिबी निवारण र असमानता हटाउने राज्यको लक्ष्य पूरा गर्न आवश्यक कोषको व्यवस्था प्राकृतिक स्रोतहरूको बढी दोहन र कर उठाउने संयन्त्रमा सुधार गरेर जुटाइए ।
पेट्रोलियन पदार्थ र अन्य विलासिताको सामग्रीमा लगाइएका करबाट उठेको रकम सिधै सार्वजनिक हितका कार्यक्रम र पूर्वाधार विकासमा लगाइए ।
उच्च आर्थिक वृद्धिदर र सामाजिक विकासमा सकारात्मक प्रभावका कारण सरकारका ती नीतिहरूको लोकप्रियता उच्च रह्यो तर, परम्परागत शासक वर्ग र निजी क्षेत्रहरूको प्रतिरोध स–सानो सफलतासँगै सुरू भयो ।
कथित ‘एक्काइसौं शताब्दीको समाजवाद’ को नमुनामा, जहाँ उत्पादनका साधनहरू निजी क्षेत्रकै हातमा छाडिएका छन्, सन् २०१४ मा उपभोग्य वस्तुको मूल्यमा उच्चवृद्धि र कृत्रिम अभाव सँगै सुरू भयो । भेनेजुयलामा कच्चा तेलको मूल्यमा अप्रत्याशित गिरावटसँगै त्यस क्षेत्रका सबै अर्थतन्त्रहरूलाई प्रभावित पारेको मन्दीले भेनेजुयलालाई पनि प्रभावित तुल्यायो । तर भेनेजुयलामाथि जति कठोर प्रहार अरू देशको अर्थतन्त्रमाथि परेन ।
कच्चा तेलको निर्यातमा आधारित अर्थतन्त्र भएको देशलाई कच्चा तेलको मूल्यमा गिरावट एक प्रकारको आर्थिक नाकाबन्दीजत्तिकै सावित भयो, जुन अमेरिकी साम्राज्यवादले सोचीसम्झी भेनेजुयलाविरूद्ध गरेको कुनै षड्यन्त्र थियो । त्यस आर्थिक सड्ढटले भेनेजुयलाको आन्तरिक राजनीतिमा प्रत्यक्ष प्रभाव पा¥यो । अरू परिणतिसँगसँगै त्यस देशबाट ल्याटिन अमेरिकाका अरू देशहरूमा बसाइसराइ उल्लेख्यरूपमा वृद्धि ग¥यो ।
यसैलाई पश्चिमा सञ्चारमाध्यम, साम्राज्यवादीहरू र दक्षिणपन्थीहरूले समाजवादको असफलताको रूपमा चित्रण गरे । त्यसैगरी ब्राजिलमा भ्रष्टाचारका मुद्दाहरूलाई वामपन्थीहरूका काण्डका रूपमा प्रचार गरिए । विगतका वर्षहरूमा जसरी सैनिक शासनको त्रास देखाउने गरिन्थ्यो, अति दक्षिणपन्थी र दक्षिणपन्थीहरूले सोझासिधा जनतालाई भेनेजुयलाको असफलताको कथा बुनेर भेनेजुयलाकरणको त्रास देखाए । धेरै हदसम्म तिनीहरू सफल पनि भए ।
कोलम्बियामा दक्षिणपन्थी तन डुकविरूद्ध निर्वाचनको मैदानमा उत्रेका वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रोले निरन्तररूपमा भेनेजुयलासित आफ्नो लेनदेनको सम्बन्ध नभएको स्पष्टीकरण नै दिनुप¥यो । चिलीमा दक्षिणपन्थी राजनीतिज्ञहरूले मध्य–वामपन्थी उम्मेदवार अलेज्यान्द्रो गुइलरविरूद्ध ‘चिलेजुयला’ (Chilezula) बनाउनेछन् भन्दै खेदो खने ।
ब्राजिलका बोल्सोनारोले धेरै अघिदेखि नै संरा अमेरिका समर्थित व्यापार र विदेश नीतिमा जाने सड्ढेत दिइसकेका छन् । ब्राजिल र कोलम्बियाले भेनेजुयलामाथि आक्रमण गर्ने सम्भावनाबारे पनि सञ्चारमाध्यममा चर्चा व्याप्त छ । आफ्नो देशभित्रका वामपन्थीहरूविरूद्ध सेना प्रयोग गर्ने वाचा गरेकाहरूले बाहिरका विरूद्ध पनि नगर्लान् भन्न सकिन्न ।
बोल्सोनारोले ब्राजिलको ब्रिक्ससित बनेको सम्बन्धलाई बेवास्ता गर्दै चीनलगायत ब्रिक्स राष्ट्रसित सम्बन्ध तोड्ने प्रतिबद्धता जनाएका छन् । चीनले ब्राजिलको पूर्वाधार निर्माण र स्रोतसाधन उपभोगमा ल्याउनका लागि सयौँ अर्ब सहायताको प्रतिबद्धता जनाएको छ ।
यसबाट ल्याटिन अमेरिकाबाट चीनलाई निकाल्ने नै संरा अमेरिकाको अप्रकाशित भू–रणनीतिक लक्ष्य भएको स्पष्ट हुन्छ । तसर्थ बोल्सोनारोको जीतमा अमेरिकी राष्ट्रपति ट्रम्पले खुशीयाली मनाउनु र ब्राजिलका व्यापारीहरूले ¥याली गर्नु कुनै अनौठो नै होइन ।
पुँजीवादी राजनैतिक वृत्त र पण्डितहरू ल्याटिन अमेरिकामा ‘प्रगतिशील युग’ अन्त्यबारे विश्लेषण गर्न र परिचर्चा गर्नमा व्यस्त छन् । ल्याटिन अमेरिकाको वामपन्थी आन्दोलन अर्कै विशेषतामा विकास हुनसक्छ र यसको विकासका लागि विभिन्न कार्यनीति अपनाउन सक्छ । यद्यपि, पहिलेका अति दक्षिणपन्थी शासनहरूभन्दा भिन्नै बोल्सोनारो सैनिक बलले लादेका नभई लोकप्रिय मतबाटै आएका हुन् ।
वामपन्थीहरूका सामु रहेको चुनौती भनेको आफ्नो आधार फिर्ता लिन मेहनत गर्नु हो । त्यो मेहनत बोल्सोनारो र उनको गुटले आफ्नो मुठ्ठी कसिलो नपार्दै गर्नुपर्छ । यसले नै वर्तमान युगको भविष्य निर्धारण गर्नेछ । होइन भने ल्याटिन अमेरिकाले हिंसाको आँधीको पुनरागमनलाई रोक्न सक्नेछैन ।
(लेखक पाब्लो विवान्को टेलिसुर इङ्गलिसका पूर्वनिर्देशक हुन् र उनले भू–राजनीति, अर्थशास्त्र र ल्याटिन अमेरिकी मामिलामा विशेषज्ञता हासिल गरेका छन् ।)
-Brazil’s Bolsonaro and Born again Anti-communism in Latin America_
– www.telesurEnglish.net
प्रस्तुति ः प्रकाश