भर्खरै :

“अर्को विश्व आवश्यक र सम्भव छ”

व्युनर्स आयर्स, २२ नोभेम्बर । ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला दा सिल्भाले ल्याटिन अमेरिकी सामाजिक विज्ञान परिषद् (क्लास्को) को आठौं सम्मेलनमा जेलबाटै शुभकामना सन्देश पठाएका छन् । आफ्नो पत्रमा उनले ‘अर्को विश्व आवश्यक र सम्भव भएको’ बताएका छन् ।
पत्रमा लुलाले भनेका छन्,“यतिबेला ल्याटिन अमेरिका र सिङ्गो विश्वले प्रतिगमन अनुभव गरिरहेको छ । आजभोलि ‘झुटा समाचार’ भनिएको झुटको, राजनीतिक हिंसा, न्यायिक अपराधको समय ल्याटिन अमेरिका र संसारले भोगिरहेको छ ।…तर अर्को विश्व सम्भव र आवश्यक छ ।”
विगत सात महिनादेखि भ्रष्टाचारको आरोपमा कारागार जीवन बिताइरहेका ब्राजिलको वर्कर्स पार्टीका नेता लुलाले सम्मेलनमा सहभागी सबैलाई आफूप्रतिको ऐक्यबद्धताको निम्ति आभार व्यक्त गर्दै सम्मेलनमा सहभागी बन्न नसक्दा दुःख व्यक्त लगाएको बताए । सम्मेलनमा ५० भन्दा बढी देशका ५० हजार वैज्ञानिकहरू सहभागी छन् ।
क्लासिको सम्मेलन नामले चर्चित महाभेला अर्जेन्टिनामा भएको हो । सम्मेलनमा सहभागी राजनीतिज्ञ, बुद्धिजीवी, अभियन्ता र विद्यार्थीहरूबीच विश्वको भूराजनीति, जलवायु परिवर्तन, वातावरणीय शासन र अरु जनजीवनसँग सरोकार राख्ने विषयमा छलफल भएको थियो ।
क्लासिको सम्मेलनलाई आलोचनात्मक चिन्तनको लागि उपयुक्त मञ्च तथा उत्तम विश्वको लागि लड्ने नवउदारवाद र पुँजीवादविरुद्धको साझा थलो मानिने गरेको छ ।
सन् १९६७ मा स्थापना भएको सो अन्तर्राष्ट्रिय सङ्गठनअन्तर्गत ४७ देशमा ६२४ मा अनुसन्धान केन्द्रहरू छन् ।
सम्मेलनमा अर्जेन्टिनाका पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेज, ब्राजिलका पूर्वराष्ट्रपति डिल्मा रुसेफ, कोलोम्बियाका पूर्व राष्ट्रपति अर्नेस्टो साम्पर, बोलिभियाका उपराष्ट्रपति अल्भारो गार्सिया लिनिरा र नोबेल पुरस्कार विजेता अडल्फो पेरेज इक्विभललगायतको सहभागिता रहेको आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *