भर्खरै :

ओलिभर क्रामवेल

एण्डी बुक्स
बेलायती क्रान्तिका नेता ओलिभर क्रामवेलको मृत्यु ३ सेप्टेम्बर १६५८ मा भयो । क्रामवेल बेलायती गृहयुद्ध कालमा हन्टिङ्गडन
(Huntingdon) का सांसद र संसदीय नेता थिए । सन् १६४२ मा सुरु भएको बेलायती गृहयुद्धका क्रममा राजा चाल्र्स स्टुआर्ट
(Charles Stuart) लाई मुद्दा चलाइयो र राजालाई मृत्युदण्डपछि १६४९ मा अन्त भयो र राजतन्त्र उन्मूलन गरियो । त्यसपछि बेलायतमा गणतन्त्रको स्थापना वा कमनवेल्थ (Common Wealth) घोषणा गरियो ।
लडाइँले बेलायत, वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा डरलाग्दो धनजनको क्षति ग¥यो । सर्वसाधारण नागरिकहरूसहित झण्डै ८,७०,००० अर्थात् युद्ध हुनुअघिको जनसङ्ख्याको ११.६५ मानिसको मृत्यु भयो । भौतिक क्षति असाध्यै धेरै भयो, विशेषगरी आयरल्याण्डमा बढी क्षति भयो । सन् १६५३ मा ओलिभर क्रामवेल राज्य प्रमुख र प्रमुखसंरक्षक (Lord Protector) बने । स्कटल्याण्डलाई बेलायती गणतन्त्र वा कमनवेल्थको नियन्त्रणमा ल्याइयो । राजावादीहरूले प्रतिक्रान्ति गर्ने चेष्टा गरे । १६५१ मा वर्सेस्टर
(Worcestor) युद्धमा राजावादी प्रतिक्रान्तिकारीहरू पराजित भए ।
प्रजातान्त्रिक आन्दोलनको जन्म समानतावादीहरू (levellers) को नयाँ आदर्श सेना (New model Army) बाट भएको थियो । समानतावादीहरूको सेनालाई क्रामवेलका समर्थकहरूले दबाए र तिनीहरूका सैनिक टुकडीहरू आयरल्याण्डमा पुनःविजय प्राप्तिका लागि पठाइयो । आयरल्याण्ड निर्ममतापूर्वक कब्जा गरियो । आज पनि आयरी जनता तिनीहरूको अत्याचारलाई सम्झन्छन् । जोताहाहरू (Digges) हरूबाट सहकारी खेतीको लागि प्रयत्नहरू गरियो । त्यसलाई पनि सेनाको अर्को समूहले दबायो ।
इङ्गल्याण्ड, वेल्स, स्कटल्याण्ड र आयरल्याण्डका साथै अमेरिकाको क्यारिवियाली उपनिवेशहरू सहमतको त्यस गणतन्त्रको नेतृत्व क्रामवेलले गरेको थियो । त्यसको छोटो समयमा राष्ट्रमण्डल वा कमनवेल्थ युरोपमा एक शक्तिको रुपमा उदायो । सांस्कृतिक रुपमा त्यसले बिख्यात कवि मिल्टन
(Milton) र मार्भेल (Mrvell) र अन्य ठूला परिवर्तनवादी र क्वाकर (Quaker) जस्ता शान्तिवादी र धार्मिक आन्दोलनहरूलाई प्रेरित ग¥यो ।
ओलिभर क्रामवेलको मृत्यु ३ सेप्टेम्बर १६५८ मा भयो र उनका छोरा रिचार्ड (Richard) उत्तराधिकारी भए । नयाँ संरक्षक वा राष्ट्र प्रमुख न राजनीतिज्ञ थिए न सैनिक नेता नै । तिनले धनी व्यापारीहरू र जमिनदारहरूको मागलाई गणतान्त्रिक सैनिक नेता जेनरलहरूसँग समायोजना गर्न सकेनन् र नयाँ आदर्श सेनालाई पनि नियन्त्रणमा राख्न सकेनन् । दोस्रो वर्षमा रिचार्ड क्रामवेलले राज्य प्रमुखबाट राजीनामा दिए । सरकार विघटन भयो र १६६० मा पुनःराजतन्त्रको पुनस्र्थापना भयो ।
ओलिभर क्रामवेलको मृत्यु साँचो शोकको रुपमा मनाइएको थियो । स्पेनको राजाको मलामीजस्तै उनको शवयात्रा गरियो । दुई वर्षपछि उनको मृत्त शरीरलाई गाडिएको ठाउँबाट निकालेर ताइवर्न (Tyburn) भन्ने ठाउँमा झुण्ड्याइयो । चाल्र्स स्टुआर्टको मृत्युदण्डको घोषणामा हस्ताक्षर गर्ने जीवितहरू मारिए, झुण्ड्याइए र टुक्रा टुक्रा पारिए । केही विदेशमा भागे । तर ‘‘पुरानो राम्रो उद्देश्य’’ (नययम यमि अबगकभ) को निम्ति लड्नेहरू मारिए र गाडिए । यसबाट प्रतिक्रान्ति भएको स्पष्ट छ । क्रान्ति अपुरो रहेको पनि प्रस्ट छ , यो पाठ । सत्तामा पुगे र अहङ्कारले मात्तिने र नेताहरूले सिक्नुपर्ने पाठ पनि हो, त्यो घटना ।
निश्चय पनि ओलिभर क्रामवेलले बेलायती क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका थिए । तर आजका पुँजीवादी इतिहासकारहरू भने क्रामवेलले तिनका सैनिक नेतृत्व र तिनको परिवर्तनवादी धार्मिक (Puritan) व्यक्तित्वको मात्रै प्रतिनिधित्व गरेको मूल्याङ्कन गर्छन् । यदि क्रामवेल त्यस गृहयुद्धमा पराजित भएको भए तिनको ठाउँ अरुले सम्हाल्थ्यो । त्यसपछि के हुनेथ्यो भन्ने कुराहरूको अनुमानमात्र विश्लेषकहरूले गर्नसक्छन् । तर के विश्वास गर्न सकिन्छ भन्ने विकासको मौलिक दिशा त्यहीं नै हुने थियो ।
बेलायतको छोटो गणतन्त्र उल्लेख्य छ किनभने त्यो वर्गसङ्घर्षको उपज थियो । राजाले नेतृत्व गरेको सामन्ती तत्वहरूको विरुद्ध उठ्दो पुँजीवादी वर्गको वर्गसङ्घर्ष थियो । यसले जीत हासिल गर्नुको मुख्य कारण त्यसमा बहुमत कामदार जनता, शिकारु मजदुरहरू, कालिगढहरू र साना किसानहरूको समर्थन थियो । तिनीहरू नै राजावादीहरूलाई दबाउन नयाँ आदर्श सेनाका जवानहरू थिए ।
नयाँ आदर्श सेना स्वयम्मा एउटा क्रान्तिकारी शक्ति थियो । त्यसको नेतृत्व क्रामवेल र अन्य वरिष्ठ अधिकारीहरूले गरेका थिए । तिनीहरूलाई साधारण सिपाहींहरू ‘खान्दानी’ (Grandess) वा उच्च पदका भनेर घृणा गर्थे । ती तल्लो सैनिकहरू नै परिवर्तनकारी सोचहरू ल्याउने मुख्य शक्ति थिए । तिनीहरूले नै समानतावादी आन्दोलन अघि बढाएका थिए र सामाजिक सुधार, स्वतन्त्र प्रतिनिधिसभा र व्यापक मताधिकारको पक्षमा जनमत तयार गरेका थिए ।
१७ औं शताब्दीका सबै सरकारहरू राज्यको दैवी सिद्धान्तलाई मान्दथे । चाल्र्स स्टुआर्ट र तिनका धर्मगुरुहरू वा पादरीहरू धर्मशास्त्र पल्टाएर राजाको ‘दैवी अधिकार’ को बयान गर्थे भने परिवर्तनवादी (Puritan) उपदेशकहरूले बाइबलका उद्वरणहरू दिँदै प्रतिवाद गर्थे तथा क्रूर शासकहरूलाई ढाल्नुपर्ने कुरा अघि सार्थे ।
तर राष्ट्रमण्डलले ‘जनता’ बाट अधिकार प्राप्त गरेको दाबी ग¥यो । भेनिस (Venice) मा धनी, व्यापारीहरूको मात्रै गणतन्त्र थियो अर्थात् नेदरल्याण्ड (Netherland) मा सामन्ती प्रान्तहरूमाथि आधारित थियो र राज्य प्रमुखमा माथिल्लो वर्गको सभाबाट वंशाणुक्रमअनुसार हुन्थ्यो । कमनवेल्थले प्रतिनिधित्वकारी संविधान बनायो र त्यसमा धार्मिक सहिष्णुता प्रदर्शन गरिएको थियो । यस्तो कार्य युरोपमा पहिले कहिल्यै पनि भएको थिएन । कट्टर इसाई (Protestant sects) सम्प्रदाय र यहुदीहरू राजावादीका रुपमा चिनिन्थे वा परम्परावादी धर्म मान्ने क्याथोलिकहरू एवं बेलायती धर्म मान्ने इसाईहरू धेरैजसो राजावादीहरू थिए । धर्ममा परिवर्तन चाहनेहरू (Puritans) मध्ये धेरैले बेलायती इसाई र क्याथोलिक धर्मावलम्बीहरूलाई राजावादीसरह नै मान्थे ।
तर ‘जनता’ भनेका को हुन् त त्यसबेला पक्कै पनि तिनीहरू समानतावादीहरूले रिसाउन दिएका क्रामवेल र राजावादीहरू थिएनन् ।
कर्नेल थोमस रेन्सवोरोग (Thomas Rainsborogn) द्वारा प्रस्तुत समानतावादीहरूको उद्देश्य थियो ‘‘ठूलाबडाहरूको जस्तै सबभन्दा गरिबहरूको पनि बेलायतमा जिउने अधिकार छ । सरकारको मातहतमा हरेक मानिसले आफूले आफैलाई बस्न तयार राख्नुपर्छ । आफ्नो आवाज सरकारसम्म पु¥याउन नसक्ने इङ्गल्याण्डका सबभन्दा गरिब मानिसहरू नियममा बस्न बाध्य छैनन् ।’’ उच्चपदस्थ, क्रामवेलका ज्वाइँ हेनरी इरिटन (Henry Ireton) ले भने– ‘‘यस देशको स्थायी हितमा रुची नराख्ने मानिसहरूले देशको मामिलाहरूमा हिस्सा लिने अधिकार राख्दैनन् ’’ ।
क्रामवेल सेनामा योग्यताको आधारमा पदोन्नतिको पक्षमा लिए । ती दिनहरूमा उनी एक्लैले परिवर्तनकारी विचारहरू अघि सारे । उनका विचार बेलायती सेनामा आज पनि लागू गरिएको छैन । तर उनले समानतावादीहरूको समानतावादलाई घातक र असङ्गत भएको बताए । समानतावादले व्यक्तिगत सम्पत्तिलाई अस्वीकार गर्दा घातक बताइयो । कर नतिर्ने मानिस र राजस्वसँग सम्बन्ध नभएका गरिब मोही वा जोताहा वा नोकरहरूले पनि मत राख्न पाएमा तिनीहरूले आफ्ना मानिसहरूलाई मत दिनेछन् र यसले गर्दा रगत पसिना बगाएर समाप्त पारेको राजतन्त्र फेरि पुनःस्थापना हुनसक्ने हुँदा त्यो विचार असङ्गत भएको बताए ।
‘‘समानता ल्याउने सिद्धान्तको अर्थ के हो ? मोहीहरूको भाग्य जमिनदारको जस्तै उदार बनाउनु हो । जन्मैले म एउटा भलादमी मानिस हुँ । तिमीहरूले यी जनतालाई टुक्रा टुक्रा पार्नुपर्छ अथवा तिनीहरूले तिमीलाई टुक्रा टुक्रा पार्नेछन्’’– क्रामवेलले घोषणा गरे ।
तिनीहरूले पुँजीपति वर्गलाई छाड्नेछन् । व्यापारिक र जमिनदारहरूले प्रतिनिधिसभामा राजाको निरङ्कुशताको विरोध गरे । तर तिनीहरू राजाको ठाउँमा के ल्याउने भन्ने कुरामा विभाजित थिए । केही राजतन्त्रको जरैदेखि अन्त गर्न चाहन्थे । क्रामवेलजस्तै अरुहरू चाल्र्स स्टुआर्टले धोखा दिएको र देशलाई रगतको आहालमा दुबाउन चाहेको हुँदा उसले ज्यान सजाय पाइसकेको र मृत्युदण्डसँगै द्वन्द्वको अन्त भएको निष्कर्षमा पुगे । तर वर्ग बाँकी नै रहेको हुँदा वर्गीय नेतृत्व पुनःउठ्ने निश्चित थियो ।
तर धेरैजना ‘मिश्रित’ संसदको पक्षमा थिए । त्यसमा सबैजना धनाढ्यहरू संलग्न थिए र तिनीहरू सामन्ती विशेषाधिकार भएको राजतन्त्रको हिमायतीहरूसित सम्झौता गर्न र परम्परागत सम्पत्तिको सिद्धान्तलाई राखिराख्ने पक्षमा थिए ।
सन् १६६० मा निर्वासित चाल्र्स दोस्रोलाई पुनःगद्दीमा राख्न ‘संसदको अधिवेशन’ को माग गरिएको थियो । संसदले तिनका दाजुलाई १६८८ मा अपदस्थ गरी सत्तामा ओरेञ्जका खान्दान, प्रतिक्रियावादी विलियम (William of orange) लाई राखेपछि राजतन्त्र पुनःस्थापना भयो । त्यसलाई तिनीहरू गौरवमय क्रान्ति’ (Giopious revolution) भन्ने गर्छन् । तर त्यो प्रतिक्रान्ति थियो ।
आज पुँजीवादीहरू बेलायती जनताले क्रामवेललाई बिर्सून् भन्ने चाहन्छन् र बेलायती क्रान्तिपछि सत्तामा पुगेका गणतन्त्रवादीहरू पनि शक्तिको आधार र उनलाई सम्झन चाहन्नन् । तर १६४९ देखि राजावादीहरू माक्र्सवादी इतिहासकार क्रिस्टोफर हिल (Christopher Hill) ले भनेजस्तै राजासँग तिनीहरूको घाँटी जोडिएको थियो ।
क्रामवेल र तिनको १७ औं शताब्दीको कालखण्डलाई सशस्त्र जनताले क्रूर शासकको सत्ता पल्टाएको इतिहासका रुपमा जनताले सम्झिरहने छन् ।
स्रोतः जनउद्बोध
प्रस्तुति ः निभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *