भर्खरै :

भूकम्प पीडित दोलखावासीहरू अझै टहरामा

–अमर श्रेष्ठ
भक्तपुरमा झैं दोलखामा पनि भूकम्पले असङ्ख्य घरहरूको पूर्ण क्षति पु¥याएको थियो । अधिकांश क्षति भएका घरहरू दोलखाको पुरानो बस्तीमा रहेको छ । माटो र ढुङ्गाले बनाएका घरहरू पुरानो भएकोले पनि धेरै घर भत्केर पूर्णत ः क्षति भएको हो । अहिलेसम्म क्षति भएका अधिकांश घरहरू ठडेका छैनन् । गरिबीकै कारण क्षति भएका घरहरू बनाउन नसकिएको हो । क्षति भएका कति घरहरू अवशेषमै छन् । दोलखाको पुरानो बस्तीका एक वृद्ध टीकानारायण श्रेष्ठले पैसा नभएरै घर बनाउन नसकेको बताए । उनीजस्तै अन्य स्थानीयले पनि घर बनाउन सकेका छैनन् । ती भूकम्प पीडितहरूले जस्ताले छाएका स–साना टहरामै बसेर जीवन कटाइरहेका छन् ।
भूकम्प पीडित अधिकांश दोलखावासीहरूले पहिलो किस्ताबापत रु.५० हजार लिइसकेका छन् । आर्थिक अवस्था दयनीय भएकाले उनीहरूले घरमा जग हाल्न सकेका छैनन् । थोरैले मात्र नयाँ घर निर्माण गरेका छन् । कतिले हाल बनाउँदै छन् । दोलखाको पुरानो बस्तीमा भत्केका घरका ढुङ्गाहरू पर्खालजस्तै चाङचाङ लगाएर त्यसै छोडिएका छन् । जताततै क्षति भएका घरहरुको अवशेषमात्र देखिन्छ । क्षति भएका कति घरहरू नेवार बस्तीकै बढी देखिएका छन् । दोलखाको पुरानो बस्तीमा हाल पुरानो घरहरूको सङ्ख्या त्यति देखिँदैन । दोलखाको पुरानो बस्तीमा बसिरहेका भूकम्प पीडितहरूमा बुढाबुढी र बालबालिका रहेका छन् । कति युवा युवतीहरू रोजगारीको सिलसिलामा राजधानी पसेका छन् भने कति अन्य जिल्लामा ।
नाजुक आर्थिक स्थितिको कारण घर बनाउन नसकेका भूकम्प पीडितहरूलाई सरकारले आर्थिक सहयोग रोक्नु हुँदैन । घरको म्याद बनाउने समय दिएर आर्थिक सहयोग रोक्ने सरकारको प्रयास जायज होइन । जो गरिब छन्, गरिबीकै कारण घर बनाउन सकेका छैनन्, तिनीहरूलाई दिइएको सहयोग पनि फिर्ता माग गरेपछि सरकार गरिबहरूको पक्षमा नरहेको स्पष्ट हुन्छ । जहिले घर बनाए पनि सरकारी निर्णयअनुसार उनीहरुलाई एकमुष्ठ रकम दिनुपर्छ । सम्पन्न दोलखावासीहरू दोलखा छोडी अन्यत्र बसाइँ सरेका छन् । इँटा माटोले बनेका घरहरू हाल नगव्यमात्र छन् । ती घरहरू पनि जीर्ण भएर बस्न नहुने भएका छन् । भूकम्प पीडित दोलखावासीहरू एकमुष्ठ रकम दिए एक तला भए पनि जसोतसो गरेर बनाउन सकिने बताउँछन् । जग हाल्न नै रकम चाहिन्छ, तर जग हाल्न रकम छैन, जग हाल्न नै दोस्रो किस्ताको रकम दिनुपर्ने भूकम्प पीडितहरू दुखेसो पोख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *