भर्खरै :

औषधि पसल हो कि पान पसल !

– डा.एस.एन.एस.
हामी सबैले देखेकै छौँ, पान पसल सानो ठाउँमा राखेर खोलेको हुन्छ । जहाँ एउटा पसलेमात्र बस्न सक्ने, दुई चारवटा गोल्टीनका बट्टा राखेर पान बनाई बेच्ने गरिन्छ । ग्राहक आएपछि तुरुन्त पान बनाइदिन्छ । तर आजकल पानका साथसाथै अन्य वस्तु, चुरोट, सुर्ती, चकलेट, बिस्कुट इत्यादि बेच्ने गरेको देखिन्छ । त्यस्तै पान पसलजस्तै सानो फार्मेसी जनस्वास्थ्य केन्द्रको भ¥याङ्गमुनि वर्षौँदेखि चलाइराखेको देखिन्छ । के जनस्वास्थ्य केन्द्रमा एउटा फार्मेसी चलाउन ठाउँ छैन ? के फार्मेसीलाई पनि पान पसलजस्तै सानो ठाउँ भएपुग्छ ? के त्यो फार्मेसी देखाउनलाई मात्र राखेको हो ? यो औषधि यहाँ छैन, बाहिर किन्नु भन्नलाई मात्र राखेको हो ?
धन्य छ, पसलमा बस्ने फार्मेसिस्टलाई । एउटा सानो ठाउँ जहाँ न राम्ररी उठ्न मिल्छ न त बस्न । कसैले औषधि किन्न आएमा सुरुङ्गभित्र पसेर औषधि खोज्नुपर्ने हुन्छ । औषधि खोजेको एकछिनपछि र आखिर यो औषधि छैन भनी बाहिर निस्कन्छ । फेरि अर्को बिरामी औषधि किन्न आउँछ । फेरि सुरुङ्गभित्र पस्छ, जवाफ फेरि त्यही । विचरा ! फार्मेसिस्ट कति सुरुङ्गभित्र पस्ने ! कति बाहिर निस्कने !
एउटा स्वास्थ्य संस्थाको औषधि पसल (फार्मेसी) मा कति औषधि राख्नुपर्छ, कति थरी राख्नुपर्छ, कसरी मिलाएर राख्नुपर्छ, कस्तो तापक्रम भएको ठाउँमा राख्नुपर्छ भन्ने कुरा सम्बन्धित निकायलाई थाहा छैन ? औषधि पसल पनि एक स्वास्थ्य संस्थाको मुहार हो । जसले त्यो स्वास्थ्य संस्था कति व्यवस्थित छ भन्ने कुरा देखाउँछ ।
एउटा फार्मेसीमा पर्याप्त मात्रामा विभिन्न थरीका औषधि मिलाएर राखेन भने के हुन्छ, थाहा नभएको हो कि ? औषधिहरू मिलाएर राखेन भने मानवीय त्रुटीका कारण एउटा औषधिको सट्टा अर्को औषधि परेमा के हुन्छ र अनि को दोषी हुन्छ ? फार्मेसिस्ट वा सम्बन्धित निकाय । तापक्रम मिलाएर नराखेमा औषधिको गुणस्तरीयमा ह्रास आउँछ र औषधिले राम्ररी काम गर्दैन । औषधि देखिने गरी नराखेमा पछाडिको औषधिको म्याद नाघेर खेर जान्छ । जसले गर्दा संस्था घाटामा जान्छ, यो कसले व्यहोर्ने ?
औषधि पसल ठूलो र राम्रो देखिएन भने ग्राहकले विश्वास गर्दैन, जसले गर्दा ऊ बाहिर किन जान्छ । औषधि पसलमा व्यापार भएन भने स्वतः घाटामा जान्छ ।
यस्ता समस्यालाई मध्यनजर गरी एउटा व्यवस्थित, ठूलो खुला ठाउँ भएको औषधि पसल तुरुन्त खोल्न सम्बन्धित निकायको ध्यान जाओस् । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *