भर्खरै :

द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित

काबुल, ११ मङ्सिर  ः अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्षमात्र आन्तरिक रुपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय (ओचा) ले मङ्गलबार सो कुराको जानकारी दिएको हो ।
अफगानिस्तानमा देशैभरि हिंसात्मक द्वन्द्व जारी रहेको र कमजोर सुरक्षा व्यवस्था रहेको समाचार आइरहेका बेला ओचाको प्रतिवेदनले त्यसैलाई पुष्टी गरेको छ । यद्यपी यो सङ्ख्या गत वर्षको तुलनामा ३७ प्रतिशत कम भएको पनि ओचाले जानकारी दिएको छ ।
अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा गत वर्ष भने चार लाख ८१ हजार ४४८ जनाको मृत्यु भएको ओचाले जानकारी दिएको छ ।
अफगान अधिकारीहरु र मानवीय एजेन्सी निकायहरुले बढ्दै गएको विस्थापित परिवारको सङ्ख्याप्रति चिन्ता व्यक्त गरेका छन् ।
विस्थापित अफगान महिला र बालबालिकालाई स्वास्थ्य सेवा प्राप्त गर्न र पठनपाठनका लागि विद्यालयको सुविधा प्राप्त गर्न कठिनाइ उत्पन्न भएको छ । विस्थापित भई असुरक्षित स्थानमा बस्न बाध्य भएका उनीहरुलाई खाना, बास र शुद्ध खानेपानीजस्ता आधारभूत विषयमा पनि कमी भएको बताइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *