भर्खरै :

उपप्रधानमन्त्री चेन यिले संवाददाताहरूको प्रश्नमा दिएका उत्तरहरू

जमिला
चेन यि चिनियाँँ कम्युनिष्ट आन्दोलनका एक चर्चित सैनिक नेता तथा साम्राज्यवादविरोधी आन्दोलनका एक अथक योद्धा थिए । सबैखाले उपनिवेशवाद र नवउपनिवेशवादविरूद्ध उनले आजीवन लडे । चिनियाँ जनताको मुक्ति र चीनको सार्वभौमिकता रक्षार्थ एक सिपाहीका रूपमा सङ्घर्षको मैदानमा उनी थिए । विस्तारवादी नीति र प्रभुत्ववादविरूद्ध उनले अन्तिम दमसम्म लडिरहे । उनी पार्टीका एक असल र सच्चा कार्यकर्ता थिए भने नेपाली जनताका असल मित्र थिए । यसर्थ उनको योगदान उल्लेखनीय र व्यक्तित्व अनुकरणीय छ । चीनको मुक्ति र स्वतन्त्रताको निम्ति अनवरत इमानदारीपूर्वक सङ्घर्ष गर्ने चेन यिको संक्षिप्त जीवनीसहितको पुस्तक ‘उपप्रधानमन्त्री चेन यिले संवाददाताहरूको प्रश्नमा दिएका उत्तरहरू’ ले चीनको इतिहास स्मरण गराउँछ र चीनको समाजवादी आन्दोलनको केही दृश्य प्रस्तुत गर्दछ । नयाँ पुस्तालाई यस पुस्तकले तत्कालीन अन्तर्राष्ट्रिय स्थिति र सङ्घर्षका घटनाक्रमको ज्ञान दिन्छ । सँगै इतिहासको सङ्घर्षमय कालखण्डबारे पाठकलाई जानकारी गराउँछ । चेन यिका कालजयी विचार तथा अभिव्यक्ति र योगदानका परिच्छेदहरूले पुस्तकलाई ओजनदार बनाएको छ ।
जनवादी गणतन्त्र चीनका तत्कालीन परराष्ट्र र उपप्रधानमन्त्री चेन यिसँग चिनियाँ र विदेशी सम्वाददाताहरूले विविध विषयमा राखेका प्रश्न र उत्तर पुस्तकमा समावेश छ । सन् १९६५ सेप्टेम्बर २९ मा भएको पत्रकार सम्मेलनमा र डिसेम्बर ३० मा जापानी पत्रिका ‘अकाहाता’ का सम्वाददाताहरूले राखेका प्रश्नहरूका साथै तत्कालीन अवस्थाका जल्दाबल्दा विषयहरूमा पुस्तक केन्द्रित छ ।
चीनको परराष्ट्र नीतिको विकासक्रम, चीनले अन्य स्वाधीन र स्वतन्त्र देशहरूमाथि गर्ने सौम्य व्यवहार आजको समयक्रमसँग जोडेर अध्ययन गर्न पुस्तक अत्यन्त सहयोगी छ । ऐतिहासिक महत्व बोकेको यस पुस्तक वर्तमानमा पनि उत्तिकै सान्दर्भिक छ र पठनीय पनि । चेन यिका हरेक विचार र दृष्टिकोण आज पनि उत्तिकै मननीय छ ।
भारतीय विस्तारवादले नेपालमाथि आँखा गाड्दा प्रधानमन्त्री चाउ एन लाइसँगै विस्तारवादी नीतिविरूद्ध आवाज उठाउने चेन यि पनि एक थिए । भारतीय विस्तारवादले नेपालमा हस्तक्षेप गर्दा उनले एउटा वक्तव्यमा भनेका थिए – “नेपाललाई हमला गर्नु चीनमाथि हमला गरेको सरह हुनेछ ।” उनको उक्त अभिव्यक्तिपछि नै भारतीय विस्तारवाद पछि हटेको थियो । त्यसकारण संवेदनशील नेपाली जनता र बुद्धिजीवी समुदाय उनलाई नेपाल र नेपालीका एक अनन्य मित्र तथा भरपर्दा शुभचिन्तकका रूपमा आज पनि सम्झन्छन् ।
सन् १९५८ देखि परराष्ट्रमन्त्री एवं जनमुक्ति सेनाका दश मार्सलहरूमध्ये एक चेन यिले भारतीय जनतालाई सधंै आप्mनो मित्रको रूपमा व्यवहार गरे । त्यसकारण इतिहासले छोडेको चीन –भारत सीमा विवादको सन्दर्भमा भारतसँग मित्रवत् ढङ्गले शान्तिपूर्ण वार्ताद्वारा समाधानको बाटो लिनुपर्नेमा उनी जोड दिन्थे ।
चीन – सिक्किम सीमा विवादमा भारतले हस्तक्षेप गरी चिनियाँ भूमिभित्रै ५६ ओटा आक्रामक सैन्य निर्माण कार्यहरू भारतले अघि बढाउँदा उपप्रधानमन्त्री चेन यिले बोलेका थिए – “चीन–सिक्किम सिमाना चीन र सिक्किमबीचको सीमारेखा हो र चीन–भारत सीमा रेखाभित्र पर्दैन ।”
भारत–पाकिस्तान भिडन्तबारे चेन यिले तथ्य उजागर गरेको इतिहास साक्षी छ । पाकिस्तान आक्रमणको शिकार भएको र आक्रमणकारी भारत नै हो भन्ने उनको ठम्याइ थियो । वास्तवमै संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ र बेलायतको समर्थनमा भर परेर भारतीय सरकारले आपूm खुशी जे पनि गर्ने प्रवृत्तिलाई हुर्काउँदै थियो । पाकिस्तानमाथिको आक्रमण अन्यायपूर्ण थियो र अन्य साम्राज्यवादी र उपनिवेशवादी देशहरूको आडमा पाकिस्तानमाथि हमला गर्नु भारतको दुस्साहसवादी नीति नै थियो भन्ने प्रमाण पुस्तकमा छ ।
संयुक्त राज्य अमेरिकासँगको बलियो साँठगाँठमा पश्चिम जर्मनले संरा अमेरिकाको साम्राज्यवादी र विस्तारवादी नीति अवलम्बन गरी पूर्वी जर्मनीलाई आपूmसँग विलय गर्न लागिपरेकोप्रति चेन यि खरो उत्रे । चीन र पश्चिम जर्मनीबीचको औपचारिक व्यापार सम्बन्धलाई चिनियाँ सरकारले अघि नबढाई विरोध जनाएको प्रसङ्ग पुस्तकमा छ ।
पश्चिमा देशहरूले आपूmलाई विकसित र अन्य स्वाधीन देशलाई अविकसित देख्नु महारोग थियो । अन्य स्वतन्त्र देशहरूमाथि थिचोमिचो गर्ने र पश्चिमाहरूको मिचाहा प्रवृत्तिविरूद्ध चेन यि कडारूपमा प्रस्तुत भए ।
उनी दृढ हुँदै स्पष्ट बोल्थे– “साम्राज्यवाद र उपनिवेशवादविरूद्ध दृढतापूर्वक लडिरहेकाहरू राजनैतिकरूपले अघि बढेका छन् भने पश्चिमी युरोप र उत्तर अमेरिकी साम्राज्यवादी देशहरू पिछडिएका छन् ।”
अफ्रो–एसियाली देशहरूको सबैभन्दा महत्वपूर्ण कार्य भनेको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले साम्राज्यवादको नियन्त्रणलाई हल्लाउनु र आ–आप्mनै स्वाधीन अर्थ व्यवस्थाको विकास गर्नु हो । यो कार्य गम्भीर एवं तीव्र्र सङ्घर्ष हो । यही सङ्घर्षलाई अघि बढाउन चेन यि सारा साम्राज्यवादविरोधी एवम् न्यायप्रेमी जनतालाई पुस्तकमार्फत हौस्याउँछन् ।
भियतनाममा संरा अमेरिकाको अन्यायपूर्ण युद्धका विरूद्ध उनले अथक सङ्घर्ष गरे । तथ्यपूर्ण, वस्तुपरक विश्लेषणका आधारमा भियतनामी जनताको पक्षमा लडे । भियतनामी जनताको सङ्घर्षप्रति सधंै ऐक्यबद्धता जनाउँदै भियतनामी जनतामा उत्साह सञ्चार गर्थे । चेनले दृढ विश्वासका साथ भने– “देशभरिका सम्पूर्ण जनता संरा अमेरिकी साम्राज्यवादविरूद्धको दृढ प्रतिरोधमा एकढिक्का भएका छन् र त्यसो भएर भियतनामको स्थिति श्रेष्ठ छ । निश्चितरूपले यो युद्ध भियतनामको विजय र अमेरिकी साम्राज्यवादको पराजयमा टुङ्गिनेछ ।” यसरी भियतनामबाट संरा अमेरिकी सेना पूर्णरूपमा हटाइनुपर्छ र भियतनामी जनता आप्mना समस्याहरू आफैले समाधान गर्न स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा चेन यिले निरन्तर प्रयत्न गरिरहे ।
दोस्रो अफ्रो – एसियाली सम्मेलनमा चेन यिको फरक धारणा थियो । सम्मेलनलाई साम्राज्यवाद र उपनिवेशवादविरूद्धको सशक्त सङ्घर्षको श्रृङ्खलाको रूपमा अघि बढाउनुपर्नेमा उनी अडिग थिए । ६० वटाभन्दा बढी अफ्रिकाली–एसियाली देशमाथि अमेरिकी साम्राज्यवादको हैकमविरूद्ध आन्दोलनको बिउ उक्त सम्मेलनले रोप्नुपर्ने कुरामा उनले विशेष जोड दिए ।
देशलाई आर्थिक, राजनीतिक र सामाजिकरूपमै आत्मनिर्भर बनाउने पक्षमा उनले सधंै जोड दिए । पुस्तकमा लेखिएको छ– “एउटा देशले विभिन्न शर्तसहित जति बढी विदेशी ऋण प्राप्त गर्छ उति बढी उसलाई आप्mनो खुट्टामा उभिन गाह«ो हुन्छ ।” देश निर्माणमा अरूको भर नपरी आप्mनो प्रयत्नमा भर पर्नुपर्छ भन्ने चेन यिका ठम्याइ निश्चय पनि व्यावहारिक एवं कालजयी छन् ।
संयुक्त राष्ट्रसङ्घको विषयमा चेन यिको दृष्टिकोण यस्तो थियो – “संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाबीच खासै कुनै तात्विक भिन्नता छैन । संयुक्त राष्ट्रसङ्घ भनेको संयुक्त राज्य अमेरिकाको ज्यावलमात्र हो । संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसङ्घको मालिक हो ।” इराकका राष्ट्रपति सद्दाम हुसेन र लिवियाका राष्ट्रपति कर्नल गद्दाफी संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिकाको विरोधी थिए । त्यसैकारण अमेरिकी गुप्तचर विभाग सि.आई.ए.को योजनामा उनीहरूको हत्या गरिएको थियो ।
लामो समय जापानको उपनिवेशमा रहेको चीनले सधंैभरि जापानी जनतालाई आप्mनो मित्र ठान्यो र संरा अमेरिकाको कठपुतली नबन्न जापानलाई घच्घच्याइरह्यो । जापानमा अवस्थित संरा अमेरिकी सैन्य शिविरहरू हटाउन चीनले पनि आवाज उठाएको प्रसङ्ग पुस्तकमा छ ।
चीनको पञ्चवर्षीय योजना र क्रमिक आर्थिक रूपान्तरणबारे थुप्रै परिच्छेदहरू पुस्तकले समेटेको छ । चीनमा परमाणु हतियारको विकासबारे एक प्रश्नको जवाफमा चेन यीले यसरी अभिव्यक्ति दिएका थिए – “हामी प्रतिबद्धता जाहेर गर्दछौँ, साना– ठूला सबै देशहरू एक भई अघि बढ्नुपर्छ र परमाणु बम नष्ट गर्न र यसको प्रयोग, उत्पादन, निर्माण, भण्डारण र परमाणु हतियारको परिक्षणमाथि निषेध गर्नेबारेमा एकमत हुनुपर्छ । चीनले परमाणु हतियार निर्माण कार्यलाई रोक्ने उद्देश्यले र आत्मरक्षाको खातिर परमाणु बम बनाउँदै छ । चीनले आपूm कहिल्यै परमाणु बम प्रयोग गर्ने पहिलो देश नहुने प्रतिज्ञा गर्दछ । हाम्रो परमाणु हतियार आत्मरक्षाको लागि मात्र प्रयोग हुनेछ ।”
यसरी चेन यि आजीवन माक्र्सवाद–लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रियवादको झण्डा अझ उँचो पार्न सफल रहे । अत्यन्त क्रुर र हिंस्रक साम्राज्यवाद, अत्याचारी उपनिवेशवाद, डरलाग्दो विस्तारवाद र झिलिमिली देखिने तर सिद्धान्तलाई कमजोर पार्ने संशोधनवादलाई मानव समाजको विकास अवरूद्ध गर्ने शत्रुका रूपमा विश्वलाई चिनाए र सबैखाले आक्रमण, प्रभुत्ववादी विचार, हस्तक्षेपकारी कदमविरूद्ध निर्धक्क लड्न ऊर्जा दिइरहे ।
विदेशमन्त्री समेत रहेका चेन यिकै कार्यकालदेखि चीनको परराष्ट्रनीति अन्य देशलाई सहयोग गर्ने र हस्तक्षेप नगर्ने नीतिमा आधारित थियो । आजको चीनको परराष्ट्रनीति त्यसैको सिलसिला हो । हिजो संरा अमेरिकाविरूद्ध आवाज दिने चीनलगायत केही देशहरूमात्रै थिए । साम्राज्यवादको विरूद्धमा संसारका शान्तिकामी तथा न्यायप्रेमी जनता जागी उठ्नेमा चेन यि उत्तिबेला नै विश्वस्त थिए । आज उनको विश्वास सही सावित हुँदैछ । सम्पूर्णखाले साम्राज्यवादी, अतिवादी प्रवृत्ति र प्रभुत्वविरूद्ध संसारका कुनाकाप्चाबाट विद्रोहको आगो सल्किँदैछ । एक दिन पुँजीवादले हुर्काउने साम्राज्यवाद र प्रभुत्ववाद का साथै साम्राज्यवादले मलजल गर्ने पुँजीवादको अन्त्य हुनेछ र जनताले साँचो न्याय र मुक्ति पाउनेछन् । चिनियाँ कम्युनिष्ट आन्दोलनको एउटा कालखण्डको शब्दचित्रसहित चीन र चीनसँग जोडिएका थुप्रै देशहरूको भूगोलसम्म पाठकलाई पु¥याउन सफल यस पुस्तक निकै सङ्ग्रहणीय छ । नेपालको राजनैतिक घटनाक्रम र भारतीय विस्तारवादबाट नेपालमाथि भइरहेको थिचोमिचोको विषयमा विश्लेषणका लागि अत्यन्त उपयुक्त अध्ययन सामग्री हो यो पुस्तक । नेपाल सरकारले देश चलाउन विदेशी ऋणै मात्र ताकिरहेको, मगन्ते प्रवृत्तिले देशलाई परनिर्भरतातर्फ धकेल्दै गरेको आजको परिस्थितिमा उपप्रधानमन्त्री चेन यिका विचारहरू अनुकरणीय छन् ।
२०६७ चैत महिनामा प्रकाशित ऐतिहासिक महत्वको यस पुस्तकको प्रकाशक वर्कर्स पब्लिकेसन्स् नेपालप्रति साधुवाद । चेन यिका महत्वपूर्ण र कालजयी विचारहरूलाई नेपाली पाठकसम्म पु¥याउने अनुवादकप्रति विशेष आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *