नारायणमान बिजुक्छें (रोहित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा २०५२ भदौ ३–११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँले करिब दुई हप्ता प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबारे का. रोहितको संस्मरण प्रकाशित छ – सं.) पशुपन्छीको विष्टा र गोबरले ग्याँस निकालेर चुलोको काममा लगाइएको छ साथै पछि त्यसलाई कम्पोष्ट मलको रुपमा पनि प्रयोग गरिन्छ । यस गाउँमा १६ वटा कलकारखाना छन् । बासक बनाउने, कपडा र छालाको कोट र लुगा बनाउने कृत्रिम हिरा बनाउने आदि यहाँका मुख्य कारखाना हुन् । १९६५ सम्म यस गाउँको खास विकास भएको थिएन, १९७८ पछि यस गाउँको विकास सुरु भएको हो । १९८१ देखि कृषि उत्पादनमा यसले ठूलो विकास ग¥यो । १९९० देखि पशुपालनमा जोड दिइयो र अहिले ११०० सङ्गुर पुगेको बताइयो । १९९१ मा यस गाउँको उत्पादन मूल्य २ करोड ९० लाख यान थियो ।
कुराकानीपछि हामी गाउँ हेर्न गयौँ । झण्डै १०–१२ फीट चौडा एउटा नहर र सँगै एउटा पक्की पीचको बाटोले गाउँलाई घेरेको छ । नयाँ घरहरूको बस्ती र पुरानो घरहरूको बस्तीको बीच–बीचमा ५–६ फीट चौडा नहरहरू छन् । नहरमा मत्स्य पालनको काम हुन्छ भने नहरको माथि बाँसेको कप्टेरो मिलाएर अङ्गुरको खेती गरिएको छ । एक व्यक्तिलाई १६ वर्गमिटरको हिसाबले घर बाँडिएको छ । ठूल्ठूलो एउटा घरमा ९ वटा परिवारलाई कोठाहरू बाँडिएको छ । एउटा परिवारलाई सालाखाला ३१.५ वर्गमिटरको हिसाब पर्न आउँछ । हामीले तरकारीको बीउ हुर्काउने घर, फूलहरू स्याहार्ने र बेच्ने ठाउँ, सुँगुर पाल्ने, गोबर ग्यास प्लान्ट, तरकारी र चामल पसल हेर्दै नाचगान, खेलकुद र मनोरञ्जन गर्ने सांस्कृतिक भवनको कौसीबाट गाउँको अवलोकन ग¥यौँ ।
कुराकानी पनि हुँदै गयो । का. सचिवले भन्दै जानुभयो – ‘‘१९७८ देखि उत्पादनमात्र वृद्धि भएको होइन त्यसको स्तर पनि बढ्दै गएको छ । १९७८ देखि प्रतिव्यक्ति आय बढेर ११० यान पुगेको थियो । तर अहिले सालाखाला प्रतिव्यक्ति आम्दानी ५०२६ यान पुगेको छ । यो गाउँ उद्योग, सांस्कृतिक र व्यापारको नमुना भएको छ । सबैलाई सँगै धनी बनाउने पार्टीको नीतिअनुसार यो गाउँको विकास भएको हो ।
मेरो प्रश्नको उत्तर दिनुहुँदै उहाँले भन्नुभयो – ‘‘यहाँ किसानहरू जुवा खेल्दैनन्, झगडा गर्दैनन्, चोर्ने र अन्य अपराधहरू गर्दैनन् । यहाँ बेकारी समस्या छैन । बरु अरु गाउँबाट १ हजारभन्दा बढी श्रमशक्ति ल्याइएको छ । १०० भन्दा बढी उद्योगसम्बन्धी प्राविधिक स्कूलका स्नातक यहाँ कार्यरत छन् । जीवनको सुरक्षाको निम्ति अनेक लोक कल्याणका कार्यहरू भएका छन् । ‘‘जस्तैः– अस्पताल, अवकाश प्राप्त गरेका बूढा बूढीहरूको निम्ति घर, ग्यास, उपचार र माध्यमिक स्कूलसम्म निःशुल्क शिक्षा ।’’
मेरो जिज्ञासालाई मेटाउँदै भन्दै जानुभयो, पार्टी सचिवले – ‘‘विस्तारै गाउँ र सहरको भेद मेट्दै जानेछ, किसान र मजदुरको पनि भेद मेटिदै जानेछ । खेतीको मौसममा मात्रै श्रमशक्ति प्रयोग हुन्छ– किसानको रुपमा । अहिले ५० प्रतिशत घरमा टेलिफोनको बन्दोबस्त छ । यो एक नमुना गाउँ भएको हुनाले ४० मित्र देशहरूका २०० भन्दा बढी मित्रहरू यस गाउँको भ्रमणमा आइसक्नुभएको छ र केन्द्रबाट पार्टीका महासचिव र राष्ट्रपति चाङ्ग चमिन र अन्य प्रान्तीय नेताहरूले पनि भ्रमण गरिसक्नुभएको छ ।’’
त्यसपछि हामी विदेशी संयुक्त लगानकिो पोशाक कारखाना हेर्न गयौँ । हङ्गकङ्गका एक व्यापारीका अनुसार संयुक्त लगानी गरिएको यस कारखानाबाट उत्पादित लुगा (कोट, पाइन्ट, ज्याकेट) आदि जापान, संरा अमेरिका, स्वीजल्याण्ड आदि पश्चिम र विकसित देशमा निर्यात हुन्छ । मेसिन, टेबुल आदि आवश्यक सामान पनि जापानबाट आयात गरिएको रहेछ । सुरुमा यसले २ लाख ५० हजार यान मूल्यको मात्रै उत्पादन गरेको थियो । १९९४ मा यसले ५ अर्ब यान मूल्यको उत्पादन ग¥यो भने १९९५ मा ५ अर्ब १७ करोड यान मूल्यको उत्पादन ग¥यो । ८५ लाख यान चोखो नाफा बच्यो र प्रतिव्यक्ति कामदारहरूको नाफा २० हजार पुग्यो । १९९१ को सुरुमा यसको पुँजी ५० लाख यानमात्रै थियो भनेपछि त्यो पुँजी १० करोड यान पुग्यो । कपडा जापान र जर्मनीबाट आउँछ, साङ्घाईका कपडा उद्योग र कारखानासँग पनि यस कारखानाको सम्बन्ध छ ।
कारखानामा धेरैजसो महिलाहरू देखेँ । एक एक तलामै १००–१०० जनाभन्दा बढी काम गर्नसक्ने कोठाहरूको तीनै तला हेरेँ । अर्को घरमा विभिन्न प्रकारका तयारी कोट, पाइन्ट र ज्याकेटहरू प्रदर्शित थिए । कारखानाको वातावरण अर्कै थियो । कहीँ कपडाको नाप लिदैँ र काट्दै, कहीँ सिउँदै, कतै टुक्रा जोड्दै र कतै इस्त्री गर्दै थिए मजदुरहरू ।
यहीँ कपडा कारखाना र अन्य कारखानाहरूको उत्पादन विदेश पठाएरै यस गाउँको प्रतिव्यक्ति आम्दानी बढी र उच्च भएको देखिन्छ । त्यहाँका पदाधिकारीहरू यस गाउँको आर्थिक विकासको कारण नै पार्टीको खुला नीति र आर्थिक उदारीकरण हो भन्ने मान्दछन् । पार्टीका अवकाश प्राप्त सचिवसँग पनि भेटघाट भयो । नानचिङ्ग उड्नु परेको हुँदा हामी हतार हतार बिदा लिँदै हिँड्यौँ ।
७ भदौ २०५२ दिउँसो १२.४० मा हामी निङ्गपो हवाई अड्डाको निम्ति हिँड्यौं र १ बजे हामी हवाई अड्डामा पुग्यौं । साथी चेन होङ्गवइसँग बिदा लियौँ र समयलाई पख्यौँ । ठीक १.४५ मा हवाईजहाज (पूर्वी चीन) ले निङ्गपो छोड्यो र २.४५ मा विमानले नानचिङ्गको धर्तीलाई छोयो ।
हवाई अड्डामा ३ बजे चियाङ्गसु प्रान्तीय जनसरकारको परराष्ट्र मामिलाको एसियाली विभागका (Division of Asian Foreign Office Jiyangsu Provincial Peoples Government) प्रमुख शाओ सिफिङ्ग (Shao Xiping) र च्याङ्गु प्रान्तीय जनसरकारको विदेश मामिलाका विभागीय प्रमुख गाओ यान (न्बय थ्बल) ले स्वागत गर्नुभयो । शाओ सिफिङ्गले मोटरमा बस्दै चियांसु प्रान्तबारे परिचय दिँदै जानुभयो । उहाँ फ्रान्सेली भाषामात्रै बोल्ने भएकोले अङ्ग्रेजीमा अनुवाद गर्दै जानुभयो, गाओ यानले – ‘‘चियाङ्गसु प्रान्तको क्षेत्रफल १ लाख वर्ग किलोमिटरसम्म फैलिएको छ । चीनका अन्य प्रान्तहरूको तुलनामा त्यति ठूलो प्रान्त भने होइन । यसको जनसङ्ख्या ७ करोड छ अर्थात् फ्रान्सको जति छ । आर्थिक दृष्टिले यो एक महत्वपूर्ण प्रान्त हो । औद्योगिक उत्पादनमा च्याङ्गसु प्रान्त शाङघाईपछि दोस्रो हो र विदेशी व्यापारमा क्वाङ्गचाउ र शाङ्घाईपछि तेस्रो सहर हो । अहिले यहाँ २०,००० संयुक्त लगानीको कारोबार चालू छ ।
नानकिङ्ग च्याङ्गसु प्रान्तको राजधानी हो, चीनको ६ प्राचीन राजधानीहरूमध्ये एक हो । मुक्तिभन्दा पहिले अर्थात् १९४९ भन्दा पहिले नानचिङ्ग चीनको राजधानी थियो । च्याङ्गसु उत्तर र दक्षिण दुई भागमा विभाजित छ । उत्तर च्याङ्गसुको भन्दा दक्षिण च्याङ्गसुको आर्थिक स्तर र प्रतिव्यक्ति आम्दानी बढी छ । दक्षिण च्याङ्गसुको प्रतिव्यक्ति आम्दानी १००० अमेरिकी डलर पुग्दछ । यसकारण च्याङ्गसुको तीनवटा नारा छ – विज्ञान, प्रविधि र शिक्षामा अगाडि जानु, दोस्रो आर्थिक स्तरलाई समान गरौं । (उहाँले माओ त्सेतुङको उद्धरणसमेत दिँदै भन्नुभएको थियो ।
नानकिङ्गको चारैतिरको जनसङ्ख्या ५० लाख पुग्छ, तर नगरको मात्रै २५ लाख छ । यस ऐतिहासिक र आर्थिक महत्वको ठाउँमा स्वागत गर्न पाएकोमा हामीलाई धेरै खुसी लागेको छ । अहिले हामी तपाईंलाई चिनलिन होटल (Jinling Hotel) मा लैजादै छौं । चिनलिन होेटेल देशको सबभन्दा पुरानो पाँचतारे होटल हो तर यो तपाईंको निम्ति आरामदायी होला भन्ने अनुमान गर्छु ।’’
सन यातसेन सडक पार गर्दै हामी चिनलिन होटेलमा पुग्यौँ । त्यहाँ पुग्नासाथै होटेलका महाप्रबन्धक र अन्य कर्मचारीहरूले स्वागत गर्दै २५ तलाको २५०३ नं को कोठामा पु¥याउन आए र साँचो तथा होटलको पासपोर्ट दिए ।
चाउ एनलाई स्मृति भवन
४ः३० बजे चियाङ्गसु प्रान्तीय जनसरकारको विदेश मामिलाका विभागीय प्रमुख गाओ यान (न्बय थ्बल) ले मोटरमा भन्दै जानुभयो – ‘‘हामी अहिले १९४६ मई महिनादेखि १९४७ को मार्च महिनासम्मको गृहयुद्ध रोक्न कोमिङताङ (च्याङ्गकाई) सँग वार्ता गर्न चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरी चाउ एन–लाई आउनुहुँदा उहाँले प्रयोग गर्नुभएको कार्यालयमा जाँदैछौं । त्यो कार्यालय अहिले चाउ एनलाई स्मृति भवनको रुपमा संरक्षित र प्रदर्शित छ ।
नानचिङ्ग वा चियाङ्गसु प्रान्त देशको एक महत्वपूर्ण शिक्षा केन्द्र हो । यहाँ ७० वटा विश्वविद्यालय छन् । ४० वटा विश्वविद्यालयले विद्यावारिधि अर्थात् पीएचडीसम्मको डिग्री प्रदान गर्दछ । अन्य विश्वविद्यालयले स्नातक वा एमएसम्मको उपाधि प्रदान गर्छन् । प्राविधिक, मेडिकल, हवाई Aronoctical Pharmalogical (औषधी सम्बन्धी) आदि विषयमा यहाँका विश्वविद्यालय बढी प्रसिद्ध छ । यहाँका विश्वविद्यालयमा १ लाख २५ हजार छात्र–छात्राहरू पढ्छन् ।
मैयान सिनकुन (Meiyuan Xincun) भन्ने नानकिङ्ग नगरको पूर्वतिर चीनको गृहयुद्ध रोक्न १९४६ मई महिनादेखि १९४७ मार्च महिनासम्म कोमिङ्गताङ्ग (राष्ट्रवादी पार्टी )को सरकारसँग वार्ता गर्न चाउ एनलाईको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको एउटा प्रतिनिधिमण्डलले यस ठाउँमा कार्यालय बनाएको थियो । यही कार्यालयलाई आज चाउ ऐनलाई स्मृति भवन सङ्ग्रहालय भन्ने गरिन्छ ।
चिनियाँ भाषामा त्यस प्रतिनिधिमण्डललाई आन्तरिक रुपले ‘नानकिङ्ग समिति’ पनि भन्ने गरिन्छ । प्रतिनिधिमण्डलले त्यहाँ बस्दा जीवनका हरेकक्षेत्र र वर्गका मानिसहरू भेटेर च्याङ्गकाईशकेको विरोधमा, गृहयुद्धको विरोधमा र मुक्ति युद्धको विजयको निम्ति ‘दोस्रो बाटो ’ को निम्ति काम गरेको थियो । कम्युनिष्ट पार्टीको त्यस प्रतिनिधिमण्डलमा अर्का महत्वपूर्ण नेता तोङ्ग पि–उ (Dong Pi–Wu_) र उहाँको जहान हे लियान च (ज्भ ीष्बल श्जष्), लियाउ चाङ्ग च र उहाँको जहान लि वई हान (Lei Wei Han) पनि हुनुहुन्थ्यो । चाउ एनलाईसँग उहाँको तङ्ग यिङ्ग चाओ (Teng Ying Chao) पनि हुनुहुन्थ्यो ।
स्मृति भवनको आँगनमै चाउ–एनलाईको ३.२ मिटर अग्लो तामाको सालिक छ । त्यसको भित्र सानो चोकमा चाउ एनलाई र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरू भएको एउटा सिंह– मर्मटमा कुँदिएको एउटा मूर्ति छ । २–४ वटा चोक र घरहरू जोडिएको त्यस स्मृति भवनमा त्यसबेला चाउ–एनलाई र प्रतिनिधिमण्डलले भेटेका मानिसहरूको चित्र, त्यसबेला छापिएका पत्रिकाहरू, पर्चाहरू, पुस्तकहरू, लगाउने गरेका पोशाकहरू, प्रयोग गर्ने गरेका सामानहरू, ओछ्यान, मोटरकार आदि त्यहाँ प्रदर्शित थिए ।
विभागीय प्रमुख श्री गाओ यान (Gao Yan) ले भन्नुभयो – ‘‘यी घरहरूको चारैतिर च्याङ्ग काई–शेकका गुप्तीहरूको २४ सै घण्टा आँखा गाडिएको हुन्थ्यो ।
प्रदर्शित पुस्तिकाहरूमा स्तालिनका पुस्तक, सोभियत संविधान, प्राचीनकालका चीनको अध्ययन, क्रान्ति र व्यवहार, जापानी आक्रमणको बेलाका महिलासम्बन्धी अनेक पुस्तकहरू थिए । त्यहाँ बताउने गाइडको अनुभव कम देखिन्थ्यो । त्यहाँ सहिद भएका र अन्य देशभक्तहरूको चित्र पनि प्रदर्शित थिए । त्यसबेलाको ‘जनसमूह’ र ‘ सिन्ह्वा’ भन्ने पत्रिकाको अड्ढ पनि प्रदर्शित थियो ।
एउटा कोठामा चाउ–एनलाईका राजनैतिक सचिव सुङ्ग फिङ्गोको चित्र पनि थियो । उनको बारेमा सोध्दा उहाँ एकपटक चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको स्थायी समितिका सदय हुनुभएको र अहिले पनि जिउँदै हुनुहुन्छ भन्ने कुरा बताइयो । वार्ता असफल भएपछि चाउ एनलाई येनान फर्कनुभएको चित्र पनि थियो ।
सङ्ग्रहालयभित्र पसल देख्दा भने अचम्म लाग्यो । साथै त्यहाँ चियाङ्गुुमा मात्रै पाउने विभिन्न रङ्ग र प्राकृतिक चित्र भएका ढुङ्गाहरू, चिनियाँ माटाका भाँडाका कचौरामा पानी राखेर प्रदर्शित गरिएको देखेँ । ती ढुङ्गाहरू व्यक्तिगत रुपले सँगालिएका थिए । साथै बाहिर पुस्तक पसलमा राजनीतिमात्र होइन विभिन्न प्रकारका पुस्तकहरू पनि प्रदर्शित थिए ।
उ तोङ्गह्वाबाट रात्रीभोज
६.३० बजे चिनलिन होटल (Jingling Hotel) को दोस्रो तलामा राष्ट्रिय जनप्रतिनिधि सभाको प्रतिनिधि, च्याङ्गसु प्रान्तीय जनसरकारको विदेश मामिलाको निर्देशक (Deputy of the National Peoples Congress, Director of the Foreign Affairs Office, Jiangsu Provincial People’s government) उ तोङ्गह्वा (Wu Donghua) ले रात्रीभोजको आयोजना गर्नुभएको थियो ।
स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले दुई देशको पुरानो मित्रताको चर्चा गर्नुभयो । च्याङ्गसु प्रान्तीय जनसरकारको विदेश एसिया विभागको प्रमुख शाओ सि पिङ्ग र विभागीय प्रमुख गाओ यान पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनप्रतिनिधि सभाका सदस्य र च्याङ्गसु प्रान्तीय सरकारको विदेश विभागका निर्देशक श्री उ तोङ्गह्वाले च्याङ्गसु प्रान्तबारे बताउँदै जानुभयो – ‘‘कृषि, उद्योग र सेवामा यो प्रान्त अगाडि छ । कृषिमा अन्नबाहेक, मत्स्यपालन, फलफूल, कपास, रेशम किरापालन , खाने तेल (तोरी), चिया, भेडापालन आदिबाट यसले प्रशस्त कृषिजन्य सामान उत्पादन गर्दछ ।