भर्खरै :

चीन भ्रमणबारे संस्मरण – ५

नारायणमान बिजुक्छें (रोहित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा २०५२ भदौ ३–११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँले करिब दुई हप्ता प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबारे का. रोहितको संस्मरण प्रकाशित छ – सं.)
रासायानिक उद्योग, पेट्रोल, कोइला र नुन आदिमा तथा मेसिनरी, कपडा, इलेक्ट्रोनिक्स, घर निर्माणको लागि चाहिने सामान, खानेकुराको उद्योग फस्टाउँदै गएको छ । खनिजमा कोइला र पेट्रोल मुख्य हुन् भने सेवामा पर्यटन, बैङ्क र व्यापार पर्दछ । यहाँ वर्षको ७ लाख पर्यटकहरू आउँछन् र व्यापारमा भन्ने हो भने १३ अर्बको विदेश व्यापार हुन्छ ।
पार्टी र सरकारले आर्थिक सुधारको नीति लागू गरेको हुँदा यस प्रान्तमा २० हजारभन्दा बढी संयुक्त लगानीका कलकारखानाहरू खुल्दैछन् । त्यसमध्ये ८ हजार संयुक्त लगानी चालू भइसकेको छ । चियाङ्गसु प्रान्तमा खास गरेर सानो र मध्यम उद्योगको बाहुल्यता छ । यहाँ ठूलो रासायनिक मल कारखाना पनि छ । तर भोलि तपाईंलाई एउटा सानो कलकारखाना हामी देखाउँदै छौं ।’’
हिजो निङ्गपोका जनसरकारका विदेश विभागका निर्देशक ह–चेङ्गले जस्तै आज च्याङ्गसु प्रान्तका विदेश मामिलाका निर्देशक र प्रतिनिधिसभाका सदस्य उ तोङ्गह्वाले पनि नेपालको मुख्य मुख्य उत्पादन र कच्चामालबारे सोध्नुभयो । मैले उहाँहरूलाई पहिले नेपाल भ्रमण गर्नुहोला, हामी तपाईंहरूको स्वागत गर्छौँ, चीनको प्रविधि, पुँजी र अनुभवबाट नेपाली जनता पनि फाइदा उठाउन चाहन्छन् भनेँ । उहाँहरूले हाम्रो निमन्त्रणालाई खुसी भएर समर्थन गर्नुभयो र सकारात्मक उत्तर दिनुभयो ।
खानाका नयाँ नयाँ परिकारहरू चाख्दै कुराकानी अगाडि बढ्दै गयो । नेपाल र चिनियाँ जनताको मैत्री अगाडि बढाउन र चिनियाँ जनताको उत्तरोत्तर प्रगति र स्मृतिको कामना गर्ने दोस्रो टोष्ट प्रस्ताव राखेँ ।
तानयाङ्ग नगरतिर
८ भदौ २०५२ शुक्रबार (२५ अगष्ट १९९५) बिहान ८.१५ बजे हामी तान्याङ नगर (Danyang City) मा रासायनिक मल कारखाना हेर्न नानचिङ्गबाट गयौं । तानयाङ्ग नगरतिर पुग्न चेनच्याङ्ग नगर (Zhenjiang Municipality) को बाटो भएर गयौँ । यसकारण हामी चेनच्याङ्ग नगर पुग्यौँ । त्यसबेला १०.१५ बजेको थियो । हामीले झण्डै ४० किलोमिटरभन्दा बढी दूरी नाघ्यौँ ।
मोटर चेनच्याङ्गको एक मुख्य होटलमा गएर रोकियो । त्यहाँ हामीलाई चेनच्याङ्ग नगरको जनसरकारको विदेश मामिलाका निर्देशक र विदेशी देशहरूसँग मैत्री सङ्घको उपाध्यक्ष र भूतपूर्व मेयर चोउ छिमिङ्ग (ZHOU QIMING, Director of Foreign Affairs Office of GHENJIANG Municipal Peoples Government, Vice President of ZHENJIANG peoples Association for Friendship with foreign countries) सँग परिचय गरियो । चेनच्याङ्ग नगरपालिकाका विदेश विभागका विभागीय प्रमुख (YUAN RU SONG, section chief। ) The Foreign office of Zhenjiang Municipality याङ्ग रु सोङ्गले ढोकामा हाम्रो स्वागत गर्नुभयो र हामीलाई तान्याङ्ग नगरको जनसरकारको विदेश विभागका निर्देशक लु चेङ्ग पिङ्ग (Director Lu Zheng Ping, The Foreign Affairs office of the people’s Government of Danyang City) र तान्याङ्ग नगर जनसरकारको विदेश मामिलाको विभागीय प्रमुख काउ लिसिन (Section chief Cao Lixin. Foreign Affairs office Danyang Municipal Peoples Government ) सँग परिचय गराउनुभयो ।
अर्को कोठामा गएपछि चेनच्याङ्ग नगर जनसरकारको विदेश मामिलाको निर्देशक र विदेशीसँग मैत्री कायम गर्ने सङ्घका उपाध्यक्ष र भूतपूर्व मेयर चोउ छिमिङ (Zhou Qiming) ले नेपाली पाहुनालाई स्वागत गर्नपाएकोमा खुसी व्यक्त गर्नुभयो र त्यस मल कारखानाका मेनेजर हे शुन कुन (HE SHU Kun) सँग पनि परिचय गराउनुभयो ।
चोउ छिमिङले भन्दै जानुभयो – ‘‘तपाईं आज यस क्षेत्रको तीनवटा नगर हुँदै जानुहुनेछ । चेनच्याङ्ग नगरको जनसङ्ख्या २५ लाख छ र क्षेत्रफल ३ हजार वर्ग किलोमिटर छ । यो समुद्र किनारसँग पनि जोडिएको छ । त्यस बन्दरगाहमा ४०–५० लाख टनको जहाजसम्म आवत–जावत गर्नसक्छ र वर्षमा २ करोड टन सामान आयात निर्यात गर्दछ । प्राचीन कालदेखि बन्दरगाह र जहाजको यात्रामा नाम चलेको, याङ्गसी नदीको तेस्रो मुख्य बन्दरगाह र पेकिङ्ग तथा शाङघाईजस्ता प्रमुख औद्योगिक व्यापारिक एवम् राजनैतिक केन्द्रसँग यसको सिधा यातायात रेल तथा सडक मार्गबाट जोडिएको छ । चेनच्याङ्ग उद्योग, पर्यटन र शिक्षामा अगाडि छ । रासायनिक कपडा, रेशम, मेसिनरी, बिजुलीसम्बन्धी कारखाना आदि यसका मुख्य उद्योगहरू हुन् । पत्थर कोइलाबाट बिजुली उत्पादन गरिन्छ ।
यहाँ सिङ्गसान विहार र तीन अधिराज्यका ऐतिहासिक स्मारक तथा अन्य दर्शनीय ठाउँहरू अनेक छन् । जापान, सिङ्गापुर र दक्षिण पूर्वी एसियाका अन्य मित्रहरू बरोबर त्यस विहारमा तीर्थयात्रा गर्न आउँछन् । अस्तिमात्र ९१ वर्षको एक भिक्षु (उपासिका) सिङ्गापुरबाट आउनुभएको थियो ।
शिक्षा र संस्कृतिको क्षेत्रमा चेनच्याङ्ग अगाडि छ । यहाँ ६ वटा विश्वविद्यालय छन् । उद्योग, जहाजनिर्माण, चिकित्सा आदि विभिन्न विषयका विश्वविद्यालयहरू बढी प्रसिद्ध छन्  ।
आर्थिक क्षेत्रमा खुला र सुधारको नीति लिएपछि चेनच्याङ्गले बढी प्रगति गर्न सकेको छ । यहाँ २००० भन्दा बढी संयुक्त लगानीको योजना कार्य भइरहेको छ र ५ अर्ब डलरको यहाँ लगानी हुँदैैछ । थाइवानको एक कम्पनी एक्लैले २० लाख टन सिमेन्ट उत्पादन गर्छ । चेनच्याङ्गमा ढुङ्गाका पहाडहरू भएको हुनाले सिमेन्ट कारखानामा धेरै विकास भएको हो ।
जापान, ब्राजिल, टर्की, क्यानाडा, सिङ्गापुर, थाइल्याण्ड अब नेपालजस्तो दक्षिणपूर्वी एसियाका अन्य नगरहरूसँग पनि यसको दिदी–बहिनीको सम्बन्ध छ ।
कुराकानीमै १०ः३० बज्यो । एकछिन आराम गरेर हामी तान्याङ्ग नगरको मल कारखाना हेर्न गयौँ । तर त्यहाँदेखि रातो बत्ती बल्ने र माइकलबाट खबरदारी गर्ने प्रहरी भ्यान अगाडि–पछाडि राख्दै हाम्रो ५–६ वटा मोटरको यात्रा सुुरु भयो । नानचिङ्ग नाघेपछि नै हाम्रो पछाडि एउटा प्रहरी कार आइरहेको थियो ।
तान्याङ्गको रासायनिक मल कारखाना
प्रहरी गाडीले अन्य यातायात साधनहरूबीच बाटो बनाउँदै दु्रततर बेगमा हाम्रो दललाई अगुवाइ ग¥यो । अन्य एउटा ठाउँको कार्यक्रममा समेत जानु परेको हुनाले १५ मिनेटभित्र हामीले ४० किलोमिटर पार ग¥यौँ र १०.४५ मा हामी कारखाना पुग्यौं । कारखानाको मुख्य द्वारमै नेपाली मित्रलाई स्वागत भनी ठूल्ठूला अक्षर लेखिएको थियो । कारखानाको ढोकादेखि नै टीभी र अन्य समाचार माध्यमका प्रतिनिधिहरू बसेका थिए । तान्याङ्ग नगरका (चियाङ्गसु प्रान्त) जनसरकारका उपमेयर उ चि यो (WU ZHI YOU, Vice Mayor. The Peoples Government of Danyang City, Jiyangsu Province ) ले नेपाली पाहुनालाई स्वागत गर्न तयार भएर रहेको बताउनुभयो ।
तान्याङ्ग नगर जनसरकार र कारखानाका अन्य पदाधिकारीहरूको परिचय गराउनुहुँदै उपमेयर उ चि योले आफ्नो नगरको परिचय दिँदै जानुभयो – ‘‘तपाईंको आगमनबारे प्राचीन नगरका ८ लाख जनतालाई हामीले सूचना गरेका छौँ, हामीले तपाईंको यात्रालाई ठूलो महत्व दिएका छौँ । तपाईंको चीनको भ्रमण र बसाइ सुखमय र रमाइलो होस् र तपाईंको सुस्वास्थ्यको कामना गर्दछौँ ।’’ औपचारिक कुराकानीपछि मल कारखानाका विषयमा कुराकानी भयो ।
तान्याङ्ग रासायनिक मल कारखानाका महाप्रबन्धक हे शु कुन (HE SHU Kun) ले आफ्नो कारखानाको बारेमा बताउनुभयो – ‘‘कारखानाको तर्फबाट यहाँ काम गर्ने जनता र कामदारहरूको तर्फबाट पनि म तपाईंलाई यस कारखानामा स्वागत गर्दछु । यो कारखाना तीन तहमा विकास भएको हो । यसको स्थापना १९५८ मा भएको थियो । सुरुमा यसले २००० टनमात्रै रासायनिक मल उत्पादन गर्दथ्यो । १९७० मा यसले थप विकास ग¥यो र १९७० पछि यसले पेट्रोलबाट पनि रासायनिक मल बनाउन थाल्यो । अहिले यसमा काम गर्ने मजदुरहरूको सङ्ख्या १९५० छ र यसको पुँजी १ अर्ब २० करोड यानको छ । यस कारखानाले जम्मा १५ किसिमको मल उत्पादन गर्छ । दोस्रो स्थितिमा यसले ९०, ००० टन उत्पादन गर्दथ्यो । अहिले यसले २४ घण्टा अर्थात् ३ पालो काम ग¥यो भने १ करोड ५० लाख टन उत्पादन गर्ने क्षमता राख्दछ । यो देशको मध्यम वा सानो उद्योगमा पर्दछ । यसको आफ्नै ३ देखि ६ हजार किलोवाट बिजुली निकाल्ने कारखाना छ । १ किलो मिटरको आफ्नै रेल छ । प्राविधिक कामदार ४०० जवान छन् । हाम्रो देशको नवौं योजनाअनुसार यस कारखानाले एक अर्ब १५ करोेड यानको उत्पादन बेच्ने लक्ष्य राखेको छ ।
१९७०–८० भित्रमा यसले ३०,००० क्युविक मिटर रासायनिक प्लेट बनाएको थियो । यस वर्षको अक्टोबरसम्ममा यसले २० करोड यानको उत्पादन गर्नेछ । यो देशको ६ वटा नाउँ चलेको कारखानामध्ये एक हो र यस कारखानाको मल किसानहरू सा¥है मनपराउँछन् । ’
मल केको बन्छ र कसरी बन्छ भन्ने मेरो जिज्ञासालाई महाप्रबन्धक हे शु कुनले यसरी स्पष्ट पार्नुभयो –‘‘ यो पत्थर कोइलाको कच्चामालबाट बन्छ । यसले विषालु पदार्थलाई हटाउँछ र एमोनिया उत्पादन गर्दछ । अनि त्यसलाई अन्य वस्तुसँग रासायनिक प्रक्रियामा लैजान्छ । (द्वेभाषीलाई नेपाली प्राविधिक शब्दहरू आएन ।) १ टन मल उत्पादन गर्न १ करोड ३० लाख किलोवाट विद्युत् शक्ति चाहिन्छ । वर्षमा यस कारखानाले मल उत्पादन गर्न १ करोड ३० लाख किलोवाट विद्युत् उपभोग गर्छ ।’’
यहाँको मलको मूल्य आदिबारे सोध्दा उहाँले सालाखाला भन्नुभयो–‘‘५० किलो एमोनियम मल भएको एक बोरालाई सालाखाला २५ यान अर्थात् २०० रुपैयाँ वा ४ अमेरिकी डलर पर्दछ ।
यहाँको मलमा १७ प्रतिशत नाइट्रेट र बोराको जम्मा भार ५० किलो हुन्छ ।
कुराकानीपछि हामी कारखाना हेर्न गयौँ । कोइलाको विषालु पदार्थ झिक्ने, अन्य पदार्थ मिलाउने, फोहर पानी सफा गर्ने र चिसो पार्ने, मल बोरामा आउने आदि प्रक्रियाहरू हे¥यौँ । मलको कारखाना पनि सा¥है गन्हाउने अनुभव ग¥यौँ ।
पेट्रोलियमबाट बन्ने मल कारखानाको स्थापना गर्न चाहिने मूल्यबारे सोध्दा ८० लाख डलर वा ६ करोड यान पर्छ भन्ने अनुमान गरियो ।
१९६० मा मैले शाङ्घाईमा कागज कारखाना हेरेको थिएँ, पछि चिनियाँ सरकारकै सहयोगबाट नेपालमा भृकुटी कागज कारखाना स्थापना भयो । पहिलोचोटि रासायनिक मल कारखाना हेर्न पाउँदा मलाई सा¥है खुसी लाग्यो । चीनसितको संयुक्त लगानीमा भए पनि तान्याङको जस्तो रासायनिक मल कारखाना नेपालमा खोल्नु आवश्यक छ भन्ने मनमा लागिरह्यो । नत्र हामी नेपाली जनता र किसानहरूले हरेक वर्ष र हरेक मौसममा मलको अभाव र हाहाकार झेल्दै जानुपर्नेछ । कृषिप्रधान देशमा रासायनिक मलमा आत्मनिर्भर नभई कृषिको यथोचित विकास कसरी सम्भव हुन्छ भन्नेबारे सदन र सडकमा प्रश्न उठिरहेकै छ । कारखानाको अवलोकनपछि हामी कारखानाकै होटेलमा एकछिन आराम गर्न गयौँ र कारखानाकै भान्छा घरमा खाना खायौँ । मेरो प्रश्नहरूको उत्तर दिनुहुँदै उपमेयर उ चि योले भन्नुभयो – ‘‘मेरो वार्षिक भत्ता पनि यस कारखानाको महाप्रबन्धककै जस्तै ७–८ सय यानमात्रै पुग्छ, हामी त राजनैतिक कार्यकर्ता हौँ । देशमा २४०० जिल्ला छन् त्यसमध्ये उत्पादन, पुँजी, शिक्षा–संस्कृति आदि हेर्दा यो ३६ नम्बरमा पर्दछ । आम्दानी कर, अन्तशुल्क, खुद्रा कर, सञ्चालन कर, उत्पादन कर आदि नै नगरपालिकाको आम्दानीको स्रोत हो । स्थानीय कर २४ प्रतिशत लिइन्छ ।’’
यस्ता कुराहरू मनमा खेलाउँदै तान्याङ्ग मल कारखानाका मित्रहरूसँग बिदा लिएर हामी १२.३० मा ‘चिया फाई’ भन्ने गाउँ हेर्न गयौँ । अगाडि मोटर भ्यान र अन्य ४–५ वटा गाडी बेतोडले गुड्न थाल्यो । मोडमोडमा प्रहरीहरू वाकीटाकी लिएर तैनाथ थिए । गाउँ र बस्ती हुँदै हाम्रो दल बढ्दै गयो ।
चिया फाइ गाउँ
नयाँ आर्थिक सुधार र खुला नीतिपछि विकास गरेको गाउँमध्ये यो गाउँ पनि एक मानिन्छ । ५ वटा नगर हेर्दै हामी २.४५ मा त्यस गाउँमा पुग्यौँ । वास्तवमा अब यो गाउँ गाउँ नभनी नारायणघाट, हेटौंडा, महेन्द्रनगर, राजविराजभन्दा राम्रो र व्यवस्थित नगर हो ।
चिया फाई गाउँका उपप्रधान का. लिले हाम्रो स्वागत गर्नुभयो र आफ्नो गाउँको प्रगतिबारे बताउनुभयो – ‘‘१९९२ को आधा आधीमा यहाँ आर्थिक सुधार र खुला नीतिअन्तर्गत काम सुरु भएको हो । सानो पुँजीबाट सुरु गरिएको थियो । आज यस गाउँको प्रतिव्यक्ति आम्दानी ३ हजार यान छ । यसको जनसङ्ख्या १९ हजार छ । यहाँ एक जनालाई ४०० देखि ६०० वर्गमिटर खेतीको निम्ति जग्गा पाउँछ । जग्गा सरकारको हो र हरेक किसानलाई केही रकम लिएर निजी काम गर्न दिइएको छ । यस गाउँलाई ‘प्रतिनिधि गाउँ’ भनिए तापनि यो नमुना गाउँ चाहिँ होइन । तर १ देखि ६ स्तरमध्येको यो पनि एक हो । चेनच्याङ्ग क्षेत्रमा भने यो गाउँ अगाडि छ । अहिले यस गाउँमा उद्योग, पानी, आवास क्षेत्र, बिजुली, व्यापार, बैङ्क, शिक्षा, संस्कृति र यातायात तथा सञ्चारको राम्रो प्रबन्ध छ ।
२५ प्रतिशत गाउँमा यातायात पुगेको छ । ४० किलोमिटर नयाँ सडक सुविधा उपलब्ध छ । ३८ प्रतिशत किसानहरूले मोटर प्रयोग गर्छन् । १९९५ जुलाईमा टेलिफोन वितरण भएको थियो , ११० घरमा टेलिफोन छ, सेवा उपलब्ध छ र हरेक घरमा बिजुली र टीभी छ, ६० देखि ८० प्रतिशत किसानहरू ग्यासको चुलो प्रयोग गरेर भात पकाउँछन् । यहाँ निजी ट्याक्सी कम्पनी छ । अहिले २५ प्रतिशत किसानहरूसँग दुईतले ५–५ कोठाको आधुनिक घरहरू छन् ।
गएको वर्षमा यस गाउँको औद्योगिक उत्पादन मूल्य ६० करोड यानको थियो र यस वर्ष ८० करोडको हुनेछ । बैङ्कमा व्यक्तिगत खाताहरूमा १० करोड यान जम्मा गरिएको छ र प्रतिव्यक्ति सालाखाला वार्षिक आम्दानी ५ हजार यान पुग्छ ।’’
यस्तो धनी हुन यहाँका किसानहरूले के काम गरेका छन् भन्ने प्रश्नको उत्तरमा का.लिले भन्नुभयो ‘‘सेवा उद्योग, उद्योग र कृषि नै यहाँको मुख्य काम हो । सेवा उद्योग भन्नाले व्यापार र अन्य काम हो – मोटरको पार्टपुर्जा, प्लास्टिक र रासायनिक वस्तुको व्यापार गर्नु । दोस्रो हो – ती वस्तुहरूको उत्पादन गर्नु । १८ प्रतिशत किसानहरूमात्रै कृषिकार्यमा लाग्छन् । पूर्वी चीनको बिजुलीका सामान उत्पादनमा यस गाउँको महत्व छ । ८० प्रतिशत श्रम शक्ति व्यापार र उद्योगमा छन् । २००० मानिसहरू व्यापार गर्छन् । यहाँ थाइवान र जापानको संयुक्त लगानीका उद्योगहरू छन् । सांस्कृतिक गतिविधि, नाचगानको निम्ति राम्रो भवन र खेलकुदको निम्ति रङ्गशालाको बन्दोबस्त छ । अर्को वर्षसम्ममा ८० प्रतिशत मानिसहरूले नयाँ घर बनाउनेछन् । कारखानाहरू सामूहिक छन् ।
व्यापार र उद्योग गर्नेहरू कसरी किसान भए भन्ने मेरो प्रश्नको उत्तरमा भन्नुभयो– ‘‘खेतीको काम धेरै दिनसम्म हुँदैन र खेतीको मौसममा खेतीमा लाग्दछन् ।’’
२ तले ५ वटा कोठा भएको राम्रो आधुनिक घर कसरी बनाउनुभयो भन्ने प्रश्नको उत्तरमा ३६ वर्षीय गृहिणीले भनिन्– ‘‘मेरो लोग्ने व्यापार गर्नुहुन्छ, म एउटा कम्पनीमा काम गर्छु, मैले १० कक्षासम्म पढेकी छु, यस्तो काम स्कूलमा आफैले सिकेको छ । महिनाको ५०० यान तलब छ र घर बनाउन २–३ लाख यान लाग्यो ।’’
१२ वर्ष र ६ वर्षको केटाकेटी भएको त्यस परिवारको घर, फर्निचर र अन्य बन्दोबस्त हेर्दा नेपाली अर्थमा साधारण किसानको घर भनिंदैन । यस्तो किन भयो भन्ने मेरो प्रश्नको उत्तरमा का. लिले आफू पार्टीका सदस्य भएको र कृषिमा पूर्ण यान्त्रीकरण भएको छ भन्नुभयो र ३ः३० बजे त्यहाँबाट बिदा लियौँ र ६ः३० बजे नानचिङ्गको होटेलमा पुग्यौँ ।
नानकिङ नरसंहारको सम्झना
नानकिङ, ३ डिसेम्बर । चीनको नानकिङस्थित जापानी हमलाकारीले गरेको नानकिङ नरसंहारको स्मारकअघि उभिएर शि स्युयिङ सुकसुक रुँदै सो घटनामा परी गुमाएका आफ्ना परिवारका सदस्यको सम्झना गरिरहेकी थिइन् ।
“मेरा पिताजीलाई गुमाएको ८१ वर्ष भइसकेको छ । तर अझै पनि उहाँहरू मेरो हृदयमा हुनुहुन्छ ।” उनले भनिन् ।
नानकिङ नरसंहारमा मारिएका चिनियाँ जनताका आफन्तजनले सोमबारदेखि चरणबद्ध रुपमा विविध कार्यक्रम गरी स्मरण गर्दैछन् । उनीहरूले स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने, दियो बाल्ने र स्मारकमा खोपिएका अक्षरहरू पढेर आफ्ना आफन्तजनको सम्झना गरिरहेका छन् ।
अहिले ९१ वर्षकी शिका पिता ८१ वर्षअघिको सो घटनामा परी मारिएका थिए ।
नानकिङ हत्याकाण्डबाट जोगिएका अर्को ९१ वर्षका यु चाङस्याङका पिता पनि सोही घटनामा मारिएका थिए । उनको पिताको लाससमेत बेपत्ता भएको थियो ।
“भित्तामा खोपिएका यी नाममै हामी शोक मनाउने गर्दछौं ।” उनले भने । “मेरो बुबा नानकिङ नरसंहारको इतिहास नयाँ पुस्ताका युवाहरूलाई सुनाउनुपर्नेमा जोड दिइरहनुहुन्छ । विगतको सम्झनाले मात्र हामीले आजको जीवनको महत्व बुझ्नेछौं भन्ने उहाँको विचार हो ।” युकी छोरी यु ह्युरुले भनिन् ।
“नानकिङ नरसंहारमा कति धेरै मानिसले आफ्नो ज्यान गुमाउनुप¥यो । कतिले आफन्त गुमाउनुप¥यो, परिवार गुमाउनुप¥यो । चिनियाँ जनताले भोगेको त्यो पीडा हामीले सम्झनुपर्दछ । अनि निकै मिहिनेत गरी प्राप्त भएको आजको शान्तिलाई बुझ्न त्यो पीडाबारे हामीले बुझ्न जरुरी छ ।” नानकिङ स्याओचुआन विश्वविद्यालय सम्बद्ध नं १ प्राथमिक विद्यालयका विद्यार्थी लु चिङहानले भने ।
सन् १९३७ को डिसेम्बर १३ मा जापानी उपनिवेशवादी सेनाले चीनको नानकिङ सहर कब्जा गर्ने क्रममा सो सहरका तीन लाख सर्वसाधारण चिनियाँ जनताको हत्या गरेको थियो । जापानी सेनाले लगातार छ सातासम्म नरसंहार मच्चाएका थिए ।
सन् २०१४ को फेब्रुअरीमा बसेको चिनियाँ सर्वोच्च व्यवस्थापिकाको बैठकले हरेक साल डिसेम्बर १३ लाई नानकिङ नरसंहार स्मरण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *