भर्खरै :

स्वास्थ्य स्वयंसेविका असल सामाजिक कार्यकर्ता

भक्तपुर, १९ मंसिर । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा स्वस्थ समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ जनस्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बुधबार १५ औं राष्ट्रिय स्वयंसेवक दिवस सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजको समस्या राम्ररी बुझ्ने स्वयंसेवक सामाजिक कार्यकर्ता हुने र सामाजिक कार्यकर्ता राजनैतिक कार्यकर्ता भएर समाजको सेवाको निम्ति लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रअनुसार घरदैलो नर्सिङ सेवाको प्रारम्भ गरेको छ । नगरवासीको रोग पहिचान गरी त्यहीअनुरूप सहज स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका अग्रसर छ । नगरवासीको आवश्यकताअनुसार स्वयंसेविकाहरूले काम गर्नु आवश्यक छ ।”
प्रमुख प्रजापतिले विद्यार्थीलाई स्वास्थ्य सेवा दिन प्रत्येक विद्यालय तथा कलेजमा नर्सिङ वा डाक्टरमार्फत निरन्तर सेवा दिने सोचका साथ भनपाले कार्य गरिरहेको जानकारी दिनुभयो ।
समाजको तल्लो वर्ग र गरिब जनताको सेवा गर्ने लक्ष्यसाथ नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै उहाँले पैसा कमाउने भन्दा जनताको सेवा गर्ने सोचका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले घरदैलो नर्सिङ सेवाले नगरवासीको सेवा, वडा–वडाको समस्या पहिचान र तथ्याड्ढ सड्ढलनको काम भइरहेको बताउनुभयो । उहाँले नगरवासीको स्वास्थ्य अवस्था बुझ्न र नपाको नीति तथा कार्यक्रम तर्जुमा गर्न पनि यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जनस्वास्थ्य केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले स्वयंसेविकाहरूले जनताको सेवा गरिरहेको र वडा नर्सिङ परिचालनको उद्देश्य समाजका ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबच्चा तथा गरिब जनताको सेवा गर्नु रहेको बताउनुभयो ।
कार्यपालिका सदस्यद्वय सुनिता अवाल र छोरीमैयाँ सुजखूले नर्सिङ सेवा मानवीय धर्मसँग सम्बन्धित कार्य भएको हुँदा आ–आफ्नो क्षेत्रमा इमानदारीपूर्वक काम गर्न मार्गनिर्देशन गर्नुभयो ।
कार्यक्रममा महिला स्वयंसेविका अध्यक्ष तारादेवी धन्छा, जमुना काफ्ले, कमलकेशरी शिल्पकार र रचना सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट तीन स्वयं सेविका लक्ष्मीकेशरी तुईतुई, रहनसिला ग्वाछा र सरोजा अवाललाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *