भर्खरै :

नेक्राविसङ्घ स्थापना दिवसको अवसरमा वक्तृत्वकला

भक्तपुर, १९ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ १३ औं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा बुधबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले अन्याय–अत्याचारविरूद्ध बोल्नु पनि राजनीति हो भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पुँजीवादी व्यवस्थामा बहुमत कामदार जनतालाई अल्मपत पुँजीपति वर्गले शोषण गर्ने हुँदा समाजवादी व्यवस्था स्थापनाको लागि राजनीतिकरूपमा सचेत रही विद्यार्थीकालदेखि नै साङ्गठनिक गतिविधिमा लाग्नुपर्छ ।’’
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले राजनीतिक गतिविधिमा लाग्ने विद्यार्थी शैक्षिक एवं व्यवहारिक रूपमा अब्बल हुुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजन अवालको सभपातित्वमा भएको कार्यक्रममा निर्णायकको तर्फबाट हरिप्रसाद बाँस्तोला र आयोजक समितिका सबिता त्वानाबासूले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा बागीश्वरी माविका कृतिका अधिकारी पहिलो, तारा माविका सानिया देशेमरू दोस्रो र ख्वप्रिङ स्कूलका अस्मिता कस्ती तेस्रो स्थान प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *