प्रिटोरिया, ४ डिसेम्बर । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरेल रामाफोसाले मङ्गलबार आर्थिक वृद्धिमा सुधार गर्न र जनताको जीवनस्तर वृद्धि गर्न ब्रिक्स देशहरूलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
प्रिटोरियामा आयोजित ब्रिक्स प्लस देशका राजनीतिक पार्टीहरूहरूको सम्मेलनमा ब्रिक्स देशका सत्तासीन दलहरूको सहभागिता थियो ।
उहाँले सुन्दर विश्व व्यवस्था निर्माण गर्नको लागि विश्वभरबाट आएका ब्रिक्स देशका राजनीतिक दलले संसारसामु देखिएका चुनौतीको सामना गर्न प्रगतिशील दृष्टिकोण अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभयो ।
उनले ब्रिक्स देशहरू बहुलवाद, स्वच्छ र खुला व्यापारको पक्षमा उभिंदै आएको सहभागी नेताहरूबीच प्रस्ट पार्नुभयो ।
कार्यक्रममा दक्षिण अफ्रिकी अफ्रिकी नेशनल कांग्रेसका महासचिव एस गसुलेले आ–आफ्नो देशको आर्थिक विकास तथा विश्वको अर्थतन्त्रमा सुधार ल्याउन सबै देश र राजनीतिक दले सक्रियतापूर्वक काम गनुपर्नेमा जोड दिनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका निर्देशक सोङ ताओले पनि सो सम्मेलनमा ब्रिक्स देशका राजनीतिक पार्टीहरूबीच आपसी सम्बन्धको महत्वबारे बोल्नुभएको थियो ।
तीन दिन चल्ने सो सम्मेलनमा आर्थिक विकास, बहुलवाद, चौथौ औद्योगिक क्रान्ति, शान्ति र स्थायित्वबारे विचारविमर्श हुने बताइएको छ ।