लि पोचाओ
(लि पोचाओ चिनियाँ जनराजनैतिक सल्लाहकार सम्मेलनको राष्ट्रिय कमिटीको स्थायी समितिमा हुनुहुन्छ । उहाँ अखिल चीन महिला सङ्घको कार्यकारिणी समितिका सदस्य हुनुहुन्छ । उहाँको उमेर ७० वर्षभन्दा बढी छ । पक्षघातले गर्दा उहाँको दाहिने खुट्टा आंशिक रुपमा चलेको छैन । उहाँ दिनदिनै पढ्ने, लेख्ने र शारीरिक व्यायाम गर्नुहुन्छ । १९७९ र १९८२ का बीचमा लिले लामो अभियानको पृष्ठभूमिमा आधारित ‘अघि लम्कनु’ नामक एक क्रान्तिकारी नाटक लेख्ने र पूरा गर्ने काममा एक नाटककार समूहको नेतृत्व गर्नुभयो । हालका वर्षहरूमा उहाँले आफ्नै क्रान्तिकारी संस्मरणको सम्बन्धमा केही लेख्नुभएको छ । उहाँका पति याङ शाङखुन राष्ट्रिय जन–काङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष र सैनिक आयोगका उपाध्यक्ष हुनुहुन्छ । उक्त दम्पतिले ५० वर्षभन्दा बढी समयदेखि एक अर्काको जीवन र काममा भाग लिएको छ ।)
डिसेम्बर १९३१ मा म च्याङ्शी प्रान्तको रुईचीनमा लाल चीनको सम्पादकमण्डलमा काम गर्दै थिएँ । त्यसताका क्वोमिन्ताङ सैनिकहरूले दक्षिणी च्याङ्शी र पश्चिमी फूच्यानमा रहेको केन्द्रीय क्रान्तिकारी आधार क्षेत्रमा व्यापक हमला गरिरहेका थिए ।
एकदिन बिहान सबेरै भुइँ बढार्ने, टेबुल पुछ्ने र सफा उर्दी पोशाक लगाउने काम सिध्याएर यसो फर्केर हेर्दा अध्यक्ष माओलाई कार्यालयतर्फ आइरहनुभएको देखेँ । उहाँले कपासको गद्दा भएको खैरो ओभरकोट लगाउनुभएको थियो । उहाँका आँखाहरू चहकिलोसित चम्किरहेका थिए । उहाँ दरो र फूर्तिलो हुनुहुन्थ्यो । कोठाभित्र पस्नासाथ उहाँले क्वोमिन्ताङ–नियन्त्रित इलाकाहरूबाट पठाइएका खबरहरू हेर्न माग्नुभयो । मैले उहाँको अभिवादन गरेँ । उहाँमा थकाइको रत्तिभर चिह्न थिएन । उहाँ निकै ताजा देखिनुहुन्थ्यो । उहाँ रातभरि काम गरिराख्नुभएको मलाई थाहा थियो किनभने त्यो उहाँको बानी थियो । मैले छिटोसित दस्तावेजहरूको मुठा खोलेर अघिल्लो राति पाएका टेलिग्रामहरू उहाँलाई दिएँ । उहाँले एउटा लामो बेञ्चमाथि बसेर ती टेलिग्रामहरू पढ्नुभयो ।
एकछिनपछि उहाँले सोध्नुभयो ः ‘‘क्वोमिन्ताङ २६ औं मार्ग सेना विद्रोह गरेर लाल सेनासित मिल्न आएको छ भन्ने कुरो के तिमीले थाहा पायौ ? ’’
‘‘ थाहा पाएँ, ’’ मैले जवाफ दिएँ ।
२६ औं मार्ग सेनालाई प्रतिक्रियावादी क्वोमिन्ताङले हामीमाथि हमला गर्न पठाएको थियो तर १० हजार जवानहरू भएको पूरै सेनाले जापानको विरुद्ध प्रतिरोध गर्ने हाम्रो आह्वानको जवाफमा च्याङशी प्रान्तको निङ्तुमा विद्रोह ग¥यो ।
‘‘१० हजारभन्दा बढी जवानहरू ! ’’ अध्यक्ष माओले आश्चर्य मान्दै भन्नुभयो । ‘‘यस्तो घटना पहिले कहिल्यै पनि घटेको छैन । यो एक महान र पूरै अभूतपूर्व विजय हो ।’’
उहाँले मलाई के भन्नुभयो भने २६ औं मार्ग सेना वास्तवमा क्वोमिन्ताङको आफ्नै सेना होइन, बरु पहिले उत्तर–पश्चिमी चीनमा युद्ध–सरदारहरूको एक स्थानीय सेना रहेको थियो । उहाँलाई खबरहरू पढ्नमा खलबल होला भन्ठानेर सुस्तरी आफ्नो पुछ्ने कपडा र कुचो टिपेर म बाहिर जान लाग्दा उहाँले मलाई बोलाउनुभयो ।
“के तिमीलाई बताइसकेको छ ? उनीहरूलाई स्वागत गर्न पठाउन म एक क्रान्तिकारी प्रचार दल गठन गर्न चाहन्छु । उनीहरू उत्तरबाट आएका सिपाहीं हुन् र हामी दक्षिणमा बस्नेहरूको झैँ उनीहरूको भात खाने बानी छैन । उनीहरूको पेट गडबड हुनेछ र त्यसैले उनीहरूलाई असुविस्ता हुनेछ । हामीले गएर उनीहरूसित भेट्नुपर्छ र त्यहाँ केही राजनैतिक काम गर्नुपर्छ, केही गीत गाएर, एकाध नाटकहरू देखाएर उनीहरूलाई सजिलो अनुभव गराउनुपर्छ ।’’
‘अहिले उनीहरू कहाँ छन् ?’
‘‘उनीहरू रुईचिन च्यूपाओ नजीक छन् तर उनीहरू बेग्ला बेग्लै ठाउँहरूमा रहेका छन् । हामीले उनीहरूलाई लालसेनाको पाँचौं सैन्य–दलमा फेरिसकेका छौँ र १३ औं, १४ औं र १५ औं तीन डिभिजनमा बाँडेका छौँ । तिमी पहिले च्यूपाओमा १५ औं डिभिजन रहेको ठाउँमा जानुपर्छ । कामरेड च्यो छ्वान त्यहाँ पुगिसक्नुभएको छ ।’’
‘‘के त्यहाँ उहाँ एकजनामात्र हुनुहुन्छ ? ’’
‘‘होइन, कामरेड ल्यू पोच्यान पनि त्यहाँ हुनुहुन्छ । पाँचौं सैन्य–दलको राजनैतिक विभाग उहाँको जिम्मामा छ ।’’
सोध्नुपर्ने कतिपय सवालहरू बाँकी थिए, तर अध्यक्षले मलाई गएर तयार हुनु भन्नुभयो । उहाँ छिट्टै पार्टी केन्द्रीय कमिटीको कार्यालयमा फर्कनुभयो ।
भोलिपल्ट बिहान, केन्द्रीय सरकारी राजनैतिक सुरक्षा विभागमा काम गर्नुहुने कामरेड हू ति र कामरड छ्येन च्याङफाई बिहानको जलपान सिध्याएर मलाई खोज्न आउनुभयो । उहाँहरूले मलाई के बताउनुभयो भने एक प्रचार दलको गठन भइसकेको छ र सो दल त्यही दिन रवाना हुनेछ । हामी तुरुन्त अध्यक्ष माओलाई भेट्न र आफ्नो प्रचार कार्य कसरी चलाउने भनी उहाँसित सोध्न गयौँ । एकजना गार्डले हामीलाई अध्यक्ष माओको कार्यालयमा लग्यो र त्यहाँ हामीले उहाँलाई टेबुलनिर बसेर हातमा लेख्ने ब्रुस लिई केही दस्तावेजहरू पढिरहनुभएको देख्यौँ । हामीलाई देख्नुभएपछि उहाँले आफ्नो ब्रुस तल राखेर हामीलाई लामो बेञ्चमा बस्न इसारा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘२६ औं मार्ग सेना प्रतिक्रियावादी क्वोमिन्ताङको आफ्नो सेना होइन । उनीहरूले कामरेड चाओ पोशङ र कामरेड तुङ चेन्थाङको नेतृत्वमा विद्रोह गरे र अब उनीहरूलाई हाम्रो पाँचौं सैन्य दलमा फेरिएको छ । यो महत्वपूर्ण र अर्थपूर्ण दुवै छ । यसले के सावित गर्छ भने क्वोमिन्ताङ सेना कदापि एक जब्बर ढिक्का होइन र तिनीहरूलाई फुटाउनु सम्भव छ । अवश्य पनि हामीले उनीहरूसित एकताबद्ध हुन, उनीहरूलाई क्रान्तिमा सामेल गराउन र उनीहरूलाई क्रान्तिकारी सेनामा फेर्न कोसिस गर्नुपर्छ । सबभन्दा महत्वपूर्ण कुरो के भने हामीले आम सिपाहींहरूको वर्ग–चेतनालाई उठाउनुपर्छ र कसको लागि लड्ने र कसको लागि आवश्यक परेमा आफूलाई बलिदान गर्न तयार हुने भन्ने कुरो उनीहरूलाई बुझाउनुपर्छ ।
हामीले आफ्नो टाउको हल्लाएर सहमति जनायौँ । अनि अध्यक्षले फेरि एकपल्ट जोड दिँदै भन्नुभयो ः ‘‘गीत गाउँदा वा नाटकहरू देखाउँदा उक्त विषयबाट विचलित नहुनुहोला ।’’
कामरेड हू तिले हाम्रो आफ्नो विचारलाई प्रतिध्वनित गरी भन्नुभयो ः ‘‘अध्यक्षज्यू, हामी तपार्इँको कुरोलाई अक्षरश ः पालना गर्नेछौँ । ’’ अध्यक्षले टाउको हल्लाउनुभयो अनि अरु सल्लाह हामीलाई दिनुभयो, ‘‘पानी पर्दा आवश्यक हुने आफ्ना सामानहरू लैजान नबिर्सनु होला ।’’
जब हामी प्रचार दलमा फर्केर आयौँ, हाम्रा साथीहरूले हामीलाई घेरे । उनीहरूले अध्यक्षले भन्नुभएको कुरो जान्न चाहे र तुरुन्त हामीसित सबैले प्रश्नहरू सोधे । कामरेड हू तिले अध्यक्षको सुझाव उनीहरूलाई बताउनुभयो र सबैजना ठूलो उत्साहले कुरा गर्न थाले ।
‘‘सम्भाषण बेस हुनेछ…….’’
‘‘अहँ, होइन । त्यो राम्रो हुँदैन । उत्तरमा रहनेहरू व्याले मनपराउँछन् ….’’
‘‘घाँगर लगाउनु वेस हुनेछ–हामी आफ्नो विचारलाई राम्ररी बुझाउन सक्छौँ ….’’
‘‘हामी सबैका बेग्लाबेग्लै स्थानीय उच्चारण गर्ने तरिकाहरू छन् । उत्तरमा रहनेहरूले हामीले भनेका कुरा बुझ्लान् भनी तपार्इँहरू ठान्नुहुन्छ त ? ’’
‘‘ठीक छ, कामरेडहरु । हामीले जनताबाट विचार प्राप्त गर्नुपर्छ । त्यहाँ नै गएर हामी विस्तृत रुपमा छलफल गरौँ ।” कामरेड हू तिले बोल्न सिध्याउनु भएपछि हामीले च्यूपाओतर्फ प्रस्थान गर्न तयारी ग¥यौँ ।
१५ औं डिभिजन कार्यालयमा पुगेपछि हामीले कामरेड च्यो छ्वानसित भेट्यौँ ।
‘‘तपार्इँहरू यहाँ आउनुभएकोमा म अति खुसी छु, तपार्इँहरू साँच्चिकै सर्वोत्तम दल हुनुहुन्छ,” कामरेड च्यो छ्वानले भन्नुभयो । सबैजना हाँसे ।
राजनैतिक निर्देशक ल्यू पोच्यान हामीलाई स्वागत गर्न निस्कनु हुँदा हामीहरू गोलाकार रुपमा बसिरहेका थियौँ । कामरेड हू तिले छिटोसित उहाँको अभिवादन गर्दै भन्नुभयो ः “निर्देशक ल्यू पोच्यानलाई रिपोर्ट दिँदैछु । प्रचार दलको हामी सत्रजनालाई अध्यक्ष माओले – यहाँ पठाउनुभएको हो । हामीले के गर्नुपर्छ बताउनोस् । हामी तपाईंको कमान अन्त गर्नेछौँ ।”
अनि निर्देशक ल्यूले हामीलाई १० हजार जवान रहेको ठाउँबारे बताउनुभयो । उहाँले भन्नुभयो ः “एउटा डिभिजन र त्यसको कार्यालय यहाँ नै छन् । अरु दुई डिभिजन र पुरानो २६ औं सेनाको कार्यालय यहाँबाट पर छैन । हामी के आशा गर्छौं भने तपार्इँहरूले हाम्रो लागि केही नाटकहरू देखाउनु र केही गीत गाउनुहुनेछ । तपाइँहरू अहिले मौकामा आउनुभएको छ । स्वागतम् ।’’
कामरेड च्यो वानले थप्नुभयो ः ‘‘तपाईँहरू सबैजना प्रचार कार्यमा अनुभवी हुनुहुन्छ । हामी तपार्इँहरूलाई आफूले सकेको मद्दत दिनेछौँ । केही चाहिएमा भन्नुहोेला ।’’
राजनैतिक विभागले हाम्रो मद्दतको लागि प्रचार–कार्यको निम्ति जिम्मेदार एकजना कार्यकर्ताको विशेष व्यवस्था गरेको थियो । हामी विभागको निवासस्थानमा बस्यौँ । कोठाहरु निकै सफा थिए र हाम्रो लागि तातो खाना तयार पारिएको थियो ।
त्यसदिन साँझ हाम्रो उत्साहपूर्ण सभा भयो । सर्वप्रथम हामीले ‘‘कसको लागि हामीले बलिदान गर्नुपर्छ ?’’ नामक नाटक देखाउने फैसला ग¥यौँ । कथानक यसप्रकारको छ ः त्यसमा एकजना क्वोमिन्ताङ सिपाहींको यात्रा वर्णन छ । सेनामा भर्ती गरिनुअघि ऊ एक तरकारी उत्पादक थियो । एकदिन ऊ तरकारी बेच्न सहरमा गयो । घर फर्कंदा बाटोमा सहरको प्रवेशद्वारमा रहेको चौकीले उसँग भएको सबै पैसा लियो । अनि उसले एक जमात क्वोमिन्ताङ सिपाहींहरू भेट्यो र उनीहरूले लालसेनाको विरुद्ध लड्न च्याङशी जाने क्वोमिन्ताङ टुकडीमा उसलाई जबरजस्ती भर्ती गरे । पछि उसलाई लालसेनाले गिरफ्तार ग¥यो । यसै बीचमा, उसकी स्वास्नी निराश र हरिकङ्गाल भई सडकमा घुम्दै रहिन् । बाँच्नको लागि तिनले माग्नुप¥यो । गहभरि आँसु गरेर तिनी गाउँथिन् ः
मसित अब रुनका लागि आँसु छैन ।
अहो ! प्रिय, के तिमी कहिले घर फर्कन्छौ ?
च्युयी पहाडमाथि सेता बादलहरू
थुप्रिन्छन् र छयाल्लब्याल्ल हुन्छन् ।
तुङथिङ सरोवरको पानीको लहर
उठ्छन् र बस्छन् ।
तर हाम्रो दिलमा रहेको चिन्ताको बादल
कहिल्यै बिलाउनेछैन,
र क्रोधको ज्वार
कहिल्यै सेलाउनेछैन
अहो ! प्रिय, के तिमी कहिले घर फर्कन्छौ ?
पछि क्वोमिन्ताङ सिपाहींलाई लालसेनाले उदारतापूर्वक यथेष्ट पैसा दिएर उसको आफ्नो गाउँमा उसको परिवारको खोजी गर्न पठायो । एउटा सडकको कुनामा लोग्ने र स्वास्नीको भेट भयो र दुःखले खारिएको खुसीमा उनीहरूले आफ्नो विछोड भएदेखि आफूले भोग्नुपरेका दुःखदहरूको वर्णन गरे । अझ पनि गहभरि आँसु गरेर उसकी स्वास्नीले लालसेनाजस्तो अनौठो सेना भएकोमा भाग्यलाई धन्यवाद दिइन् । आराम गर्न भनी एउटा परित्यक्त मन्दिरतर्फ उनीहरू गइरहेको बेलामा अकस्मात् एक बथान भोका हुँडारहरू देखापरेझैँ एक जमात क्वोमिन्ताङ सिपाहींहरू देखापरे । भर्खरै आपसमा भेटेका लोग्ने–स्वास्नी फेरि एकपल्ट छुटिनु प¥यो र दोस्रोपटक लोग्नेलाई लालसेनासित लड्न जबरजस्ती पठाइयो । स्वास्नीको लागि गाउँदै भिक्षा माग्ने जीवन बिताउनुबाहेक अर्को विकल्प रहेन ।
लोग्ने दोस्रोपटक लालसेनाद्वारा गिरफ्तार गरियो । यसपटक उसले घर नजाने फैसला ग¥यो । लालसेनामा सम्मिलित भएर उसले जनतालाई लुट्ने प्रतिक्रियावादीहरूको विरुद्ध आफ्नो बन्दुक सोझ्यायो । भूमिगत क्रान्तिकारीहरूले उसको स्वास्नीलाई सहायता दिई तिनलाई रुईचिन क्रान्तिकारी आधार क्षेत्रमा पु¥याए । त्यहाँ, अब लालसेनाका सिपाहीं बनिसकेको आफ्नो लोग्नेसित तिनको पुनर्मिलन भयो । लोग्ने र स्वास्नीले आखिरमा सुख पाए ।
उक्त नाटकको पूर्वाभ्यास गर्न हामीलाई एकदिनमात्र लाग्यो र पहिलेको क्वोमिन्ताङ २६ औं सैन्य–दलबाट आएका लालसेनाका नयाँ भर्तीहरूको लागि हामीले भोलिपल्ट साँझ त्यसलाई रङ्गमञ्चमा देखायौँ ।
गोधुली थियो । विशाल सैनिक जमघटको लागि, सम्पूर्ण नवनियुक्त १५ औं डिभिजन जवानहरू मैदानमा जम्मा भए । हामीले सामयिक प्रयोगको लागि रङ्गमञ्च बनायौँ । तर प्रकाशको लागि दियालो बाल्नुप¥यो र त्यो निकै सफल प्रमाणित भयो । प्रत्येक कम्पनी मैदानमा आएर घाँसमा बस्यो । बटालियन र रेजिमेन्टका कार्यकर्ताहरू अघिल्तिर बसे र डिभिजन कार्यालय र राजनैतिक विभागका कर्मचारीहरु दुईतिर बसे । सबैजना व्यवस्थित ढङ्गबाट बसे ।
जसै नाटक सुरु भयो, सारा दर्शकगण अभूतपूर्वरुपमा शान्त रहे । यो प्रदर्शन साधारण प्रदर्शनबाट फरक रहेको हामीलाई अनुभव भयो । हामीले दर्शकगणको भावलाई ठम्याउन सकेनौँ । कहिलेकाहीँ हामीले दर्शकगणबाट दुःखद रुवाइको आवाज वा लामो सुस्केराको आवाज सुन्यौँ । पर्दा खस्यो र मौनता कायम रह्यो । हामी सबैलाई अलि असजिलो लाग्यो ।
अचानक हामीले सबैतिरबाट ठूलो र स्पष्ट स्वरले ‘‘क्वोमिन्ताङ प्रतिक्रियावादीहरूको नास होस् ! ’’ र ‘‘लालसेना अमर रहोस् ! ’’ का नाराहरु लगाएको सुन्यौँ । एकछिनसम्म सम्पूर्ण स्थल उम्लिरहेको पानीको भाँडोजस्तो देखियो । नजीकका सल्लाका रुखहरूमा ठक्कर खाएको हावाको आवाजसित मिसिएका शक्तिशाली लडाकू नाराहरू चारैतिरका दर्शकगणबाट गुञ्जायमान भए र ती सबै मिलेर एक शक्तिशाली गर्जन बने ।
चालीस वर्षअघिका उक्त घटनाहरू हिजोमात्र घटेको जस्तो लाग्छ । हाम्रो सेनालाई हाम्रो क्रान्तिकारी लक्ष्य बुझाउनका लागि प्रचार कार्य गर्ने सम्बन्धमा हाम्रा सम्मानित तथा प्रिय अध्यक्ष माओले दिनुभएका उपदेशहरूलाई म कहिले पनि बिर्सन सक्दिनँ । उहाँका शब्दहरू मेरो निम्ति सधँैभरि प्रेरणा रहेका छन् ।
स्रोतः आफू जवान छँदा