भर्खरै :

वनजङ्गल सहकारिताका लागि दक्षिण कोरियाली अधिकारीहरू प्योङ्गयाङमा

सोल, २१ मङ्सिर  ः दक्षिण कोरियाली सरकारका विज्ञहरूको एक समूह उत्तर कोरियाको राजधानी प्योङ्गयाङ भ्रमणमा जाने भएका छन् । दुई कोरियाको वनजङ्गल सहकारिताको दक्षिण कोरियाली सरकारको एक समूह त्यहाँ पुग्न लागेका सोलस्थित एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।
वनजङ्गलसम्बन्धी दशजना विज्ञको एक प्रतिनिधिमण्डल तीनदिने भ्रमणका क्रममा आगामी ११ डिसेम्बरमा प्योङ्गयाङ पुग्न लागेको समाचारमा जनाइएको छ ।
दुई कोरियाबीच गत अक्टोबरमा भएको सम्झौताअनुसार दुई कोरियाबीचको यो सहकार्य शुरु हुन लागेको बताइएको छ ।
प्योङ्गयाङ जान लागेका यी दक्षिण कोरियाली प्रतिनिधिमण्डलले उत्तर कोरियामा बृक्षारोपणसमेत गर्ने बताइएको छ ।
दक्षिणी कोरियाली यी प्रतिनिधिमण्डलले उत्तर कोरियाका आफ्ना समकक्षीसँग कार्यप्रणाली स्तरको वार्ता गर्ने बताइएको छ ।
वार्ताका क्रममा जङ्गलमा लाग्ने रोगबाट कसरी बचाउने विषयमा छलफल हुने समाचारमा जनाइएको छ ।(रासस/सिन्ह्वा) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *