भर्खरै :

बैठक बहिष्कार अव्यवस्था अन्त्यको लागि होला त ?

काठमाडौं, २३ मंसिर । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रम भएको बेला एमालेका तत्कालीन वरिष्ठ नेता केपी ओलीलाई बालुवाटारको गेटमै रोकिएको थियो । केपी ओली एमालेको अध्यक्ष एवं पहिलोपटक प्रधानमन्त्री भएपछि झलनाथ खनाललाई बालुवाटारको गेटमा रोकिएको थियो । अहिले केपी ओली दोस्रोपटक प्रधानमन्त्री छन् । माओवादीसँग एमालेको एकता भएर नेकपा पनि गठन भयो । नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले सचिवालयको बैठक बोलाए । मंसिर २२ गते दिउँसो ३ः०० बजेको लागि बोलाइएको बैठकमा सहभागी हुन बालुवाटार पुगेका नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, माधवकुमार नेपाल १५ मिनेट कुर्दासम्म त बालुवाटारका कसैले टेरपुछ नलगाएपछि फिर्ता भए । त्यतिबेला ओली र प्रचण्ड दुवै बालुवाटारमै थिए ।
पुँजीवादी सरकारको भागवण्डा र ‘लुटपाट’ मा गएको नेकपाको चुनावी र पार्टी एकता देश र जनताको हितमा नभएको सुरूमै चर्चा चलेको थियो । अहिले पुष्टि हुँदैछ । एमाले–माओवादीको संयुक्त सरकार गठन भएको पुस ३ गते ११ महिना नाघ्दैछ । यो अवधिमा महँगी, भ्रष्टाचार बढ्यो, तस्कर र कालोबजार ‘खुला’ भयो । शान्ति सुरक्षा कमजोर भयो । सरकारकै संलग्नतामा आईएनजीओमार्फत इसाई धर्म प्रचार गरियो ।
एमाले–माओवादी एकताको सार सरकार आधा आधा समय खाने हो । सरकारको नेतृत्व गर्ने भनेकै भ्रष्टाचार र कमिसनको लागि हो । अर्को डेढ वर्षपछि प्रचण्ड प्रधानमन्त्री हुने अपेक्षा गर्दैछन् । तर ओली र प्रचण्ड दुई दुई पटक प्रधानमन्त्री खाने झलनाथ वा माधवकुमारले दाबी गर्दैछन् । वामदेव गौतम पनि प्रधानमन्त्री बन्न कुनै सांसदलाई राजीनामा गराएर भए पनि प्रयास गर्दैछन् । पुँजीवादी पार्टीमा पदको लागि तानातान हुने यथार्थ नेकपाभित्र पनि देखिँदै छ । मंसिर २२ गते नेकपाको सचिवालय बैठक नहुनुको सार ‘भाग खोज्दै हिँडेको’ चर्चा हुनुु अस्वाभाविक होइन ।
माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई दक्षिण कोरियाको आईएनजीओको एसिया प्यासिफिक सम्मेलन काठमाडौंमा गर्न नदिए पार्टी फोड्नेसमेत चेतावनी दिएका थिए । प्रम ओलीले माधवको दबाबमा कम्युनिष्टविरोधी र हतियार व्यापारी आईएनजीओ इसाई कर्म
प्रचार गर्ने सम्मेलन गर्न दिनु र प्रमुख अतिथि भई ज्यालास्वरूप रू. १ लाख डलर पुरस्कार लिनु गलतै हो ।
एमाले कम्युनिष्ट होइन, भाइ काङ्ग्रेस हो । बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै एमालेको गतिविधिले यही देखाएको हो । माओवादी भारतीय विस्तारवादले तयार गरेको हो । नेपाली जनतामा कम्युनिष्टप्रति माया छ । तर एमाले र माओवादीले नेपाली जनताप्रति विश्वासघात ग¥यो । चुनावी तालमेल गरेका एमाले र माओवादीले पैसा, सामान बाँडेर झूटा आश्वासन दिएर दुईतिहाइ बहुमत पु¥याएको घामजत्तिकै छर्लङ्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *