भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–४ –क्रान्ति –निर्माण –सुधार

अध्याय २
निर्माण
रूपान्तरण लागू गर्ने प्रयासहरू
नयाँ चीनको स्थापना र नयाँ राजनीतिक शक्तिलाई सङ्गठित गर्ने काम
सन् १९४९ को अक्टोबर १ को दिन ३ लाख सेना एवं नागरिक पेइचिङको तियानमेन चोकमा जम्मा भए र राज्यकै विशाल उद्घाटन समारोह सम्पन्न भयो । अध्यक्ष माओ त्सेतुङले गम्भीर मुद्राका साथ तियानमेन चोकमा घोषणा गर्नुभयो ः “आज जनवादी गणतन्त्र चीनको केन्द्रीय जनसरकार गठन भयो ।” उहाँले एउटा बटन थिची पाँच तारा भएको रातो झण्डा फहराउनुभयो । जनमुक्ति सेनाका पल्टनहरूले तियानमेन चोकमा उच्च मनोबलका साथ मार्चपास गरे । आफ्नो मामिलाको मालिक आफै हुने गणतन्त्रको घोषणा समारोहमा जनताले हर्षोल्लासका साथ रातो झण्डा फहराउँदै परेड खेले ।
चिनियाँ जनक्रान्तिको विजय र चिकपासँगै चिनियाँ इतिहासको एक नयाँ अध्याय पल्टियो । क्रान्तिको नेतृत्वकर्ता र व्यवस्थापक चिकपा देशको शासक दल बन्यो । नयाँ चीनको स्थापना भएपश्चात् सुरुवातका वर्षहरूमा चिकपाले धेरै समस्या र गम्भीर चुनौतीहरूको सामना गर्नुप¥यो । गृहयुद्ध पूर्णतः बन्द भइसकेको थिएन । राष्ट्रिय अर्थतन्त्र अवरुद्ध भएको थियो । सोभियत सङ्घलगायत थोरै देशले मात्र नयाँ चीनलाई मान्यता दिएका थिए । तर संरा अमेरिकाले नियन्त्रण गर्ने र एक्ल्याउने नीति लियो र चीनसँग कूटनीतिक सम्बन्ध नराख्न अन्य देशलाई दबाब दियो । पहिलोपटक शासनसत्तामा पुगेको चिकपाले जटिल कूटनीतिक अवस्थाको सामना गर्दै ठूलो क्षमताको प्रदर्शन ग¥यो ।
दुई वर्षभन्दा कम समयमै चिकपाले प्रभावकारी ढङ्गले राष्ट्रिय एकीकरण प्राप्त ग¥यो । सन् १९४९ को अक्टोबरदेखि सन् १९५० को अक्टोबरसम्ममा जनमुक्ति सेनाले मुख्त्ूमिमा कथित राष्ट्रवादी सेनाको बाँकी शक्तिलाई निस्तेज पा¥यो र तिब्बत, ताइवान र केही अरु टापूहरूबाहेक चिनियाँ भूमि स्वतन्त्र बनायो । यसै समयावधिमा विभिन्न तहमा जनसरकारहरू स्थापना भए । चिनियाँ राष्ट्रवादी पार्टीको शासनकालमा स्थापना भएका सार्वजनिक संस्थाहरू जनसरकारले आफ्नो अधीनमा लियो र प्रतिक्रियावादी शक्तिहरूका विध्वंशकारी गतिविधिहरू निषेध गरियो । केही नयाँ मुक्त क्षेत्रहरूमा जनमुक्ति सेनाले डाँकुहरूलाई दबाई समाप्त पा¥यो । सन् १९५१ को मे महिनामा केन्द्रीय जनसरकारले तिब्बतको शान्तिपूर्ण स्वतन्त्रताको निम्ति तिब्बती स्थानीय सरकारसँग एक सम्झौता ग¥यो । सम्झौता तत्कालै लागू भयो । सन् १९५१ को सेप्टेम्बरको अन्तमा आधारभूत सरकारी निकायहरू स्थापना भए । तल्लो तह र जिल्लाहरूमा सरकार क्रियाशील भए । सहरहरू प्रान्तीय र केन्द्रीय सरकारको मातहतमा राखियो भने प्रान्त र अन्य प्रशासनिक क्षेत्रहरूमा पनि सरकार सञ्चालन भए । त्यसप्रकार, नयाँ चीनमा सामाजिक थिति र स्थिरता पुनःबहाली भयो ।
त्यही समयावधिमा राष्ट्रिय अर्थतन्त्रलाई छिट्टै नै पुनर्जीवित गरियो । सहरी व्यवस्थापन क्षेत्रमा चिकपाको अनुभव कम्ती थियो । गाउँबाट सहरमा ध्यानकेन्द्रित गर्नु ठूलो चुनौती थियो । सहर पसेपछि चिकपाले सामाजिक उत्पादन कार्य पुनःस्थापना गर्न र उत्पादन बढाउन प्राथमिकता दियो । औद्योगिक मजदुरहरूमा भर गरेर अनि उद्योग र वाणिज्य जनपरिचालनबाट युद्धमा नराम्ररी बिग्रिएका औद्योगिक तथा खानीजन्य संस्थानहरू छिट्टै नै सञ्चालनमा ल्याइयो । पुँजीवादी संस्थानहरूको राष्ट्रियकरणपछि चीनमा राज्य नियन्त्रित अर्थतन्त्र बिस्तारै अगाडि बढ्यो ।
मूल्यको स्थिरता र आर्थिक व्यवस्थापनलाई एकीकृत गर्नु अर्थतन्त्रलाई पुनःस्थापना गर्ने महत्वपूर्ण पाइला हुन् । जापानविरोधी युद्धको सुरुवातदेखि नै देशले १२ वर्षको गम्भीर मुद्रास्फीति व्यहोरिसकेको थियो । छिङवंशको अन्तदेखि खर्च र राजस्वको तुलनामा घाटा बढी भइरहेको थियो । मूल्यमा स्थिरताको निम्ति नयाँ सरकारले एकपछि अर्को उपायहरू ग¥यो । यसले साङ्घाइ, उहान र क्वाङचाउजस्ता मुख्य सहरमा चाँदीका सिक्का र विदेशी मुद्राको अवैध कारोबार सफलतापूर्वक बन्द ग¥यो । सरकारले दुर्गम क्षेत्रमा समेत सामानको ढुवानी गरी अन्न, कपास र कोइलाजस्ता आधारभूत सामग्रीको आपूर्ति सुनिश्चित ग¥यो । विभिन्न मुक्त क्षेत्रहरूमा स्वतन्त्र आर्थिक व्यवस्थापन गरियो । चिकपाले राष्ट्रिय वार्षिक कार्यक्रम एवं आर्थिक नीति केन्द्रीय तहको जनसरकारबाटै व्यवस्थापन र नियन्त्रण हुने निर्णय ग¥यो । राजस्व र उपभोग्य सामानको व्यवस्थापन देशभर केन्द्रीकरण गरियो । सरकारी कर्मचारीको सङ्ख्या घटाउने विभिन्न उपाय अवलम्बन गरियो र कर्मचारीहरूलाई आर्थिक गतिविधि अगाडि बढाउन उत्साहित गरियो । अत्यधिक सरकारी खर्च र राष्ट्रिय बजेट घाटाको समस्या छिट्टै समाधान भयो ।
नयाँ चीनको स्थापनाका प्रथम ६ महिनामा चिकपाले कडा मेहनतसाथ काम ग¥यो । औद्योगिक र कृषि उत्पादन पुरानै अवस्थामा फर्किएको होइन, त्यसको विकाससमेत भयो । देशका विभिन्न क्षेत्रहरूमा मूल्य स्थिर बनाइयो । देशको वार्षिक आय र व्यय सन्तुलनमा आयो । जीवनस्तर तत्काल सुधार भएको अनुभव पनि गरियो ।
यी सफलताहरू धेरै छिटो प्राप्त भए । चीनले आर्थिक व्यवस्थापन गर्न नसक्ने हो कि भनी गरिएको शङ्का सही नभएको, बरु विकासमा ‘जादू’ हुनथाल्यो । असमान सन्धिहरूबाट साम्राज्यवादीहरूले प्राप्त गरेका आर्थिक सुविधाहरू केन्द्रीय जनसरकारले हटायो । दसकौंदेखि साम्राज्यवादी शक्तिहरूको अधीनमा रहेका चिनियाँ भन्सार कार्यालयहरू जनसरकारको अधीनमा आए । वैदेशिक व्यापार र विदेशी मुद्राको व्यवस्थापनमा आफ्नो नियन्त्रण कायम भयो । राज्यको स्वतन्त्रता र सार्वभौमिकताका साथै आर्थिक पक्षहरूको रक्षा गर्ने काम केन्द्रीय जनसरकारले ग¥यो ।
नयाँ चीनका प्रथम पाइलाहरू व्यवस्थितरूपमा अघि बढे र सन् १९५० को जूनमा कोरिया युद्ध सुरु भएको बेला ताइवानलाई स्वतन्त्र बनाउन ताइवान जलडमरु पार गर्न जनमुक्ति सेनाले तयारी गर्दै थियो । संरा अमेरिकाले तत्कालै कोरियाली प्रायःद्वीपमा हस्तक्षेप गर्न सेना पठायो र आफ्नो सातौं जलसेना ताइवानको जलडमरुमा खटायो । त्यो सैन्य कारबाहीले चीनको राष्ट्रिय सुरक्षामा गम्भीर सङ्कटमात्र आएन, कोरियाको पुनःएकीकरणको प्रक्रिया गम्भीर मोडमा पुग्यो । अक्टोबर ८ मा संरा अमेरिकी सेना प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (प्रजग कोरिया) को केन्द्रमा रहेको ३८ औं समानान्तर रेखा पार गर्न अगाडि बढ्दा चीनको राष्ट्रिय सुरक्षा गम्भीर खतरामा प¥यो । प्रजग कोरियाबाट चीनसमक्ष तत्कालै सहयोगको अनुरोध आयो । चिकपाको केन्द्रीय समितिले एउटा निर्णय ग¥यो ः “संरा अमेरिकाको आक्रमणको प्रतिरोध गर्ने, कोरियालाई सहयोग गर्ने र कोरियाली परिवार र देशको रक्षा गर्ने ।” चिकपाले कोरियाली जनसेनाको पक्षमा लड्न चिनियाँ जनताको स्वयम्सेवक सेनालाई कोरिया पठायो । तीन वर्षको युद्धपछि युद्धविराम सम्झौतामा हस्ताक्षर भयो । संरा अमेरिकी आक्रमणको प्रतिरोध गर्ने र कोरियालाई सहयोग गर्ने नीति सफल भएकोले चीनको उत्तरपूर्वी सिमाना बलियो भयो, त्यसले चीनको अन्तर्राष्ट्रिय छवि उँचो भयो र चिनियाँ जनताको आत्मविश्वास र इज्जत धेरै माथि उठ्यो ।
सन् १९४९ को अक्टोबरदेखि सन् १९५२ को अन्तसम्म ३ वर्षको अवधिमा चिकपा राज्यको पुनःनिर्माण, सामाजिक सुधार र राजनीतिक शक्ति सबल बनाउनमा व्यस्त भयो । त्यसै समयमा ध्वस्त भएको औद्योगिक र कृषि उत्पादनकोे वृद्धिमात्र होइन, राष्ट्रिय अर्थतन्त्रको प्रारम्भिक विकास अभियान थालियो । नयाँ चीन स्थापनाअघि सन् १९५२ मा औद्योगिक र कृषि उत्पादन मूल्य बढ्यो र मुख्य मुख्य उत्पादनहरू सबभन्दा बढी भयो । देशको वित्तीय एवं आर्थिक अवस्थामा मौलिक सुधार भयो । जनताको जीवनस्तरमा उल्लेखनीय सुधार भयो ।
कृषि सुधार र सामाजिक परिवर्तन लागू
नयाँ चीनको स्थापना कालमा दुईतिहाइ चिनियाँ भूमिमा सामन्ती भूमि प्रणाली कायम थियो । त्यही प्रणाली नै किसानहरूको गरिबीको मुख्य कारण थियो । त्यसैकारण कृषि उत्पादन पछौटे अवस्थामा थियो । जमिनदारको जग्गा कब्जा गर्नु र जग्गा किसानलाई बाँडिदिनु र ‘जमिन जोत्नेलाई’ भन्ने नारा सार्थक बनाउनु चिकपाको मुख्य उद्देश्य थियो ।
मुक्ति युद्धको बेला चिकपाले मुुक्त क्षेत्रमा ठूलो मात्रामा भूमि प्रणालीमा सुधार गरेको थियो । सन् १९४७ को अक्टोबरमा भूमि कानुनको खाका घोषणा गरेको थियो । त्यसले शोषणमा आधारित सामन्ती एवं अर्धसामन्ती भूमि प्रणालीको अन्त गर्ने र जमिनदारहरूको जग्गा निष्पक्षरूपमा वितरण गर्ने वाचा गरेको थियो । सन् १९४८ को शरद्सम्ममा १० करोड जनता समेटिने गरी विभिन्न मुक्त क्षेत्रमा सामन्ती उत्पादन सम्बन्ध समाप्त गरिएको थियो ।
नयाँ चीनको जग बसालेपछि चिकपाले देशैभर भूमिसुधार लागू ग¥यो । भूमिसुधारको आन्दोलनलाई निर्देशन र नियमन गर्नको निम्ति सन् १९५० को जूनमा केन्द्रीय जनसरकारले भूमिसुधार कानुन घोषणा ग¥यो । उत्पादन पुनःस्थापना गर्ने र विकास गर्ने आवश्यकता पूरा गर्नमा त्यस कानुनले बढी जोड दियो । त्यसले उद्योग र व्यापारमा संलग्न धनी किसानहरूका साथै चिनियाँ वैदेशिक मित्रहरूको हितको रक्षा गर्ने प्रयास गरेको थियो । सन् १९५० को हिउँदमा होसियारीपूर्ण तयारीका साथ नयाँ मुक्त क्षेत्रहरूमा भूमिसुधार लागू गरियो । त्यो भूमिसुधार सक्षम नेतृत्व र योजनाबद्ध चरणमा लागू गरियो । केही अल्पसङ्ख्यक जनजाति समूहका क्षेत्रहरूमा बाहेक सन् १९५२ को अन्तसम्ममा देशभर आधारभूत रूपमा भूमिसुधार सम्पन्न गरियो । कुनै शुल्कबिना जग्गा र अन्य आधारभूत उत्पादनका साधनहरू पाएपछि किसानहरूले उत्पादनमा आर्थिक वृद्धिको सुरुवात गरे । कृषि अर्थतन्त्रको तीव्र पुनःस्थापना र विकासको नतिजा आयो ।
देशको आर्थिक पुनःस्थापना र विकासको निम्ति राम्रो सामाजिक वातावरण बनाउन र जनतामा बलियो जग बसाउन भूमिसुधारको सिलसिलामा (काम भएकै समयमा) चिकपा र सरकारको नेतृत्वमा अरु फराकिलो प्रजातान्त्रिक सुधार गरियो ।
कृषि सुधारको अनुभवको आधारमा औद्योगिक र खानीजन्य संस्थानहरूमा भएका प्रजातान्त्रिक सुधारहरू नै महत्वपूर्ण सामाजिक सुधार थिए । सन् १९५० देखि चिकपाका भ्रातृसंस्थाहरू, युवा कम्युनिष्ट लिग र मजदुर सङ्गठनहरूको आधारमा विभिन्न राज्यसञ्चालित उद्योगहरू र खानीहरूमा सुधार गरियो । सबभन्दा बढी तिरस्कार गरिएको सामन्ती ठालू प्रणाली र बेइज्जतीपूर्ण शरीर खानतलासी प्रणालीको अन्त गरियो । प्रतिक्रियावादीहरूका बाँकी बक्यौता सबै संस्थानहरू निर्मूल पारिए । मालिक र निर्णयकर्ताको स्थान पाएका मजदुरहरूको स्थान सबल बनाइयो । उत्पादनको पुनःस्थापना र विकासको निम्ति ठूलो सङ्ख्यामा निजी उद्योगहरू र खानीहरूमा पनि सुधार गरियो । श्रम र पँुजीबीचको सहकार्यलाई प्रोत्साहित गरियो ।
चीनको पुरानो विवाह प्रणालीको अन्त्यले दूरगामी असर पा¥यो । सामन्ती शक्तिको वरिपरि केन्द्रित प्रणालीमा महिलाको दमन हुन्थ्यो र महिला र पुरुष दुवैलाई विवाहको स्वतन्त्रताबाट वञ्चित गरिन्थ्यो । त्यही प्रणालीअन्तर्गत मागी विवाह, भाडाको विवाह र बहुपत्नी प्रथा व्यापकरुपमा फैलिएका थिए । परिणामतः खासगरी महिला गहि¥याइ र व्यापक रूपमा पीडित हुन्थे । सन् १९५० को मे महिनामा केन्द्रीय जनसरकारले जनवादी गणतन्त्र चीनमा विवाह कानुन लागू ग¥यो । त्यो कानुन नै नयाँ चीनको स्थापनापछि लागू भएको पहिलो कानुन थियो । उक्त कानुनले यस्तो प्रतिज्ञा ग¥यो ः ‘‘मागी विवाह र तानी विवाहको वकालत, महिलाभन्दा पुरुषप्रधान मानिने, छोराछोरीको इच्छाप्रति बेवास्ता गर्ने सामन्ती विवाह प्रणालीलाई हटाइनेछ । पुरुष र महिलाबीचको वैवाहिक स्वतन्त्रता, एक पत्नी प्रथा, महिला र पुरुषबीचको समान अधिकार र महिला र छोराछोरीको न्यायिक चासोहरूको सुरक्षा भएको नयाँ प्रजातान्त्रिक विवाह प्रणाली लागू गरिनेछ ।’’ त्यसपछि चिनियाँ महिलाहरूलाई सामन्ती विवाह प्रणालीको बन्धनबाट मुक्त गर्न न्यायिक सुरक्षाको व्यवस्था गरियो ।
त्यसै समय चिकपा र जनसरकारले पुरानो युगले बोकेका वेश्यावृत्ति, लागूपदार्थको अवैध कारोबार र सेवन र सामूहिक जुवाजस्ता गहिरोसँग जरा गाडिएका विभिन्न सामाजिक समस्याहरू हटाउन पहल थाले ।
सन् १९४९ को नोभेम्वरमा पेइचिङमा भएको विभिन्न क्षेत्रका जनप्रतिनिधिहरूको सम्मेलनले वेश्यालयहरू बन्द गर्ने घोषणा ग¥यो । तत्कालै राजधानीका सबै वेश्यालयहरू बन्द गरिए । त्यसपछि देशभरका विभिन्न सहरहरूमा उही उपाय गरी वेश्यावृत्तिलाई समाप्त पारियो । देशभरमा ८ हजार ४ सत्न्दा बढी वेश्यालयहरू बन्द गरिए । वेश्यावृत्ति गर्न बाध्य पारिएका कैयौं महिलाहरूलाई तालिम र शिक्षा दिई मजदुर बनाइयो । यसबाट ती महिलाले आफ्नो लागि कमाउन र सामान्य जीवन जिउन सफल भए ।
१९ औं शताब्दीदेखि चीनमा अफिमको प्रयोग व्यापक थियो । त्यसले जनतालाई गम्भीर क्षति पु¥याएको थियो । स्वतन्त्रतापछि चिकपाको केन्द्रीय समिति र केन्द्रीय जनसरकारले जारी गरेको परिपत्रअनुसार देशभरका स्थानीय अधिकारीहरूले तीव्रढङ्गले काम गरे । करिब ४० लाख लियाङ (चिनियाँ नाप प्रणालीमा लियाङ करिब ५० ग्राम – जम्मा २ लाख केजी) लागूपदार्थ जफत गरियो । लागूपदार्थ उत्पादन र बेचबिखन गर्ने गतिविधिविरुद्ध निर्णायक प्रहार भयो । केही निश्चित समयावधिभित्र नागरिकसँग भएका सबै लागूपदार्थ उत्पादन बुझाउनुपर्ने प्रावधान थियो । लागूपदार्थ दुव्र्यसनीहरूले सरकारी विभागहरूमा आफ्नो नाम लेखाउने र निश्चित समयमा लागूपदार्थको प्रयोग बन्द गर्ने निर्देशन जारी गरियो ।
त्यस्तै, सबै सार्वजनिक जुवा खेल्ने स्थानहरू बन्द गरी ताला लगाइयो । जुवा खेल्न जम्मा हुने अथवा निरन्तरको चेतावनी हुँदाहुँदै खेल्न नछोड्नेलाई अदालती सजाय गरियो । सामान्य जुवाडेहरूलाई फेरि जुवा नखेल्न सुझाव तथा शिक्षा दिइयो । पुरानो समाजमा सा¥है ख्यातिप्राप्त जुवाप्रथा आधारभूतरूपमै बन्द गरियो ।
तीन वर्षको कडा मेहनतपछि निरन्तर बाधा दिइरहेका एवं पुरानो चीनको निको नहुने घाउ बनेका वेश्यावृत्ति, जुवा र लागूपदार्थ दुव्र्यसनीलगायत गहिरोसँग जरा गाडेका सामाजिक समस्याहरू आधारभूतरूपमै समाप्त भए । सामाजिक वातावरण सफा गरियो । चिनियाँ जनताले त्यसबाट ठूलो उत्साह प्राप्त गरे र त्यसले नयाँ चीन निर्माणको सङ्कल्पमा ठूलो सहयोग पु¥यायो ।
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको नेपाली अनुवाद क्रमशः प्रकाशित गरिनेछ । –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *