भर्खरै :

फ्रान्सपछि हङ्गेरीमा पनि मजदुर आन्दोलन

बुढापेस्ट, ९ डिसेम्बर । प्रस्तावित नयाँ श्रम कानुनको विरोध र थप प्राज्ञिक स्वतन्त्रताको माग गर्दै हङ्गेरीमा हजारौं युवाहरूले प्रदर्शन गरेका छन् । फ्रान्समा चालु सरकारविरोधी आन्दोलनबाट प्रभावित हङ्गेरीको सो प्रदर्शनका सहभागीले पनि पहेंलो भेस्ट लगाएका थिए । हङ्गेरीमा सत्तासीन फिडेज पार्टीका प्रधानमन्त्री भिक्टर ओर्वानद्वारा श्रम कानुनमा प्रस्तावित नयाँ बन्दोबस्तको विरोधमा उनीहरू प्रदर्शनमा उत्रेका हुन् । उनीहरू श्रम कानुनमा नयाँ बन्दोबस्तलाई ‘दासता’ को संज्ञा दिएका छन् । यसै साता प्रस्तावित विधेयकले एक वर्षमा चार सय घण्टाभन्दा बढी समय थप समय काम गर्न सक्ने प्रावधान राखेको छ । सो विधेयक पारित भए मजदुरलाई सातामा आठ घण्टासम्म बढी समय काम गर्न बाटो खुल्ला हुनेछ । मजदुरहरूको प्रदर्शनमा बुढापेस्ट विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘हामी दास होइनौं’ र ‘स्वतन्त्र विद्यालय– स्वतन्त्र देश’ जस्ता नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *