भर्खरै :

वर्गीय मुक्ति महिला मुक्तिको आधार

धनकुमारी पोखरेल
फ्रेडरिस एङ्गेल्स भन्नुहुन्छ– मातृसत्ताको पतन महिलाहरूका लागि विश्वमा ऐतिहासिक पराजय थियो ।
संसारमा चल्ने हरेक प्रकारका आन्दोलनहरूमध्ये महत्वपूर्ण आन्दोलन हो, महिला आन्दोलन । आदिम समयमा मानव समाजको वाहकका रुपमा रहेको महिला र पुरुषमध्ये महिलाहरू समाज निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका हुँदाहँुदै पनि पुरुषहरूभन्दा आफूलाई उत्पीडित, दमित र अधिकारविहीन भएको महसुस गर्नथाले त्यसबेला देखिने महिलाहरू आफू र आफ्नो समुदायको परिवर्तन र विकासबारे कुरा उठाउँदै आन्दोलनमा सहभागी हँुदै आए ।
मानव समाजको अध्ययन गर्दा आदिम समाजमा महिला पुरुषभन्दा बढी बलिया र सर्वशक्तिमान थिए । त्यस समयमा महिलाको आदर र सम्मान बढी नै हुन्थ्यो । मानव समाजको सुरुको बनावट मातृ सत्तात्मकबाट पितृ सत्तात्मक समाजमा रुपान्तरण भयो । विस्तारै व्यक्तिगत सम्पत्ति र वर्गीय समाजको सुरुवातसँगै महिलाहरू कमजोर हुँदै गए । समाजमा सम्पत्ति हुने र नहुनेबीच दूरी बढ्दै गयो । समाज विस्तारै शोषणमा आधारित समाज व्यवस्थामा अगाडि बढ्यो ।
समाज वर्गमा विभाजित भएसँगै महिला पनि वर्गीय रुपमा विभाजित हुन पुगे । महिला पनि शोषक र शासक वर्गका रुपमा विभाजित भए । समाजमा वर्गीय भेद बढ्दै गयो र कामदार वर्गका महिलाको अवस्था झन् झन् खराब हुन थाल्यो ।
यस अवस्थामा आइपुगेपछि विश्वका कतिपय देशमा समाजवादी आन्दोलन अघि बढ्यो र त्यहाँका महिलाको अवस्थामा सुधार आयो भने कतिपय देशमा प्रजातन्त्र, गणतन्त्र र लोकतान्त्रिक गणतन्त्रको नाममा शासक पँुजीवादी दलहरूले महिलाको आमूल परिवर्तनका कुरा गरेपनि व्यवहारमा लागू गरेनन् । पँुजीवादी दलको राजनीति गर्ने महिला पनि पँुजीवादकै पक्षमा राजनीति गर्दै श्रमिक महिलाप्रति उदासीन बन्दै गए । पँुजीवादले गाँजेको सामन्ती सोचको समाजले महिलालाई हेर्ने दृष्टिकोण, तिनीहरूमाथि गर्ने अन्याय र शोषण झन् झन् बढ्यो । राज्य, समाज, संस्कार, संस्कृति, सभ्यता, सम्पत्ति, सन्तान, दाइजो, नोकरीलगायत राज्यका महत्वपूर्ण अङ्गमा विभेद कायमै छ । विद्यमान असमानता, अज्ञानता र विसङ्गतिको भुमरीमा रुमलिरहेको पँुजीवादी समाज व्यवस्थामा महिलाहरूप्रति विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विभेद कायमै रहेको छ ।
नेपाली चेलीहरू कामको लोभलालचमा छिमेकी राष्ट्र भारत र खाडी मुलुकहरूमा बर्सेनि हजारांै चेलिबेटिहरू दलालमार्फत बेचिएका छन् । ती दलालहरूमा सक्रिय केही महिला र म्यानपावर कम्पनीका एजेन्टहरू पनि रहेको विगतले बताउँछ । विदेशमा काम पाउने आशा देखाउने र पैसाको लालच देखाएर तमाम गरीब महिलालाई विदेशका कोठी र खाडी मुलुकमा नारकीय जीवन जीउन बाध्य पार्ने जो कोहीलाई पनि कडा सजायको भागीदार बनाउनुपर्दछ । बुर्जुवा महिलाहरूले पँुजीवादी स्वार्थसँग जोडिएका कुराहरूको समर्थन गर्दछन् ।
समाजमा महिलाको हक स्थापित गर्न र समाजलाई आमूल परिवर्तनको बाटोमा अगाडि बढाउन चाहने महिलाहरू सोच्न बाध्य छन्– के प्राकृतिकरुपमै महिला पुरुषभन्दा कमजोर छन् त ? महिलामाथि हुने असमानता र विभेदको कारण के हो ? पुँजीवादी व्यवस्थामा महिला स्वतन्त्रताको सम्भावना कति सम्भव हुन्छ ? कामदार वर्गका महिलाको स्वतन्त्रता, समानता र सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ ? व्यापक कामदार वर्गको राज्य व्यवस्था स्थापना गर्न के कस्तो सङ्घर्ष छेड्नुपर्ला ? महिलाले महिलामाथि नै गर्ने शोषणको अन्तिम सङ्घर्ष कसरी अगाडि बढाउने ? पँुजीवादी व्यवस्थाको जञ्जिरबाट व्यापक कामदार वर्गलाई मुक्ति मार्गमा कसरी पु¥याउने ? कुन समाज व्यवस्थामा महिला र पुरुषको समान हैसियत हुँन्छ ? जस्ता थुप्रै प्रश्नहरूको उत्तर आज कामदार वर्गका महिलाहरूको अध्ययनको विषय बनेको छ ।
देशमा महिला सहभागिताको अवस्था विगतभन्दा तुलनात्मक रुपमा बढेको पाइन्छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारमा महिलाको अघिल्ला निर्वाचनभन्दा सङ्ख्यामा वृद्धि भएको छ । देशको उच्चपदस्थ अङ्गहरूमा महिलाले प्रतिनिधित्व गरिरहेका छन् । नीति निर्माणको तहमा मुट्ठीभर कूल घरानाका महिलाको सङ्ख्यामा तुलनात्मक रुपमा वृद्धि भएको छ ।
संविधानमा व्यवस्था गरेअनुसार स्थानीय तहमा महिला ४० प्रतिशत निर्वाचित भएका छन् । संसदमा ३३ प्रतिशत महिला प्रतिनिधिहरू निर्वाचित भएका छन् । यही सहभागितालाई सामन्ती सोच बोकेका महिलाहरूले महिला सहभागिता बढेको बखान गरिरहेका छन् । राज्यको उपल्लो तहमा महिलाको उपस्थिति विगतका निर्वाचन भन्दा तुलनात्मक रुपमा बढेको छ । अहिले देशमा राष्ट्रपतिसमेत महिला नै छन् । सभामुख, न्यायाधीश, मन्त्रीसमेत महिला नै बने तर कामदार वर्गको सवालमा सिन्कोसमेत भाँचेनन् ।
यिनीहरू पँुजीवादी शासन व्यवस्थाकै संरक्षक भएकोले व्यापक कामदार जनताको मुक्तिको लागि काम गर्ने छैनन् न कि कामदार वर्गका महिलाको हितमा कानुन बनाउने छन् । मात्र नाफा र स्वार्थकै निम्ति राजनीति गर्छन् । पुँजीपति वर्गकै सेवा र सत्तामा रमाइरहेका छन् ।
हाम्रो देशमा महिलाको आर्थिक स्थिति र जीवन रक्षाको प्रश्न अहिले झनै पेचिलो बन्दै गएको छ । महिलाहरू निर्धक्क भएर स्वतन्त्र ढङ्गले हिंडडुल गर्ने वातावरण पनि बनिसकेका छैनन् । हरेक ठाउँमा महिलाहरूले असुरक्षित महसुस गर्नु परेको घाम जतिकै छर्लङ्ग छ ।
विश्वको समाजवादी आन्दोलन र क्रान्तिहरूमा महिलाले गरेको अदम्य साहस र आन्दोलनपछि महिलाको जीवनस्तरमा आएको व्यापक परिवर्तनले के स्पस्ट हुन्छ भने महिला कमजोर छैनन् । महिलालाई पछाडि पार्ने कारक यो पँुजीवादी राज्य व्यवस्था नै मुख्य कारण हो । पँुजीवादी व्यवस्था पँुजीपति वर्गले पँुजीपति वर्गकै हितमा काम गर्ने शासन व्यवस्था हो । यो व्यवस्थामा धनीहरू झन्–झन् धनी हुन्छन् र गरिबहरू झन् झन् गरिब हुँदै जान्छन् ।
पँुजीवादी गणतन्त्र भएका विश्वका कैयौं देशमा शोषण, अन्याय, अत्याचार, गरिबी, भोकमरी यथावत नै रहेको कुरा विगतमा भएका राजनीतिक आन्दोलनको इतिहासले पुष्टि गर्दछ । पँुजीपति वर्गले मजदुर वर्गको कहिल्यै पनि साथी बन्नसक्दैन भन्ने कुरा विश्वमा भएका समाजवादी आन्दोलन र विश्वका प्रसिद्ध मजदुर आन्दोलनबाट स्पस्ट हुन्छ ।
पँुजीवादी राज्य व्यवस्थामा महिलामाथि उत्पीडन भइरहन्छ । यस व्यवस्थाले श्रमजीवी वर्गको भलो गर्दैन । यसको विरोध गरी यसलाई मिल्काउन सबै महिला एक हुन जरुरी छ । महिलाहरूको वास्तविक मुक्तिको लागि पँुजीवादी व्यवस्था होइन वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक छ ।
वैज्ञानिक समाजवादमा महिला पुरुषहरूबीच समान अधिकार प्रदान गरिएको हुन्छ । शिक्षामा समान हक प्रदान गर्दछ । दासत्व र घरेलु हिंसाबाट महिलालाई मुक्तिमात्र गर्दैन स्वतन्त्र र स्वावलम्बीसमेत बनाउँछ । समाजमा हुने विद्यमान महिलाविरोधी दाइजो, कुरीति र कुसंस्कार जरैदेखि उखेल्दछ । सम्पत्तिमा समान हक प्रदान गर्दछ । लैङ्गगिक भिन्नताबाहेक अरु सबैमा पुरुषसरह अधिकार प्रदान गरी महिलाहरूलाई सवल र सक्षम नागरिकका रुपमा स्थापित गर्दछ ।
विगतका आन्दोलन र क्रान्तिहरूमा महिलाले गरेको अदम्य साहसले के स्पस्ट हुन्छ भने महिला कमजोर छैनन् । महिलालाई पछाडि पार्ने कारक यो पँुजीवादी राज्य व्यवस्था नै मुख्य कारण हो । पँुजीवादी व्यवस्था पँुजीपति वर्गले पँुजीपति वर्गकै हितमा काम गर्ने शासन व्यवस्था हो । यो व्यवस्थामा धनीहरू भ्mन झन् धनी हुन्छन् र गरिबहरू झन् झन् गरिब हुँदै जान्छन् ।
वास्तवमा समाज परिवर्तनकारी महिलाशक्ति भनेको श्रमिक महिला मात्र हो । महिला मुक्तिलाई वर्गीय मुक्तिसँगै हेर्नुपर्दछ । कामदार वर्गको मुक्तिसँगै महिला मुक्ति हुन्छ भन्ने कुरा इतिहासजत्तिकै पुरानो छ । विश्वमा अहिले समाजवादी व्यवस्थाको लहर फैलिएको छ । समाजवदी व्यवस्थामा कामदार जनताको हित हुने, जनताको निम्ति जनताले शासन गर्ने, जनता
वर्गीय…
नै मालिक हुने व्यवस्था नै समाजवादी व्यवस्था हो ।
देशमा पिछडिएका वर्ग तथा कामदार महिलाहरूलाई राज्यको हरेक तहमा महिलाको जनसङ्ख्याको आधारमा ५१ प्रतिशत समानुपातिक सहभागिताको व्यवस्था गर्नुपर्दछ । यसर्थ महिला आन्दोलनलाई चेतना दिन सकिएन भने समग्र महिला आन्दोलन पँुजीवादी महिला आन्दोलनको धारमा भासिन सक्छ । पँुजीवादी वर्गका महिलाहरूले समग्र श्रमिक महिला आन्दोलनभन्दा पनि महिला लैङ्गिक मुद्दामा नै सीमित पर्दछन् ।
माक्र्स र एँगेल्स भन्नुहुन्छ– “कुनै पनि समाजको ऐतिहासिक कालमा परिवर्तन भएको हो वा होइन भन्ने महिलाको स्वतन्त्रतामा भएको परिवर्तनले निर्धारण गर्दछ ।” माक्र्सवादले महिला उत्पीडनको प्रश्नलाई लैङ्गिक मुद्दासँग मात्र नजोडी समग्र पँुजीवादी शोषणभित्र राखेर अध्ययन गर्दछ ।
यस आलेखमा समाजवादी समाज र पँुजीवादी समाजबारे जनप्रकाशन गृहद्वारा २०७१ मा प्रकाशित पुस्तक जनताको प्रजातन्त्र (एभयउभि म्झयअचबअथ) को पृष्ठ ११ बाट साभार गरिएको छ ।
१. समाजवादी समाज
समाजवादमा मजदुर र किसानहरूको शासन व्यवस्था हन्छ, उत्पादनका साधनहरू पूणर््ारुपले सामाजिकीकरण हुन्छन्, व्यक्तित्व विकासमा समान अवसर हुन्छ, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त सरकारले नै गर्दछ, सारा जनतालाई बुद्धिजीवीकरण गर्ने युग सुहाउँदो विज्ञान र प्रविधिको ज्ञानले युक्त ‘नयाँ मानिस’ को निर्माण नै समाजवादको आदर्श चरित्र हो ।
२. साम्यवादी समाज
समाजवादकै चरणबाट नेपाली समाज पनि साम्यवादी समाजमा पदार्पण हुनेछ । त्यस समाजमा मानिसले मानिसलाई शोषण गर्नेछैन । त्यो समाज वर्गविहीन र राज्यविहीन हुनेछ, मजदुर र किसानको भेद हट्नेछ, गाउँ र सहरको भेद हट्नेछ र शारीरिक श्रम र मानसिक श्रमको भेद हट्नेछ । साम्यवादी समाजमा ‘योग्यताअनुसारको काम र आवश्यकताअनुसार’ पाउनेछन् । राज्य ओइलिएर जानेछ, एक सभ्य र सुसंस्कृत समाज बन्नेछ, जहाँ युद्ध हुनेछैन । त्यस समाजले प्राकृतिक प्रकोप र रोग तथा सम्भावित अन्य समस्याहरूसँग जुझ्न समाजको सम्पूर्ण विज्ञान, प्रविधि र ज्ञानलाई प्रयोग गर्नेछ ।
आज महिलाहरू पँुजीवादी व्यवस्थाका तमाम विकृति विसङ्गति सहन बाध्य छन् । काम गरिखाने गरिबहरूको आफ्नै शासन व्यवस्था समाजवादमा मात्रै मजदुर तथा किसान महिलाहरूको हित हुन्छ । समाजवादमा कल–कारखाना, ठूलठूला उद्योग, खेत, पँुजी, बैङ्क, ठूलठूला यातायातका साधनहरू र व्यापार सबै राज्य वा सरकारको हुन्छ । व्यापक श्रमिक महिलाहरूको हित हुने गर्दछ । सबै नारी र पुरुषहरूले योग्यताअनुसारको काम पाउँछन् र कामअनुसारको ज्याला पाउँछन् । छोरा र छोरी दुवैले समान रुपले पढ्न र लेख्न पाउँछन्, भेदभाव हँुदैन, ठूलो र सानो जात तथा क्षेत्रको भेद हुँदैन फरक भाषा–भाषीको बीचमा पक्षपात हँुदैन । व्यक्तित्व विकासमा समान अवसर, बेरोजगारीलाई रोजगारीभत्ता, उत्पादनका मुख्य–मुख्य साधनहरूको सामाजिकीकरण, शोषणको अन्त्य, सम्पत्तिको सीमा निर्धारण, विदेशमा सम्पत्ति राख्न नपाउने आदि समाजवादी व्यवस्थामा पाइने विशेषताले व्यापक कामदार वर्गका महिलाको हितलाई सुनिश्चित गर्दछ ।
अहिले देश जटील मोडमा पुगेको छ । समाजमा हत्या, हिंसा, बलात्कार, अपराध, जबरजस्ती करणीका घटना, बोक्सी, छुवाछूतजस्ता अमानवीय घटनाहरू दोहोरिरहेका छन् । समाजमा असुरक्षा, तस्करी, कालोबजारी मौलाउँदै छ । देशको स्वतन्त्रता र सार्वभौमिकता झन्–झन् खतरामा पुग्दै छ । देश जोगाउन व्यापक देशभक्त, प्रगतिशील जनता आज भारतीय विस्तारवाद र साम्राज्यावादको विरोधमा एक मनले लड्न जरुरी भइसकेको छ । श्रमिक महिला एक मनले सङ्घर्षको अभियानमा गोलबन्द हुनु आश्यक छ । एकातिर देशको सीमा खुम्ंिचदै छ, अर्कोतिर विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, बहुराष्ट्रिय कम्पनिहरूजस्ता आर्थिक संस्थाहरूले हाम्रोजस्तो गरिब देशलाई ऋण र सहायता दिइने नाममा देशको अर्थतन्त्रलाई कमजोर पार्ने चेष्टा गर्दै छन् ।
महिला समानता, समावेशीको कुरा गर्दै आज देशका विभिन्न क्षेत्रहरूमा आइएनजीओ÷एनजीओको नुन खाएका महिलाहरू महिला मुक्तिको कुरा गर्दै भ्रम छर्दै छन् । सर्वसाधारण, अशिक्षित महिलालाई झुक्याइरहेका छन् । तिनीहरू वास्तवमा महिला मुक्ति व्यवहारमा चाहँदैनन् । बरु डलरको खेती गर्न झिनो रुपमा नाराको रुपमा महिला अधिकारको कुरा उठाउँछन् । वास्तममै उनीहरू आम महिला मुक्त चाहँदैनन् । छाडा प्रवृत्तिको पश्चिमा शैलीबाट प्रभावित भई महिला स्वतन्त्रताको कुरा गरेर कुर्लदैमा व्यापक कामदार महिला मुक्ति हुदैन । देशभित्र डलरको खेती गर्ने र विदेशको बखान गर्ने महिलाबाट के महिला मुक्ति सम्भव छ ? सामन्ती र पँुजीवादी राज्यसत्ताको पछि लागेर पँुजीवादी संस्कारमा हुर्केका महिलाहरूबाट आम श्रमिक महिला सचेत हुन आवश्यक छ ।
समग्र महिला मुक्तिको लागि व्यापक कामदार श्रमिक महिला राजनीतिक रुपमा सचेत र सङ्गठित हुनुपर्छ । अतः समाजवादी आन्दोलनमा गोलबन्द भई देशमा समाजवादको झण्डा उँचा राख्न प्रतिबद्धता व्यक्त गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *