भर्खरै :

ख्वप इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच समझदारी

काठमाडौँ, २६ मंसिर । इन्जिनियरिङको अध्यापनका साथै अनुसन्धानलाई पनि थप प्राथमिकतामा राख्ने लक्ष्यका साथ बुधबार ख्वप कलेज अफ इन्जिनियरिङ र इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रात्ेट लिमिटेडबीच एक समझदारीपत्र
(एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कलेजका प्राचार्य इन्जिनियर सुनिल दुवाल र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हस्ताक्षर गर्नुभएको छ । कलेज सञ्चालक समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतको उपस्थितिमा दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षरमा गरिएको थियो ।
१२ बुँदे समझदारीमा नयाँ र नवीनतम निर्माण सामग्री र प्रविधिको खोजीमा सहकार्य गर्ने उल्लेख छ । त्यसका लागि कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई अनुसन्धानमा लगाउने उल्लेख छ । यसबाट निर्माण क्षेत्रमा लाग्ने इन्जिनियरहरूको व्यक्तित्व विकासका साथै मुलुकको आवश्यकता पूर्ति हुने विश्वास लिइएको छ ।
यो कामका लागि गोर्खा इको प्यानलले स्नातक तहको कार्यक्रमको पाठ्यक्रम विकासमा सहयोग गर्ने, प्राविधिक र आर्थिक सहयोग गर्ने, तालिम र परामर्श कार्यक्रम सञ्चालन गर्नेलगायतका बुँदा उल्लेख छन् । साथै कलेजबाट नयाँ निर्माण सामग्रीको रूपमा रहेको इको प्यानल, प्रिकाष्ट, पानी सोस्ने ब्लकमा अनुसन्धान गर्ने उल्लेख छ ।
निर्माण क्षेत्रमा देखिएका समस्या स्वदेशकै इन्जिनियनिरिङ कलेजहरूबाट हुनुपर्छ न कि कोही विदेश ल्याएर गराउने भन्ने अवधारणाका साथ एमओयू गरेको कार्यक्रममा बताइयो ।
विदेशी विज्ञ ल्याएर गरेको अनुसन्धानभन्दा आफ्नो समस्या समाधानको लागि आफ्नै इन्जिनियरले गरेको अनुसन्धान अझ बढी प्रभावकारी हुने विश्वासका साथ संयुक्त रूपमा अनुसन्धानमा लाग्ने समझदारी गरिएको जनाइयो ।
समझदारीले मुलुकको निर्माणका लागि आवश्यक उपयुक्त नवीनतम निर्माण सामग्रीको पहिचान गर्न सहयोग पु¥याउनुका साथै भविष्यको लागि आवश्यक दक्ष इन्जिनियर उत्पादनमा सहयोग मिल्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *