भर्खरै :

“विद्यार्थीहरू बेच्ने सामान र विश्वविद्यालय विद्यार्थी बेच्ने पसल होइनन्”

(ख्वप इन्जिनियरिङ कलेजको सत्रौं र ख्वप कलेज अफ इन्जिनियरिङको दसौं वार्षिकोत्सवको अवसरमा प्रकाशित बुलेटिनमा समावेश नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अन्तर्वार्ता सान्दर्भिक भएकोले मजदुर दैनिकमा साभार गरिएको छ–सम्पादक)
कार्ल माक्र्सको दुई शतवार्षिकी कसरी मनाउँदै हुनुहुन्छ ?
नेपाल मजदुर किसान पार्टीले कार्ल माक्र्सको दुई शतवार्षिकीलाई वर्षभरि मनाउने योजना बनाएको छ । वर्ष दिनमा हरेक जिल्ला, नगर र सङ्गठन भएका हरेक एकाइले कार्ल माक्र्सको जीवनीलाई अध्ययन–अध्यापन गर्ने र गराउनेछन् । त्यस्तै कार्ल माक्र्सका केही रचनाहरूको अनुवाद र प्रकाशन गर्ने गराउनेछन् । त्यही सिलसिलामा मैले पार्टी र जनवर्गीय सङ्गठनहरूको कार्यक्रमहरूमा भाग लिने गरेको छु । यो वर्ष हाम्रा युवा, विद्यार्थी, शिक्षक, महिला, किसान र मजदुर सङ्गठनका साथीहरू अध्ययन र कार्यक्रममा सक्रिय भई
लागेकोमा म खुसी छु ।
कर्मचारी र अन्य पेशागत सङ्घ–संस्थाका साथीहरूसमेत अन्तरक्रिया, गोष्ठी र प्रवचन कार्यक्रमहरूमा बडो उत्साहपूर्वक लागेको सुन्दैछु ।
कार्ल माक्र्सको दुई शतवार्षिकीे सान्दर्भिकताबारे प्रस्ट पारिदिनु होला ।
संसारका विभिन्न विषयमा अत्यन्त महत्वपूर्ण योगदान पु¥याउनुहुने कार्ल माक्र्स, लेनिन, माओ त्सेतुङ्गजस्ता नेता र अन्य महापुरूषहरूको पनि उहाँहरूको जन्म दिनमा सम्झना गरिन्छ र उहाँहरूले मानव जातिलाई दिनुभएको योगदानलाई स्मरण गरी उहाँहरूको शिक्षाबाट नयाँ पुस्ताले पे्ररणा लिन्छन् ।
कार्ल माक्र्सको जन्मको दुई सय वर्षको सिलसिलामा संसारले उहाँलाई अझ महत्व दिएर सम्झनुको कारण पुँजीवादी व्यवस्थामा सालाखाला हरेक १० वर्षमा आउने आर्थिक सङ्कटको कारण, परिणाम र समाधान आज पनि अचुक उपचारको रूपमा सम्बन्धित पक्षले झन्झन् टड्कारो रूपले बुझ्न थाले । यसकारण केही वर्षदेखि माक्र्सका ‘पुँजी’ जस्ता रचनाहरू जर्मनी भाषा र अन्य भाषामा पनि धेरै संस्करणहरू प्रकाशन भएको र मानिसहरू गम्भीर अध्ययनमा लागेको जानकारीहरू प्राप्त भएका छन् ।
यस अर्थमा कार्ल माक्र्सका रचनाहरू एक–डेढ सय वर्ष पुराना भए पनि त्यसको सान्दर्भिकता आज पनि रहेको बुझ्न थालेका छन् । पुँजीवादको उत्थान, विकास र पतनका कारणबाहेक समाजवाद र साम्यवादका अनिवार्यताबारे मानिसहरूले अहिले झन् गम्भीर रूपले बुझ्न थालेका छन् । पहिले माक्र्स र एंगेल्सका रचनाहरूलाई ‘कम्युनिष्ट’ साहित्यको रूपमा वा ‘विरोधी’ को रूपमा नेपाल र अन्य ठाउँमा पनि हेर्ने गरिन्थ्यो । तर आज समाज विज्ञान, पर्यावरण, इतिहास, अर्थतन्त्र, राजनीति र संसारलाई वैज्ञानिक ढङ्गले हेर्ने एउटा दृष्टिकोण उहाँले अगाडि बढाउनुभएको सबैले बुझ्न थालेकोबारे चर्चा हुँदैछ ।
शिक्षा व्यवस्थाबारे कार्ल माक्र्सको दृष्टिकोणका सम्बन्धमा केही बताइदिनुहुन्छ कि ?
शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीतिलाई कार्ल माक्र्सले बेलायतको प्राथमिक शिक्षा, कारखानाका नयाँ कामदार लिने र शिक्षाबारे चर्चको दृष्टिकोणको अध्ययनपछि अगाडि बढाउनुभएको थियो । यसबारे पनि ‘पुँजी’ मा उल्लेख छ । त्यस्तै इतिहास र राजनीतिलाई पनि वर्गीयरूपले उहाँले व्याख्या गर्नुभयो । राज्यको दैवी सिद्धान्त, शक्ति सिद्धान्त, सामाजिक सम्झौताको सिद्धान्त र विकासवादी सिद्धान्तपछिको वैज्ञानिक समाजवाद वा दास मालिक, सामन्त वर्ग र पुँजीपति वर्गको शोषणमा आधारित राजनैतिक व्यवस्थापछि सर्वहारा वर्गको शासन व्यवस्था अर्थात् शोषणरहित समाजको अनिवार्य स्थापनाको वैज्ञानिक
विश्लेषण गर्नुभयो । कार्ल माक्र्सकै बाटोबाट अनिवार्य र निःशुल्क शिक्षासँगसँगै सम्पूर्ण समाज नै बुद्धिजीवीकरण हुने नयाँ समाजको दैलोमा संसार पुग्नेछ ।
समाजवादी शिक्षा व्यवस्थाका विशेषताहरू कस्ता हुन्छन् ?
अहिले नेपालका महाविद्यालय र विश्वविद्यालयहरूमा हाम्रा प्राध्यापकहरू ‘संसारमा बिक्ने शिक्षा र विद्यार्थीहरू’ उत्पादन गर्दैछन् । मानौं, हाम्रा विद्यार्थीहरू बेच्ने सामान र विश्वविद्यालयहरू विद्यार्थी बेच्ने पसल हुन् । तर संसारका दार्शनिकहरू टोल्सटाय र रवीन्द्रनाथ ठाकुर, संसारका वैज्ञानिक एवं प्राज्ञहरू न शिक्षा–विद्यार्थी बेच्ने व्यापारी थिए न त पछि आएका संसारका दार्शनिक, लेखक, कवि, कलाकार, प्राज्ञ र प्राध्यापकहरू नै शिक्षा बेचविखन गर्ने बजारका ‘सौदागर’ थिए ।
सत्य के हो भने पुँजीवादी व्यवस्थाले कार्ल माक्र्स र एंगेल्सले ‘कम्युनिष्ट घोषणापत्र’ मा भनेजस्तै पुराना सबै मूल्य र मान्यतालाई ‘पैसा’ र ‘नाफा’ पु¥यायो । तर समाजवादी व्यवस्थामा शिक्षा र विद्यार्थीहरूलाई शोषणविहीन र वर्गविहीन समाजका निर्माताहरूको रूपमा तयार गरिनेछ । त्यस समाजमा नाफा होइन बरू आ–आफ्ना योग्यताअनुसार समाजलाई सेवा गर्ने र सोअनुसार सबैले इनामको रूपमा ‘ज्याला’ पाउनेछन् । त्यो ‘ज्याला’ पनि आवश्यकताअनुसार पाइने छ ।
समाजवादी व्यवस्था माथिल्लोस्तरमा पुगेपछि वा पूर्ण समाजवादी व्यवस्थामा आ–आफनो योग्यताअनुसार सबैले निःशुल्क उच्च शिक्षा प्राप्त गर्नेछन् र शिक्षा प्राप्त गरेपछि समाजले नै तिनीहरूको योग्यताअनुसारको काम र ‘आवश्यकताअनसार’ पूर्ति गर्नेछ । हो, त्यो समाजमा सामानको ‘प्रचुरता’ हुनेछ, जसले आपूर्तिलाई सरल बनाउनेछ ।
समाजवादी शिक्षा व्यवस्था कुन अर्थमा पुँजीवादी शिक्षा व्यवस्था भन्दा फरक भन्न सकिन्छ ?
पुँजीवादी व्यवस्थामा उत्पादनका साधन (कल– कारखाना, खेत–खलिहान, यातायातका साधन, हवाई सेवा, विद्यालय र विश्वविद्यालय, अस्पताल, मनोरञ्जनका सेवा र साधन) सबै निजी बन्दोवस्त हुन् । निजी बन्दोबस्तमा व्यक्तिले बढी नाफा लिने उद्देश्यबाट स्थापना हुने कम्पनी र संस्थाले काम गरेको हुन्छ ।
तर समाजवादी बन्दोवस्तमा कल–कारखाना, खेती–पाती, यातायातका साधन, रेल सेवा र हवाई सेवा, अस्पताल, औषधिसम्बन्धी अनुसन्धान केन्द्र र उत्पादन केन्द्र, विश्वविद्यालय सबै समाजकै हुने हुनाले अरू संस्था र केन्द्रजस्तै शिक्षासमेत जनताको सेवाको निम्ति समर्पित हुनेछ ।
शिक्षण संस्थाहरूले नाफाको निम्ति छात्र–छात्राहरूलाई नक्कल गर्न लगाई वा कमजोर विद्यार्थी तयार नगरी योग्य विद्यार्थी तयार गरी समाजको सेवामा समर्पित हुने शिक्षित जनशक्ति तयार गर्नेछ ।
नेपालको हालको शिक्षा प्रणालीको चरित्र कस्तो प्रकृतिको छ ?
बढी विश्वविद्यालय निजी वा पुँजीवादी धारका छन् । त्रि.वि. अहिले वर्णसङ्कर छ । त्यसैले नेपालको शिक्षा प्रणाली पुँजीवादी चरित्रकै छ ।
नेपालको शिक्षा प्रणालीले कस्तो खाले जनशक्ति निर्माण गरिरहेको पाउनु भएको छ, तपाईको अनुभवमा ?
पुँजीवादी विश्वविद्यालयहरूले व्यक्तिगत हित र फाइदा खोज्ने युवाहरू तयार गरेका छन् । कति शिक्षित युवाहरू विदेश पलायन हुनुको कारण आर्थिक लाभलाई प्राथमिकता दिनु हो । तर यस विषयमा पनि अपवाद नभएको होइन । देशभक्तिको भावना, जनताको सेवा गर्ने उद्देश्य राखेर स्थापना गरेका विद्यालय र महाविद्यालयहरू नभएका होइनन्, सोहीअनुसार देशभक्त र जनताप्रति समर्पित शिक्षक र प्राध्यापकहरू नभएका होइनन् ।
के अहिले शिक्षा प्रणाली सही बाटोमा हिँडिरहेको छ ? शिक्षा प्रणालीमा आमूल परिवर्तन कसरी सम्भव छ ?
उत्पादनका साधनहरू निजी हुनाको कारण जसरी ‘नाफा’ को निम्ति उत्पादन गरिन्छ, त्यस्तै निजी विश्वविद्यालयले पनि ‘महँगो’ शिक्षा प्रचार गर्दैछ, सामानको विज्ञापन गरेजस्तै । विश्वविद्यालयको शिक्षामा समेत विदेशी पुँजीको प्रभाव बढ्दै छ । शिक्षा प्रणालीमा आमूल परिवर्तनको निम्ति राजनैतिक परिवर्तन आवश्यक हुन्छ ।
तपाइँको विचारमा विश्वविद्यालय के हो ?
प्राचीन र वर्तमान दर्शन, ज्ञान–विज्ञान र प्रविधिको उच्चस्तरीय अध्ययन र अनुसन्धान एवं चिन्तनको केन्द्र हो । देश र समाजलाई आवश्यक नीति–निर्माणलाई चाहिने बौद्धिक र प्राविधिक सहयोग र सल्लाह दिने एवं सोअनुसारको जनशक्ति तयार गर्ने केन्द्र विश्वविद्यालय हो ।
राम्रो विश्वविद्यालयलाई कसरी परिभाषित गर्ने त ?
देश र समाजको आवश्यकताअनुसार राजनैतिक, आर्थिक, विज्ञान र अन्य विविध विषयमा वौद्धिक र प्राविधिक जनशक्ति तयार गर्न तदारूकता देखाउने एवं भविष्यप्रति उत्तरदायी बन्ने चिन्तनको चौतारीलाई विश्वविद्यालय मानिन्छ ।
ख्वप विश्वविद्यालयको चर्चा भएको पनि धेरै भयो, ख्वप विश्वविद्यालयको आवश्यकता किन प¥यो ?
हालका विश्वविद्यालयहरू पुँजीवादी चिन्तनका विश्वविद्यालय हुन् । ती विश्वविद्यालयहरूमा सधैं तालाबन्दी, हडताल र आपसी मनमुटावको कारण कक्षा सञ्चालनमा
अवरूद्धता, पक्षपात र अनियमितता नै त्यसको प्रमाण हो । शिक्षालाई उत्पादन श्रमसँग मिलाउने उद्देश्यसँग पे्ररित देश सुहाउँदो शिक्षा नीतिबाट अनुप्राणित वैज्ञानिक शिक्षाको आधारशिलामा खडा भएको उच्च शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालयको आवश्यकता अनुभव गरिएको हो । त्यो विश्वविद्यालय सुकरात, प्लेटो र एरिस्टोटलको नगर राज्यको दृष्टिकोणबाट अभिपे्ररित नभई स्थानीय स्रोत र जनताको सहयोगमा अगाडि बढ्ने २१ औं शताब्दीको निम्ति आवश्यक बौद्धिक जनशक्ति निर्माण गर्ने उच्चस्तरीय एक शैक्षिक केन्द्र हुनेछ । त्यहाँ व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनुभन्दा व्यापक सामाजिक स्वार्थलाई प्राथमिकता दिनेछ ।
ख्वप विश्वविद्यालय कस्तो बन्ने परिकल्पना गर्नुभएको छ, तपार्इँले ?
विज्ञान, प्रविधि र प्राज्ञिक व्यक्तिहरूबाट सञ्चालित देश र जनताप्रति समर्पित विश्वविद्यालय बन्दा सबैको हित हुने कुरामा दुईमत नहोला ।
नयाँ संविधानले त सङ्घीय र प्रादेशिक गरी दुई थरीको मात्र विश्वविद्यालयको परिकल्पना गरेको छ, स्थानीय तहले सञ्चालन गर्न सकिने प्रावधान नरहेको अवस्थामा प्रस्तावित ख्वप विश्वविद्यालयको सञ्चालनको स्थिति के होला ?
नेपालको सङ्घीय व्यवस्था आफै अन्यौलमा छ । केन्द्र र प्रदेशकै अधिकार बाँडफाँड स्पष्ट छैन भनी प्रदेश सरकार, प्रदेशसभा र जनतासमेत भनिरहेका छन् । यसकारण यसबारे अझ स्पष्ट र किटान गर्न बाँकी विषयहरू पनि छन् । अन्य सङ्घीय राज्यहरूको अध्ययनले प्रादेशिक विश्वविद्यालयहरू खुल्दै जाने विषयमा दुईमत नहोला । विभिन्न जात–जाति, भाषा–भाषी र संस्कृति तथा भौगोलिक विकटताको कारण प्रादेशिक विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरू स्थापना हुनु स्वाभाविक छ । त्यस्तै पूर्वाधार पूरा भएका जिल्ला र नगरमा पनि फरक फरक विषयका विश्वविद्यालयहरू पनि खुल्दै जानेछन् ।
विश्वविद्यालय ठूल–ठूलो भूमिको स्वामित्व, ठूल–ठूला भवनभन्दा पनि विज्ञान–प्रविधि र प्राज्ञिक अध्ययन, अध्यापन र अनुसन्धानको निम्ति साधन तथा योग्य प्राध्यापकहरूको उपस्थिति हो ।
अन्तमा केही छुटेका र भन्नैपर्ने कुरा छ कि ?
नेपाल विभिन्न जात–जाति, भाषा–भाषी र संस्कृतिको पनि केन्द्र हो र ती विषयमा अध्ययन र अनुसन्धानको ठूलो सम्भावना भएको हुँदा सम्बन्धित विषयको एक विश्वविद्यालय स्थापनाको खाँचो पर्नेछ, जहाँ विदेशी जिज्ञासुहरूसमेत अध्ययन र अनुसन्धानको निम्ति पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *