–चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङलाई कसरी सम्झना गर्नुहुन्छ ?
चिनियाँ क्रान्तिका महान् नेता माओ त्सेतुङलाई चिनियाँ जनताको मात्रै होइन, बरु अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र सर्वहारावर्गका नेताको रूपमा हेर्छु । उहाँले एउटा साम्राज्यवादी देशको आक्रमण र उपनिवेशको विरोधमा मात्रै होइन, १३–१४ वटा साम्राज्यवादी देश र उपनिवेशवादको विरोधमा निरन्तर सङ्घर्षको नेतृत्व गर्नुभएको थियो । यस अर्थमा उहाँ एक रणकौशलमा खप्पिस किसान आन्दोलनका नेता र चिनियाँ भूमिमा माक्र्सवाद–लेनिनवादलाई प्रयोग गर्न अत्यन्त सफल क्रान्तिकारी पनि हुनुहुन्थ्यो । उहाँ चिनियाँ इतिहासका सूक्ष्म अध्यता, साहित्य र कलाका पारखी एवम् कविहृदयी तथा तेस्रो विश्वका एक विश्लेषक हुनुहुन्थ्यो । उहाँको सम्झनाले विश्व कम्युनिष्ट आन्दोलनको दृष्टिकोणको प्रकाशमा २१ औँ शताब्दीको आ–आफ्नो देश एवम् विश्वको भौतिक र आध्यात्मिक परिस्थितिको मूल्याङ्कन गर्न सहयोग पुग्ने गर्छ ।
–विश्व कम्युनिष्ट आन्दोलनमा माओको योगदानलाई कसरी चर्चा गर्न सकिएला ?
रुसी संशोधनवाद अर्थात् स्तालिनको देहावसानपछि खु्रश्चेभ गुटको पुँजीवादी विचार र अमेरिकी साम्राज्यवादले घुँडा टेक्दा माओ त्सेतुङको नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीले एक दृढ सैद्धान्तिक सङ्घर्ष ग¥यो र कम्युनिष्टको नामबाट पुँजीवादी विचार फैलाउने संशोधनवाद वा विश्वासघातको विरोधमा माओले निर्णायक सङ्घर्ष छेड्नुभयो । त्यसबेला सोभियत सङ्घको पार्टीको नेतृत्वको कारण संसारका सबै कम्युनिष्ट र मजदुर पार्टीहरूमा ठूलो प्रभाव थियो । त्यस प्रभावबाट संसारको कम्युनिष्ट आन्दोलनलाई जोगाउन संशोधनवादको विरोधमा अभूतपूर्व सैद्धान्तिक सङ्घर्ष गर्नुभयो र ‘शान्तिपूर्ण सङ्क्रमण’, ‘संसदीय बाटोबाटै समाजवादको स्थापना हुने’, ‘साम्राज्यवादको चरित्रमा परिवर्तन आएको’ र ‘युरो कम्युनिजम’ जस्ता सिद्धान्तच्युत र माक्र्सवाद–लेनिनवादमाथि विश्वासघात गर्ने दृष्टिकोण एवम् गुटको विरोधमा चौतर्फी सङ्घर्ष गर्दै कामरेड माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी छविलाई जोगाउनुभयो । आज इतिहासले प्रस्ट पा¥यो – रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भयो, सोभियत सङ्घमा पुँजीवादको पुनः स्थापना भयो र सोभियत सङ्घ आफै १५–१६ टुक्रामा विभाजित भयो । पूर्वी युरोपेली ‘समाजवादी’ देशहरू पोल्याण्ड, पूर्वी जर्मनी, हङ्गेरी, रोमानिया, बुल्गेरिया, चेकोस्लाभाकिया, युगोस्लाभिया, अल्बानिया आदि देशहरूमा पुँजीवादको पुनः स्थापना भयो तथा इटाली, स्पेन, फ्रान्सजस्ता युरो कम्युनिजमका पक्षपाति कम्युनिष्ट पार्टीहरू पूर्णरूपले पुँजीवादी दलहरूमा पतन भए र ती पार्टीका क्रान्तिकारीहरू विभिन्न नाममा सङ्गठित भए ।
माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी सिद्धान्तको झण्डालाई संसारमा अझ माथि उठाउन का. माओ त्सेतुङको यसरी अत्यन्त ठूलो योगदान छ, जसरी लेनिन र त्यसबेलाका क्रान्तिकारी माक्र्सवादीहरूले वर्नस्टिन र काउत्स्कीजस्ता संशोधनवादीहरूको विरोधमा सङ्घर्ष गर्नुभयो ।
–केही लेखकहरू चीनको आजको विकास सन् १९७८ पछिको नेतृत्वका कारण मात्र भएको र माओको खास त्यसमा योगदान नभएको बताउँछन् । अझ माओकै नीतिमा बसेको भए चीन आजको अवस्थामा पुग्ने थिएन भन्छन् । के यो विश्लेषण सही हो ?
१४ वटा साम्राज्यवादी देशहरूको आक्रमण र नियन्त्रणमा ठूल्ठूला युद्धबाट चीनलाई मुक्त गर्न नसकेको भए, पुँजीवादी र सामन्तवादी तत्वहरूलाई सत्ताबाट फाल्न नसकेको भए संसारको सबभन्दा ठूलो जनसङ्ख्या भएको देशका करोडौँ करोड किसान र मजदुरहरूलाई सामन्ती शोषण र पुँजीवादी शोषणबाट स्वतन्त्र गर्न सकिँदैनथ्यो । साम्राज्यवादी पिछलग्गू पुँजीपति वर्गबाट राष्ट्रिय पुँजीपति वर्गलाई मुक्त गरी देशको विकासमा सहभागी गराउन सकिँदैनथ्यो । जनवादी गणतन्त्र चीनमा आर्थिक विकासको बलियो जग माओ त्सेतुङ र चाउ एन लाईहरूकै पालामा निर्माण भएको थियो । त्यसबेला माओ त्सेतुङले एउटा नीतिलाई अघि अगाडि सार्नुभएको थियो – “पुरानो युगले नयाँ युगको सेवा गर्नु र विदेशी वस्तुले स्वदेशको सेवा गर्नु ।”
चिनियाँ ज्ञान र बुद्धिले चीनको नयाँ युगको सेवा गर्नु र विदेशी ज्ञान, विज्ञान, प्रविधि र पुँजीले स्वदेशको सेवा गर्नु भन्ने यसको अर्थ हो । त्यही एक वाक्यले आजको चीनको आर्थिक विकासको दिशानिर्देश ग¥यो ।
सन् १९६० कै दशकमा अर्थात् (१९६०–६२) तिर अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रोङ्गले एक वरिष्ठ नेतासँग सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनबीचको सैद्धान्तिक सङ्घर्षले समाजवाद वा चीनको आर्थिक विकास पछि पर्नेबारे जिज्ञासा राखिन् । संरा अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकिमा आणविक अस्त्र खसालेर एकै क्षणमा लाखाँै मानिस र भौतिक निर्माणलाई ध्वस्त पारेर संसारलाई तसाईरहेको समय थियो । त्यसैबेला अन्ना लुइस स्ट्रोङ्गले अध्यक्ष माओसँग अमेरिकी साम्राज्यवादसँग आणविक अस्त्र भएकाले चिनियाँ र अन्य देशहरूका क्रान्तिको सफलतामा के प्रभाव पार्ला भनी जिज्ञासा राखेकी थिइन् । अध्यक्ष माओले उत्तर दिनुभएको थियो – “युद्ध एक–दुई हतियारले निर्णय गर्दैन, अमेरिकी साम्राज्यवाद हेर्दा बलियो छ । तर, त्यसमाथि विजय प्राप्त गर्न सकिनेछ र त्यो ‘कागजी बाघ’ हो । त्यस्तै आणविक हतियार पनि ‘कागजी बाघ’ हो ।”
अध्यक्ष माओको त्यो विश्लेषणले संसारका जनतामा एकाएक ठूलो आशा–उत्साह सञ्चार भएको थियो । अन्ना लुइस स्ट्रोङ्गपछि निरन्तर चीनमै बसेर समाजवादको सेवामा लागेकी थिइन् । यसकारण नाम नखुलेको चिनियाँ जनताका एक वरिष्ठ कम्युनिष्ट नेतासँगको छलफलमा अन्नाको जिज्ञासाको उत्तर थियो – ‘‘दशककै आर्थिक विकास अगाडि बढ्छ । तर, सैद्धान्तिक सङ्घर्ष पुस्तौँ–पुस्ता लाग्छ ।’’
सन् १९८० तिर चीनले नयाँ आर्थिक नीति लागु ग¥यो, त्यस हिसाबले विदेशी विज्ञान, प्रविधि वा पुँजीको लगानी भएको ४० वर्ष भयो । ४० वर्षमा चिनियाँ आर्थिक विकासले फड्को मा¥यो । तर, आजसम्म सोभियत संशोधनवादसँगको सैद्धान्तिक सङ्घर्ष टुङ्गिएन । अर्थात् रुसमा सोभियत सङ्घ र समाजवाद नै रहेन । यसको अर्थ झण्डै ६० वर्ष हुँदैछ वा दुई पुस्ता लाग्यो । यसले थाहा हुन्छ अध्यक्ष माओ र चिनियाँ नेताहरूको चिन्तन एकदम गम्भीर छ ।
यसको अर्थ हो –पुरानै पुस्तामा आर्थिक जग, चीनको कूटनैतिक सम्बन्ध र आर्थिक चिन्तनको खाका तयार भइसकेको थियो ।
–माओ त्सेतुङ र माओ विचारधाराबाट नेपाली समाज र जनतामा कस्तो प्रभाव परेको पाउनुहुन्छ ?
कामरेड माओ त्से तुङ र माओ विचारधाराको प्रभाव राम्रो परेको छ । तर, विदेशी शक्तिले माओ त्सेतुङ विचारधारालाई अराजकतावादसँग जोडेको हुँदा नेपाली जनतामा त्यसबारे केही भ्रम पनि छ ।
–माओको नाममा नेपाललगायत संसारका विभिन्न देशमा सशस्त्र विद्रोह भए । अधिकांश असफल नै भएको देखिन्छ । ती सशस्त्र विद्रोह र माओ विचारधाराबीच तादात्म्यता छ भन्न मिल्छ ?
सशस्त्र विद्रोहहरू र व्यवहारमा माओ त्सेतुङ विचारधाराको प्रयोगमा धेरै भिन्नता देखिएको थियो ।
ख्रिुश्चेभपन्थी संशोधनवादबारे माओले सम्झौताहीन सङ्घर्ष गर्नुभयो । अझ संरा अमेरिकासँग पनि कूटनीतिक सम्बन्ध जोड्नुभयो । के संशोधनवादभन्दा साम्राज्यवादसँगको मेल उचित थियो ?
साम्राज्यवादसँग वर्गीय र सैद्धान्तिक सङ्घर्ष फरक छ भने कूटनैतिक सम्बन्ध र सङ्घर्ष भिन्न विषय हो । कूटनैतिक चातुर्य पनि राजनैतिक सङ्घर्षकै एउटा अङ्ग हो ।
–सांस्कृतिक क्रान्तिबारे केही बताउनुहुन्छ कि ?
सैद्धान्तिक विषयको सङ्घर्षपछि पार्टीभित्रको आन्तरिक सङ्घर्षसत्ता सङ्घर्षमा परिणत भएको देखियो । त्यसबेला विदेशी तत्वहरूले अन्तरध्वंसको मौकालाई छोड्ने कुरै थिएन । पछिल्लो समयमा माओ त्सेतुङ आफै अस्वस्थ हुनुहुन्थ्यो ।
–माओ त्सेतुङबाट कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिक्नुपर्ने पक्षबारे केही बताउनुहुन्छ कि ?
निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावना का. माओ त्सेतुङबाट सिक्ने महत्वपूर्ण विषय हो । पद, पैसा आदिको निम्ति होइन, पार्टीमा अनुशासित भएर आ–आफ्नो ठाउँमा बसेर निरन्तर सेवा गर्ने नै माओबाट सिक्ने शिक्षा हो ।
२०७५ पुस १०