भर्खरै :

स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

काठमाडौँ, १५ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो ।
यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । नास्टले यहाँबाट विकास भएका प्रविधि स्थानीयवासीलाई स्थानीय तह हुँदै पु¥याउँछ ।
स्थानीय तहसँग अधिकार र बजेट दुवै भएकाले विकास भएका प्रविधि सहजै अपनाउन सक्छन् । उहाँले भन्नुभयो, “हामीले विभिन्न कार्यक्रममार्फत सहकार्य बढाइरहेका छौँ ।”
नास्टले पहिले यहाँबाट अध्ययन र अनुसन्धान गरेपछि स्थानीयस्तरमा हस्तान्तरण गर्छ । स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीबाटै जीविकोपार्जन सहज हुने भए पनि स्थानीयवासीलाई यसको ज्ञान हुँदैन । धेरै स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्दा त्यसलाई नौलो मानेर चासो देखाउँछन् । ती तहले चासो देखाए पनि सुरु गर्न हतार नगरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “फोहरको व्यवस्थापन, खरको घरमा आगो नलाग्ने प्रविधि वा विपतको पूर्वसूचना दिने प्रविधि स्थानीय तहले सुरु नगरे पनि चासो देखाएका छन् ।”
नास्टले स्थापनाकालदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर सफल भएको प्रविधि स्थानीयवासीलाई हस्तान्तरण गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *