भर्खरै :

नेपालगञ्जमा चलचित्र महोत्सव शुरु

राँझा, २० पुस: नेपालगञ्जमा आजदेखि फिल्म महोत्सव शुरु भएको छ ।
स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड र ब्लाइन्ड रक्स फिल्म समावेश गरिएका छन् ।
अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपालगञ्जमा फिल्म महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरता दिने प्रयास गरिरहेको बताउनुभयो । महोत्सवमा सहभागी हुन करीब एक दर्जन निर्देशक, निर्माता सहभागी छन् । काठमाडौँ केन्द्रित यस्ता कार्यक्रम मोफसलमा हुनु ठूलो चुनौतीका साथै अवसर भएको महोत्सवका निर्देशक प्रदीप पोखरेलले बताउनुभयो ।  (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *