भर्खरै :

काठमाडाँै उपत्यकाव्यापी टेटे प्रतियोगिता चालु

भक्तपुर, २१ पुस । प्रभात इङ्गलिस सेकेण्डरी स्कूलद्वारा आयोजित प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय तथा खुला टेबलटेनिस प्रतियोगिता शनिबार पनि चालू रह्यो ।
शनिबार सम्पन्न छात्रा टीम त्ेन्टमा ए.भि.एम. स्कूल प्रथम, विजेश्वरी सेकेण्डरी स्कूल द्वितीय र प्रोक्सीमा इन्टरनेसनल एकेडेमी तथा प्रभात इङ्गलिस सेकेण्डरी स्कूल तृतीय भए ।
१६ वर्षमुनिका छात्रातर्फ विजेश्वरीका म्यारिया थापामगर प्रथम, प्रभातका आरती सुवाल द्वितीय र एभीएमका शर्मिला श्रेष्ठ र प्रभातका प्रदीपा सुवाल तृतीय भइन् । त्यस्तै १६ वर्षमुनिको छात्रतर्फ एभीएमका रुविन महर्जन प्रथम, विशाल गोले ंिद्वतीय र सुजल तामाङ तथा प्रोक्सिमाका रेखा तामाङ तृतीय भए ।
१२ वर्षमुनिको छात्रामा प्रोक्सिमाका दिया द्योला प्रथम, विजेश्वरीका सुस्मिता खड्का द्वितीय र बाल विकासका सलिना लामा र एभीएमका वियन्का राई तृतीय भइन् । सोही खेलको छात्रतर्फ प्रोक्सिमाका रोमन थापामगर प्रथम, विद्या आर्जनका करण कपाली द्वितीय र विजेश्वरीका एडरिन शाही र श्रम राष्ट्रियका गनाञ्जय दाहाल तृतीय भए ।
उक्त कार्यक्रमको पुरस्कार वितरण आज आइतबार नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालको आतिथ्यमा खेलकुद प्रशिक्षण हाल कमलविनायकमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *